विशिष्ठ अतिथिको स्वागतको पूर्वाभ्यासका लागि सुरक्षा निकायले विहान ६ बजेदेखिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको मुख्य सडक नियन्त्रणमा
लिएको थियो ।
कार्यालय समयमा पूर्वाभ्यास गरिदा हजारौं सर्वसाधरण सवारी जाममा परे । सार्क सदस्य राष्ट्रका अति विशिष्ठ पाहुनाको आगमन, स्वागत, उनीहरुलाई विमानस्थलबाट होटलसम्म पुर्याउने र राष्ट्रिय सभागृहमा स्वागतको पूर्वाभ्यास गरिएको थियो ।
८
त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्मको बीचमा तीनकुने, बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी क्षेत्रका सडकमा सर्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइएको थियो ।
मुख्य सडक किनाराका घरहरुमा झ्याल खोल्न समेत दिइएका थिइएन । सुरक्षा पास लिएका पत्रकारहरुलाई पूर्वाभ्यासको दृष्य खिच्न समेत कतिपय ठाउँमा प्रहरीले रोकेका थिए । श्रीधर पौडेलले खिचेका थप तस्वीरहरु हेर्नुहोस् -
भिडियो पनि हेर्नुहोस्
साभार : अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !