CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » एनटीभीको तेस्रो च्यानल तिरीमिरी झ्याँई

एनटीभीको तेस्रो च्यानल तिरीमिरी झ्याँई

काठमाडौं। नेपाल टेलिभिजनमा नीर शाह लगेपछि सबै समस्या समाधान हुन्छ भन्ने संचार मन्त्री मिनेन्द्र रिजालको निर्णय पनि गलत सावित भएको छ। नीर शाह अध्यक्षताको संचालक समितिले तेस्रो च्यानल घटस्थापना (असोज ९ गते)देखि संचालन गर्ने निर्णय गरेकोमा कर्मचारीले धोती लगाइदिएका छन्। ९ गते बिहान ६ बजेबाट समाचार च्यानल सुरु गर्न जयसिंह शाह लगायतका कर्मचारी पुग्दा स्टुडियोको ताला नै बन्द भएपछि नीर शाहको निर्णय खुइलिएको चर्चा पत्रकारबीच छ। २०७१ सालमै यसरी असफलता हात लागेको तेस्रो पटक हो। यसअघि जीएम लक्ष्मण हुमागाईंले गरेका निर्णयमा बैशाख १ गते र असार २९
गते पनि अन्तिम समयमा ब्यवस्थापन पक्षसँग असन्तुष्ट कर्मचारीले तातोपानी खन्याइदिएका थिए।
असार २९ गते तेस्रो च्यानल संचालन हुन नसक्नुका समस्या समाधान नगरिकनै च्यानलका लागि च्यानल मात्रै संचालन गर्ने हुमागाईको कसरतमा नवनियुक्त अध्यक्ष शाहले पनि साथ दिएपछि कर्मचारी संघले हस्तक्षेप गरी बोर्डको निर्णय तुहाइदिएको हो। स्रोत भन्छ, त्यतिबेलाको प्राविधिक टीमले अन्य उपकरणका अलावा इडिटिङ डेकहरू खरिद गरी कर्मचारी थप्नुपर्ने अनि मात्र तेस्रो च्यानल सुरु हुने शर्त राखेको थियो। समाचार महाशाखाले पनि शर्त राखेको थियो किनभने तेस्रो च्यानल समाचार च्यानल हो। तर, ती कुनै पनि सुझाव लागू नगरी समाचार महाशाखालाई बाइपास गरेर कार्यक्रम महाशाखाबाट बलपूर्वक समाचार च्यानल सुरु गर्न लागेकोले कर्मचारी संघको पूर्ण बैठक डाकेर रोकाइएको एक कर्मचारीले बताए।
समाचार महाशाखाले महाप्रबन्धक हुमागाईको कुरै नसुनेपछि कार्यक्रम महाशाखाका राजेन्द्रदेव आचार्यलाई लिएर समाचार च्यानल चलाउन खोजिएको थियो। भित्रका समाचार वाचकहरूले पनि समाचार वाचन गर्न नमानेकोले आचार्यले टेलिभिजन बाहिरका जो हुमागाई र आचार्यका चिनजानका महिलाहरू थिए उनीहरूलाई केही दिनदेखि टेलिभिजनको स्टुडियोमा समाचार बाचन प्राक्टिस गराइँदै थियो। गैरकर्मचारी ल्याएर गैरकानुनी हर्कत गरेको र गैरकर्मचारीबाटै तेस्रो च्यानल सुरु गर्न मन्त्री रिजाल, अध्यक्ष शाह र जीएम हुमागाईंले आचार्यको नेतृत्वमा काम थालेपछि कर्मचारीहरू नवनिर्वाचित कर्मचारी संघको शरणमा परेका र संघले गैरकानुनी हर्कत रोक्न आन्दोलन गर्ने निर्णय गरेको कर्मचारी नेताको भनाइ छ। समाचार महाशाखालाई बाइपास गरेर समाचार च्यानल चलाउन नपाइने निर्णय पनि युनियनले गरेको छ। घटस्थापनाको मिति टरेपछि समाचार वाचकहरू र महाशाखाका प्राविधिकहरू पुरानो स्टुडियोमा भेला भएर प्राक्टिस गर्ने र सोफा र कुर्सीमा बसेर खिचेको फोटा फेसबुकमा अपलोड गर्ने लहर चलेको छ। गैरकर्मचारी ल्याएर समाचार वाचन तालिम गराइरहेका हुमागाईका खास मान्छे आचार्यले भने घटस्थापनादेखि नै त्यो स्टुडियोमा टेक्न छोडेको पुरान वाचकहरू बताउँछन्। वाचकहरू जमघट भए पनि प्राविधिकहरूले भने उपकरण नथपेसम्म समाचार च्यानल नहुने तर राष्ट्रिय प्रसारणलाई हुक गरेर तेस्रो च्यानल सुरु भएको देखाउन सकिने जवाफ हुमागाईलाई दिएका छन्। हुमागाई भने थप उपकरण किन्दा आय घट्ने र आय घट्दा आफूले पाउने ६ प्रतिशत बोनस नपाउने हुँदा इन्जिनियरहरूको सुझाव लत्याएर हावाका तालमै तेस्रो च्यानलको कागजी प्रगति देखाउन मरहत्ते गरेको संचालक समिति स्रोतले बतायो। कर्मचारी संघमा हुमागाईको चाहना विपरीतका कर्मचारीले जित्नाले ब्यवस्थापनलाई फलामको च्यूरा चपाउनुपर्ने अवस्था आएको बताइन्छ। असोजको पहिलो हप्ता भएको निर्वाचनमा हुमागाई पक्षका निराजन खनालले ६६ मत ल्याएका थिए। उनलाई जिताउन जयसिंह शाह र अन्य केही ब्यवस्थापकले जारी गरेको ह्वीप भोटरहरूले लोप्पा खुवाउँदा नतिजा फरक परेको हो। खनालका प्रतिद्वन्द्वी गोविन्द धितालले १८९ मत ल्याएका थिए भने २७३ मतमा स्वतन्त्र देवी सापकोटाले एक दर्जन भोट बल्लतल्ल नघाएका थिए।
ब्यवस्थापनको नेतृत्व तार्किक हुन नसक्दा पुच्छरले कुकुर चलाउने दिन सुरु भएको र तेस्रो च्यानलको प्रयास तेस्रो पटक पनि लाजमर्दो ढंगले विफल भएको टेलिभिजनका एक उच्च अधिकृतले बताए। खिलराज रेग्मी सरकारको बजेटमा नै तेस्रंो च्यानल खोलेर समाचारका लागि प्राइभेट च्यानल हेर्न नपर्ने बनाउने भन्दै बजेट राखिएको थियो भने सुशील सरकारले पनि बजेट छुट्याएकोमा जीएम हुमागार्इंले आफ्नै समाचारकर्मीबाट काम लिन बिफल हुँदा मारखाँदै आएका छन्। मन्त्री मिनेन्द्रका अध्यक्ष नीर शाह पनि टेलिभिजनबाट मासिक तलब लिने वातावरण बनाउन तल्लीन रहेको स्रोत बताउँछ। गोरखापत्रमा अध्यक्ष रमेश तुफानलाई मासिक तलव दिएर व्ययभार थोपरिसकिएको छ।
http://sanghu.weeklynepal.com/2014/09/30/article-item61412066250/
साभार : साँघु 
Share this article :

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
    adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis