CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पूर्वमा ७९ % शिक्षकहरुको सर्टिफीकेट नक्कली : सब भागा भाग

पूर्वमा ७९ % शिक्षकहरुको सर्टिफीकेट नक्कली : सब भागा भाग

सुनसरी, मंसिर १० – नक्कली अध्ययन सर्टिफिकेट पेस गरी जागिर खाने शिक्षक तथा सरकारी कर्मचारीहरुको विषयमा अख्तियारले थालेको कार्वाही अभियानले यतिबेला पूर्वी तराइका जिल्लाहरुमा रहेका सरकारी कार्यालय तथा कर्मचारीहरु आतंकित बनेका छन् ।
अख्तियारको कार्वाहीमा परिने डरले कर्मचारी तथा शिक्षकहरुले आफ्नो अध्ययन सर्टिफिकेट देखाउनको सट्टा धमाधम राजीनामा बुझाउन थालेका छन् ।
पूर्वाञ्चलको विभिन्न जिल्लाहरुमा
अख्तियारले गरेको प्रारम्भिक अनुशन्धान अनुसार पूर्वमा ८३ प्रतिशत शिक्षकहरुले नक्कली अध्ययन सर्टिफिकेट विवरण पेस गरेर जागिर खाइरहेको रहस्य सार्वजनीक भएको छ ।
अध्यन सर्टिफिकेट बुझाउनुको सट्टा धमाधम राजीनामा बुझाउन थालेपछि पुर्वमा नक्कली सर्टिफिकेट बुभलाएर शिक्षकहरुले जागीर पाएको रहस्य खुलेको हो ।

सरकारी उच्च कोटाका शिक्षकहरुदेखि सामान्य तहका शिक्षकहरुसम्मले अख्तियारको कार्वाहीमा परिने डरले राजीनामा दिन थालेपछि पूर्वमा ७९ प्रतिशत शिक्षकहरुको सर्टिफिकेट नक्कली भएको बुझीएको हो ।
अख्तियारले गत अशोज २६ गतेदेखि पूर्वका १६ वटै जिल्लाहरुमा रहेका विभिन्न तहका विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरुको अध्यन सर्टिफिकेट माग्न आन्तरीम आदेश जारी गरे अनुसार शिक्षा कार्यालयहरुले सम्बन्धित शिक्षकहरुलाई आ आफनो सर्टिफिकेट कार्यालयमा बुझाउन आदेश जारी गरेको थियो ।
CIAAशिक्षा कार्यालयको आदेश अनुसार सर्टिफिकेट बुझाउने भन्दा राजीनामा बुझाउने शिक्षकहरुको संख्या बढी रहेको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका क्षेत्रीय निर्देश तुलसी प्रशाद थपलियाले बताए ।
आफुसंग यकिन आँकडा नभएपनि १ हजार ६ सयको हाराहारीमा शिक्षा कार्यालयहरुमा शिक्षकहरुले राजीनामाको पत्र बुझाएको क्षेत्रीय शिक्षा निर्देशक थपलियाले बताए ।
पूर्वको १६ जिल्लाहरुमा गरी ७ हजार ९ सयको हाराहारीमा बिभिन्न तहका शिक्षकहरु रहे पनि अध्यन सर्टिफिकेटका कारण आधा भन्दा बढीले राजीनामा दिइसकेको क्षेत्रीया शिक्षा निर्देशक तुलसी प्रशाद थपलियाले बताए ।
उनिसंग पूर्वका जिल्लाहरुमा भएको विद्यालय र शिक्षकहरुको सहि बिवरण माग्दा १० मिनेट पछि फोन गर्न आग्रह गरेका क्षेत्रिय शिक्षा निर्देशक थपलीयालाई पुनः १० मिनेट पछि सम्पर्क गर्दा कार्यालयबाटै बाहिरीसकेको जानकारी प्राप्त भएको थियो ।


साभार : रातो पाटी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis