CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जनता लाई मात्र सास्ती होइन १५ घन्टासम्म प्रहरी समेत भोकभोकै

जनता लाई मात्र सास्ती होइन १५ घन्टासम्म प्रहरी समेत भोकभोकै

policeकाठमाडौँ, मंसिर १०- सार्क सुरक्षामा खटिएका प्रहरी भोकभोकै निरन्तर १५ घन्टासम्म ड्युटीमा खटिएका छन् । बिहान करिब ६ बजे खाना खाएर ड्युटीमा खटाइएका प्रहरीलाई दिउँसो खाजा खाने व्यवस्थासमेत गरिएको थिएन, नयाँ पार्टीका दैनिकमा खबर छ  ।सुरक्षामा सडकमा परिचालन गरिएका कतिपय प्रहरी बिहान करिब ६ बजेदेखि
साँझ ९ बजेसम्म खटिएका थिए । लामो समय भोकभोकै ड्युटी गर्नुपरेको उनीहरूको गुनासो छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश आचार्यले भने ड्युटीमा खटिएका प्रहरीलाई खाजा खाने व्यवस्था मिलाइएको बताए । ‘केहीलाई दुई सिफ्टमा खटाएका थियौँ, केहीले भने १२ घन्टासम्म ड्युटी गर्नुपरेको थियो,’ उनले भने । सार्क सुरक्षाका लागि उपत्यका र लुम्बिनीमा गरेर सरकारले १८ हजार सुरक्षाकर्मीलाई खटाएको थियो । जसमा करिब १५ हजार नेपाल प्रहरी छन् । सेना, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूसमेत सार्क सुरक्षामा खटाइएका छन् । सार्कमा धेरै खटिनुपर्ने हुँदा खानाखाजाका लागि उनीहरूलाई दैनिक चार सय भत्ता दिन गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम मागेको थियो । तर, अर्थले रकम दिएको छैन । सार्क सुरक्षाका लागि उपत्यकामा सादा पोसाकमा मात्र सयौँको संख्यामा प्रहरी खटाइएको छ । करिब १२ जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोत बताउँछ ।

साभार : रातो पाटी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis