CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अनैतिक काममा गुरुहरू!

अनैतिक काममा गुरुहरू!

काठमाडौं। नैतिकता र आचरण सिकाउने गुरुहरू नै अनैतिक र गैरजिम्मेवार बन्छन् भन्ने उदाहरण अहिले त्रिविमा देखिएको छ। त्रिवि सेवा आयोगले माग गरेको प्राध्यापक पदका लागि अहिले त्रिविका अध्यापक अनैतिक कार्यमा संलग्न भएको समाचार छ। बढुवाका लागि विज्ञापन भएको मिति भन्दा पहिला नै पुस्तक, रिपोर्ट र अनुसन्धान लेख प्रकाशित भएको हुनुपर्छ। स्रोतका अनुसार, जेठ ८ गते प्राध्यापकका लागि फारम बुझाउने अन्तिम दिन भएकोले त्रिवि अध्यापकहरू पुरानो मितिमा धमाधम जर्नल र पुस्तक प्रकाशित गर्न लागेका छन्। त्रिवि अनुसन्धान महाशाखाले पनि केही दिन पहिला जर्नल
प्रकाशन गरेको छ। महाशाखा प्रमुख प्राडा. तारादत्त भट्टले उक्त जर्नल प्रकाशन गरेका हुन्। भट्टले गत शुक्रबार महाशाखाकै शारदा सिंहका लागि जर्नल प्रकाशित गरिदिएका हुन्। उक्त जर्नलमा अन्तर्राष्ट्रिय सम्बन्ध परिषदका प्रमुख वालमुकुन्द भण्डारी, रजिष्टर चन्द्रमणि पौडेलका सल्लाहकार रामकृष्ण तिवारीको समेत लेख प्रकाशित छ। त्यसैगरी, डक्टर ज्ञानेन्द्र पौडेलले प्राध्यापक हुनका लागि नेपाली कांग्रेसको इतिहास नामक पुस्तक प्रकाशनको अन्तिम तयारीमा छन। त्यसैगरी, पिके क्याम्पसका प्रमुख रमेश श्रेष्ठले १० दिन पहिला जर्नल विमोचन गरेका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघले पनि १० दिन पहिला पुरानो मितिमा जर्नल पं्रकाशन गरेको छ। त्यसरी जर्नलमा लेख प्रकाशित गर्न नसकेका अध्यापकहरूले भने ५ प्रतिका दरले किताव प्रकाशन गर्न लागेका छन्। अहिले उनीहरूका किताब प्रेसमा छापिदै गरेको खबर छ। यसरी प्रकाशित पुस्तक र लेखलाई मान्यता दिने कि नदिने भन्ने समस्याले त्रिवि सेवा आयोग अन्यौलमा परेको समाचार छ।
http://sanghu.weeklynepal.com/2014/05/20/article-item111400576964/
साभार : साँघु
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis