CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » त्रिविको सम्बन्धनमा पनि घुसको चलखेल

त्रिविको सम्बन्धनमा पनि घुसको चलखेल

काठमाडौं । एमाओवादीनिकट प्राध्यापकहरूले त्रिविलाई विर्ताझै बनाउन थालेपछि त्रिविका अध्यापकहरू चर्को विरोधमा उत्रिन थालेको समाचार छ । एमाओवादीको कोटाबाट रजिस्टार नियुक्त भएका चन्द्रमणि पौडेलले त त्रिविलाई आफ्नै घरझै बनाएका छन् । आफन्तहरूको भर्तिकेन्द्र बनाएर पौडेलले आर्थिक आम्दानीको स्रोत पनि बनाएका छन् । सेटिङ मिलाएर पौडेलले कलेजहरूबाट आर्थिक संकलन गरिरहेको आरोप समेत लाग्न थालेको छ । शुभलाभ प्राप्तिको जिम्मा भने पूर्ण लामिछाने भन्ने व्यक्तिलाई दिएको चर्चा पनि टियूमा छ ।

रजिस्टार पौडेलले व्यवस्थापनका डीन देवराज अधिकारीमार्फत छोरी सन्ध्या पौडेललाई एक महिना पहिला त्रिविमै जागिर खुवाएका छन् । खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न विज्ञापन गरेको केही महिनापछि पौडेलले छोरीलाई नियुक्ति दिलाएका हुन् । त्यसैगरी भतिजी रम्भा पौडेललाई प.नि.का. बल्खुमा नियुक्त गरेका छन् । रम्भालाई भने गत फागुनमा नियुक्त गरेका हुन् । परीक्षा बोर्डको अध्यक्षसमेत आफै हुने भएकाले पौडेलले भतिजीलाई नियुक्त गरे । त्यतिमात्र होइन, पौडेलले रम्भालाई विद्यार्थी कोटाबाट केही महिना पहिला जापान पनि घुम्न लिएर गएका थिए । यता, रिकाष्टमा आफ्ना भाञ्जालाई नियुक्त गरेका छन् । त्यसैगरी, कांग्रेसको कोटाबाट रेक्टर भएका गुणनिधि न्यौपानेले पनि भाञ्जीलाई नियुक्त गरेका छन् भने भिसी हीराबहादुर महर्जनले छोरीलाई आयुर्वेद शिक्षण अस्पतालमा नियुक्त गरेका छन् । पदाधिकारीले आफन्तलाई छानीछानी नियुक्त गर्न थालेका छन् । यस्तो हर्कतपछि त्रिविमा आक्रोश सुरु भएको छ । पछिल्लो समय एमाओवादीका पौडेल, वैकुण्ठ खनाल र पूर्ण लामिछानेको चर्तिकला पनि हेर्न लायकको रहेको त्रिविका प्राध्यापकहरू चर्चा गर्छन् । कुनै बेला रजिष्टर पौडेल र पूर्व सहनियन्त्रयक खनालको बोलाचाल पनि थिएनन् । आफ्ना नातापाताको विवादमा परेका खनालविरुद्ध पौडेल र लामिछानेले बयान दिएका थिए । त्यहीबेलाबाट उनीहरूबीच सम्बन्ध विग्रिएको थियो । तर, हिजोआज दिनदिनै पौडेलको कार्यालयमा खनाल देखिने गरेका छन् ।
काठमाडौंमा वीवीएसको सम्बन्धन पाएका करिब १२ वटा कलेजबाट टियूले कम्तीमा १५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँ सम्म घुस लिएको आरोप छ । चक्रपथभित्र सम्बन्धन नदिने निर्णय भएको भन्दै सुरुमा वार्गेनिङ गरीपछि पैसा पाएपछि सम्बन्धन दिएको बताइन्छ । एक बर्षको बीचमा यसरी सम्बन्धन पाएका हरेक कलेजको मूल्यांकन तथा अनुगमन टोलीमा पूर्ण लामिछाने सदस्य हुने गरेका थिए । व्यवस्थापन संकायका डीन देवराज अधिकारीले लामिछानेको नाम नछुटाएपछि थप विवाद भइरहेको छ । लामिछाने सानोठिमी शिक्षा क्याम्पसको करारका शिक्षक हुन । लामिछाने शिक्षाशास्त्र संकायको शिक्षक भएकाले व्यवस्थापन संकायको अनुगमन कसरी गर्न मिल्छ ? भन्दै डीन अधिकारीको टेबल ठोक्न पनि पुगेका थिए । जगत तिम्सिनालगायतले व्यवस्थापनका शिक्षकले ‘हामी मरेका थियौं र लामिछानेलाई पठाएको’ भन्दै डीन अधिकारीमाथि आक्रोश पोखेका थिए । रजिस्टार पौडेलले लामिछानेमार्फत डीन अधिकारी र डीन अधिकारीबाट आफूले शुभलाभ प्राप्त गर्नेे गरेको त्रिविमा चर्चा छ । एम्बिसन कलेजलाई वीवीएसको सम्बन्धन दिंदा १८ लाख रुपैयाँ घुस लिएको कुरा पनि चर्चामा छ । एभरेष्ट फ्लोरिडाका डाइरेक्टर विनोद जोशीले वीवीएसको सम्बन्धन लिएका थिए । तर, पछि जोशी उक्त कलेज छोडेर एम्बिसन कलेजमा गएपछि सम्बन्धन पनि उतै लिएर गएका थिए ।
यसरी व्यक्तिले सम्बन्धन बोकेर हिंडेपछि उनीहरूको हर्कत पर्दाफास हुन थालेको छ । यता, महेन्द्र संस्कृत विश्वविद्यालयमा आर्थिक अनियमितता र अव्यवस्थाका विरुद्ध ड्यास माओवादीले तालावन्दी गरेको छ । काठमाडौंको सम्पर्क कार्यालयमा तालावन्दी गरेपछि विश्वविद्यालयका धेरै काम ठप्प भएका छन ।
त्यसैगरी, पद्यमकन्या क्याम्पस बागबजारमा केही विद्यार्थीले व्यवस्थापन संकायको कार्यालय तोडफोड र तालावन्दी गरेका छन । वीवीएस पहिलो बर्षको परीक्षाफल राम्रो नआएको भन्दै तोडफोड भएको हो । सहायक क्याम्पस प्रमुख डक्टर जयन्त खनाल र सुगम बज्राचार्यको कार्यकक्ष तोडफोड गरी तालावन्दी गरेका छन् । १३ जना विद्यार्थीमात्रै पासको भन्दै विरोध गरेको थाहा भएको छ । त्यसमा फेरि राजनीतिक आवरण दिएको बताइन्छ । स्रोतका अनुसार, व्यवस्थापन संकायमा वामपन्थी पक्षधर शिक्षकहरू बढी भएकाले कांग्रेसी शिक्षक र विद्यार्थीले नियोजित रुपमा आन्दोलन गरेका हुन् । क्याम्पस प्रमुख रमेश श्रेष्ठ कांग्रेसको कोटाबाट नियुक्त भएका ब्यक्ति हुन् । उनी पनि आन्दोलनको समर्थनमा छन् । नेविसंघका विद्यार्थीले फेलभएका विद्यार्थीको रिटोटलिङको पैसा पनि क्याम्पसले व्यहोर्नुपर्ने जस्तो नाजायज माग पनि राखेका छन् । र, प्रमुखहरूले राजीनामा दिनुपर्ने बताएका छन् ।
अहिले सञ्चालन भइरहेको स्नातक तह दोस्रो बर्षको परीक्षामा आंशिक शिक्षकलाई प.नि.का. बल्खुले परीक्षा केन्द्रमा सुपरभाइजर र केन्द्राध्यक्ष बनाएर पठाएको भन्दै विरोध भइरहेको छ । साउन ९ गतेबाट सुरु भएको परीक्षामा यस्तो कार्य गरिएको बताइएको छ । नियमत: आंशिक शिक्षकलाई उक्त जिम्मेवारी दिन मिल्दैन । तर, प.नि.का.का रजिस्टार पौडेल, सहनियन्त्रक शंकर भण्डारी, दावा शेर्पा, शिक्षक पूर्ण लामिछाने लगायतको टोलीले यस्तो गरिरहेको छ । त्यसमा पनि लामिछानेले एमाओवादीनिकटलाई छानिछानी पठाउने गरेको आरोप छ । त्यसमा रजिस्टार तथा परीक्षा बोर्डका अध्यक्ष पौडेलले सहीछाप लगाउने गरेको थाहा भएको छ ।
saaab– साँघु 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis