CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » भाग्यमानी करिना र नग्न शर्लिन

भाग्यमानी करिना र नग्न शर्लिन

सैफ अलि खानसँग विवाह गरेपछि करिअर कत्तिको प्रभावित भएको छ ? भन्ने पत्रकारहरूको प्रश्नमा नायिका करिना कपुरले आफूलाई भाग्यमानी मानेको जवाफ दिएकी छिन्। हालै अजय देवगणका साथमा प्रदर्शनमा आएको सिंघम रिर्टन्सको प्रबर्द्धन समारोहमा करिनाले 'अन्य अभिनेत्रीहरूभन्दा ठीकविपरीत विवाह गरेर आफू अझ खुसी भएको बताइन्। मलाई केहि समस्या छैन्, विवाहपछि नै मैले सलमान खान, अजय देवगणजस्ता शीर्ष अभिनेताहरूका साथमा फिल्म गर्न पाइरहेकी छु।' करिनाका अनुसार
धेरै विवाहित नायिकाहरू विवाहपछि पलायन भएका छन्। विवाह पछि चलचित्रमा अभिनय गर्ने अवसर कमैले मात्र प्राप्त गर्छन्। परिवारको साथ पाए पनि चलचित्रमा मुख्य भूमिका तथा राम्रो पटकथामा काम गर्ने अवसर अझ न्यून हुन्छ। विवाहित भए पनि करिनाले सिंघम रिर्टन्समा अजयका साथमा जमेर रोमान्स सिन दिएकी छिन् भने बताइन्। उनी चाँडै कबिर खानको बजरंगी भाइजानमा सलमान खानका साथ देखिने छिन्।  



नग्न शर्लिन

भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर प्लेब्वाय म्यागजिनले मोडल एवं अभिनेत्री शर्लिन चोपडाको न्युड फोटोसुटका तस्बिर सार्वजनिक गरेको छ। शर्लिन पहिलो भारतीय मोडल हुन्, जसले प्लेब्वायका लागि न्युड फोटोसुट गराएकी थिइन्। आफ्ना न्युड तस्बिरहरू सार्वजनिक हुने भएपछि शर्लिनले आफू एकदमै उत्साहित भएको बताइन्। शर्लिनले भनेकी छिन्- 'म प्लेब्वाय म्यागजिनप्रति एकदमै आभारी छु, किनभने उनीहरूले भारतीय स्वतन्त्रता दिवसको अवसरमा तस्बिर रिलिज गर्ने निर्णय लिए, योभन्दा राम्रो टाइमिङ अर्को हुनै सक्दैनन्।' स्मरण रहोस्, शर्लिनको उक्त फोटोसुट-२०१२ मै गरिएको थियो। त्यतिबेला नै शर्लिनको उक्त न्युड फोटोसेसनले बलिउड र दक्षिण एसिया क्षेत्रलाई तरंगित तुल्याएको थियो। 

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis