CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » दीपेन्द्रको जीवनको अन्तिम तस्वीर यस्तो थियो

दीपेन्द्रको जीवनको अन्तिम तस्वीर यस्तो थियो

जेठ २० त्यो दिन थियो, जुन दिन बिहानैदेखि नेपालीले अप्रिय खबर सुनेका थिए, तर नेपालका कुनै पनि सञ्चारमाध्यमले यसको पुष्टि गरेको थिएन। बिहान निस्कने पत्रिकामध्ये समाचारपत्र र स्पेसटाइमले मात्रै दरबारमा गोली चलेको भन्दै अपुष्ट खबर छापेको थियो। रेडियो र टेलिभिजनले केही पनि समाचार दिएको थिएन। विदेशी सञ्चारमाध्यममा भने रातिदेखि नै यसबारेमा लगातार समाचार आइरहेको थियो। जेठ २० को स्मरण
गर्दैछौँ हामी यस ब्लगमा। यस ब्लगमा हत्याकाण्ड भएको दिन खिचिएको तत्कालीन युवराज दीपेन्द्रको तस्वीर पनि राखिएको छ।


घटनाको दिन शुक्रबार दीपेन्द्रले अपराह्न सातदोबाटोस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्क्वास कोर्ट र सुटिङ रेन्जको निरीक्षण गरेका थिए। राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा त्यसको तयारी निरीक्षण गर्न गएका थिए उनी।
अन्तिम तस्वीरको स्लाइड शो हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्।
यहाँ प्रस्तुत छ त्यो दिन कान्तिपुरमा छापिएको राजदरबारमा वीभत्स हत्याकाण्ड शीर्षकको प्रमुख समाचारका केही अंश-
प्राप्त एक जानकारीअनुसार राजदरबारको कास्की बैठकमा आयोजित रात्रिभोज नसकी आधा घन्टामा मौसुफ सबैलाई शुभरात्रिको सम्बोधन गरी आङ्खनो कक्षतिर फर्किबक्सेको थियो तर त्यसको करिब डेढ घन्टापछि ‘कम्ब्याट’ पहिरनमा फर्की आफूसूग रहेका पिस्तोल र एचके गनले त्यहाँ उपस्थित श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानीलगायत सबैलाई प्रहार गरिबक्सेको थियो। प्रहारको पहिलो निसाना मौसुफका आङ्खनै बुवा श्री ५ महाराजाधिराज र अन्तिम निसाना आङ्खनै माता श्री ५ बडामहारानी होइबक्सेको सूत्रको दाबी छ। प्रायः सबैको अनुहारमा गोली लागेको छ। केही सेकेन्डमा सबैलाई सिध्याउने गरी भएको त्यस अकल्पनीय सांघातिक आक्रमणका क्रममा त्यहाू उपस्थितमध्ये शाहज्यादा पारस शाह र पर्ूवअधिराजकुमार धीरेन्द्रका ज्वाइू डा. राजीव शाही मात्र सकुशल रहन सफल भएको जानकारी एक सूत्रले दिएको छ। यद्यपि युवराजाधिराज दीपेन्द्रबाटै एक्कासि प्राणघातक हमला भएको भन्ने दाबीको पूष्टि गर्ने आधार कसैले दिन सकेको छैन।
सबैको तत्काल प्राण लिन सक्ने सांघातिक प्रहार सकेपछि श्री ५ युवराजाधिराज दीपेन्द्रले आफैले आफूमाथि गोली प्रहार गरिबक्सेको सूत्रहरूले दाबी गरेका छन्। एक अर्को सूत्रका अनुसार आङ्खनो विवाहसम्बन्धी विवादका कारण श्री ५ बडामहारानी र राजपरिवारका अन्य सदस्यसूग असन्तुष्ट श्री ५ युवराजाधिराजले त्यस किसिमको अत्यन्त असामान्य व्यवहार देखाइबक्सेको थियो। अर्को सूत्रका अनुसार मौसुफले मदिरापान पनि गरिबक्सेको थिएन र अघिल्ला दिनहरूजस्तो विवाहका बारेमा छलफल गरिबक्सेको थिएन, बरु त्यही दिन केही घन्टाअघि त्यसबारे छलफलमा भाग लिइबक्सेको थियो। विवाह र बेहुलीबारे गत केही वर्षेखि मौसुफ र मौसुफका राजपरिवारमा असहमति देखिूदै आएको थियो। मौसुफ सामान्य रूपमा प्रस्तुत होइबक्से पनि रात्रिभोजमा फर्किंदा अत्यन्त असाधारण रवैया दर्सर्ााक्सेको थियो।
राजदरबारमा भएको त्यस मर्मान्त र त्रासदीपर्ूण्ा घटनाको लगत्तै सबैलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगिएको थियो। श्री ५ अधिराजकुमार ज्ञानेन्द्र भने शुक्रबार बिहान हेलिकप्टरबाट चितवनको कसरामा पर्ूवनिर्धारित कार्यक्रममा सरिक होइबक्सी पोखरास्थित रत्नमन्दिरमा रात्रि विश्रामका लागि सवारी होइबक्सेको थियो। मौसुफको फिर्ती सवारीका लागि राति नै सेनाका रात्रि हेलिकप्टर उड्न थालेका थिए तर पोखरामा प्रतिकूल मौसमका कारण मौसुफ गाडीबाट पृथ्वी राजमार्गको गजुरीस्थित सैनिक ब्यारेकसम्म सवारी भएपछि सोही ठाउूबाट हेलिकप्टरले शनिबार बिहान सवा पाूच बजे राजधानीस्थित छाउनी अस्पताल अवतरण गराएको थियो।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई घटनाका बारेमा करिब मध्यरातमा राजदरबार सचिव पशुपतिभक्त महर्जनले बालुवाटारमा जानकारी गराएपछि प्रधानमन्त्री राति एक बजे महर्जनसूगै मौसुफ सरकारहरूको दर्शनका लागि सैनिक अस्पताल छाउनी पुग्नुभएको थियो। मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि शनिबार बिहान छाउनी अस्पतालमा भएको थियो।
श्री ५ वीरेन्द्रको स्वर्गारोहणपछि युवराजाधिराज दीपेन्द्रलाई श्री ५ महाराजाधिराज र श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक घोषित गर्न राजपरिषद्को बैठक बिहानदेखिको प्रयत्नमा दिउूसो एक बजेका लागि सारिएको थियो। समितिको बैठक बस्नुअघि सभापति डा. रायमाझीको बहादुर भवनस्थित कार्यकक्षमा दर्ुइ घन्टा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता माधवकुमार नेपाल र पर्ूवप्रधानमन्त्रीहरू र्सर्ूयबहादुर थापा, कर्ीर्तिनिधि बिष्ट र मरीचमान सिंहबीच अनौपचारिक छलफल भएको थियो। त्यसपछि राजपरिषद् स्थायी समितिको बैठक आधा घन्टा बसेको थियो। समितिको घोषणा नभएसम्म सरकारी विद्युतीय सञ्चार माध्यमले कुनै पनि समाचार बुलेटिन प्रसारण गरेका थिएनन्।
परम्पराअनुसार, र्स्वर्गवासी महाराजाधिराजका उत्तराधिकारी श्री ५ महाराजाधिराजले हनुमानढोका राजदरबारमा रहेको सिंहासनमा राज भएपछि मात्र र्स्वर्गवासी महाराजाधिराजको अन्तिम संस्कारको तयारी हुने गर्दथ्यो।
राजदरबारमा हत्याकाण्डको लगत्तै राजधानीवासीहरू नवनियुक्त श्री ५ महाराजाधिराजको दर्शनका निम्ति हनुमानढोका क्षेत्रमा एकत्रित भएका थिए। हनुमानढोकाभित्र समेत पुगेर पूजार्-अर्चना गर्न पाउने र्सवसाधारणलाई त्यहां सुरक्षार्थ खटिएका शाही नेपाली सेनाले रोक लगाएका थिए।
रेडियो नेपालबाट श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव गद्दिनसीन होइबक्सेको र मौसुफ शुक्रबार राजदरबारमा आफैले हानिबक्सेको गोलीबाट अशक्त अवस्थामा अस्पतालमा रहिबक्सेका कारण राज्य सहायकमा मौसुफका काका तथा र्स्वर्गवासी श्री ५ महाराजाधिराजका भाइ श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई तोकिएको समाचार प्रसारणपछि हनुमानढोका क्षेत्रका बासिन्दाको उत्सुकता समाप्त भएको थियो।
राजदरबारमा रहेको समारोह प्रबन्ध फाूटले सेनाको ट्रकमा सामान ओसार्ने तयारी गरिरहेको थियो। राजपरिषद्को बैठकपछि तत्कालै राज्यारोहणको समारोह हुने स्थानीय वयोवृद्धहरूको अनुमान थियो।
समितिको भवनअगाडि कान्तिपथमा एकत्रित जनसमूहले ‘हाम्रा राजा प्राणभन्दा प्यारा छन्’ भन्ने नारा लगाइरहेको थियो। मौसुफ सरकारहरूको असामयिक निधनले शोकग्रस्त जनसमूह रत्नपार्कदेखि राजदरबार परिसर नजिकसम्म एकत्रित भई घटनाका बारेमा जान्न अत्यन्त व्यग्र थियो। छाउनी अस्पताल परिसरअगाडि त्यत्तिकै जनसमूह एकत्रित थियो। समितिका सभापति डा. रायमाझीको घोषणा विद्युतीय सञ्चार माध्यमबाट सुनेपछि त्यहाू उपस्थित जनसमूहले नकारात्मक प्रतिक्रिया जनाएको थियो।
राजपरिवारमा भएको यस भयानक घटनाले शोकाकुल देशवासी राजधानीमा मात्र नभई अधिराज्यका कुनाकुनाबाट जानकारीका लागि अधर्ैय बनेका थिए। राजधानीका सडक र चोक जहीूतहीू नागरिकहरू झुरुम्म भई त्यस दर्ुदान्त घटनाबारे बुझ्न व्याकुल देखिन्थे। घटनाका बारेमा सीएनएन र बीबीसीजस्ता विश्व सञ्चार माध्यमले बिहान चार बजेदेखि नै निरन्तर रूपमा राजदरबारमा भएको ठूलो हत्याकाण्डबारे प्रसारण गरिरहेका थिए। रेडियो नेपाल र नेपाल टेलिभिजनले बिहानदेखि कुनै पनि समाचार बुलेटिन प्रसारण नगरी भजन र धुन मात्र प्रसारण गरेका थिए। राजपरिषद्ले घोषणा गर्नुअघिसम्म कुनै निकायले पनि औपचारिक रूपमा कुनै जानकारी दिएनन्।
स्थायी समितिको घोषणापछि पनि राजधानीका विभिन्न ठाउूमा विभिन्न खाले जुलुस र नाराबाजी भइरहेका छन्। र्सवसाधारणमा घटनाप्रति आक्रोश र कौतूहल व्याप्त देखिन्छ। घटना भएको केही बेरपछि नै राजधानीका विभिन्न केन्द्र र व्यक्तिमा प्रवाहित अपुष्ट सूचनाले राजधानीलाई भयग्रस्त बनाएको थियो। बिहानदेखि नै र्सवसाधारण कर्फ्र्यू लाग्ने आशंकाले त्रसित थिए भने सडक बजारमा खल्लोपन र सुस्तता छाएको थियो। कुनै ठूलो अनिष्टको आशंकाले र्सवसाधारण भयभीत देखिन्थे। उपभोग्य सामग्रीहरू सञ्चित गर्ने प्रवृत्तिले बिहान सबेरैदेखि खाद्यान्न र इन्धन पसलहरूमा घुइँचो लागेको थियो।
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis