CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » देहव्यापारलाई कानुनी मान्यता दिनुपर्छ कि पर्दैन ?

देहव्यापारलाई कानुनी मान्यता दिनुपर्छ कि पर्दैन ?

गैरकानुनी रूपमा लुकिछिपी चलाइने देहव्यापार नियन्त्रण गर्न नसकेपछि यसलाई कानुनी मान्यता नदिनुको विकल्प छैन ।

      - सागर क्षेत्री

यो काम अहिले विकृतिका रूपमा विद्यमान छ, बरु निश्चित ठाउँ छुट्याएर कानुनी मान्यता दिनु नै बेस होला ।

      - सन्दर्भ सप्तरिया


कानुनी मान्यता दिने हो भने निश्चित क्षेत्र तोकिनुपर्छ, नियममा बाँध्न सक्नुपर्छ, होइन भने बारीमा छाडिएको गोरुको हालत हुन्छ ।

      - ज्यापु

यो चिया-कफीको व्यापार हो र मान्यता दिनलाई ?

      - सुवास

हुन्छ, कसैले आफ्नो निजी शरीरको माध्यमले कसैको करकापबिना व्यवसाय गर्छ भने रोक लगाउनु उचित पनि हुँदैन ।

      - पागल बस्ती

मुठी बन्द गर्दा मान्छेलाई कौतूहलता हुन्छ, मुठीभित्र के छ भनेर, तर मुठी खुला हुँदा त्यसमा कसैले चासो राख्दैन । देहव्यापार पनि यस्तै हो । लुकीछिपी हुँदा यसले अझ ठूलो विकृति निम्त्याइरहेको छ । त्यसैले निश्चित स्थान र समय छुट्टयाएर कानुनी मान्यता दिँदा राम्रै हुन्छ कि ?

      - रोदन शर्मा लामिछाने

न्यूनतम मापदण्ड निर्धारण गरेर देहव्यापारलाई कानुनी मान्यता दिनु उपयुक्त हुन्छ  । साँच्चै सरकार विवेकशिल छ भने यसबाट सरकारको आम्दानी बढ्नेछ भने अर्कातर्फ बलात्कारका घटना कम हुनेछन् ।

      - कुसा पुन

देहव्यापारलाई कानुनी मान्यता दिए कुनै फरक नपर्ला भन्छु म ।

      - गोविन्द कुरुम्बाङ

पैसा कमाउन शरीर नै बेच्नुपर्छ र ? सीप र शिक्षा भए महिलाहरूलाई स्वदेशमै जति पनि अवसर छ । देहव्यापारलाई मान्यता दिनु भनेको आफ्ना चेलीबेटीलाई गलत बाटोमा लगाउनु हो । देहव्यापारलाई कानुनी मान्यता दिने भन्दा पनि यो बाटोतर्फ कोही पनि नजाऊन् भन्नेतर्फ लाग्नुपर्छ ।

      - धु्रवराज

छुट्टै कानुन बनाएर वैधानिकता दिनु नै उपयुक्त हुन्छ । किनभने सरकारले यसलाई निर्मूलै पार्न पनि त सक्दैन ।

      - निर्मल विष्णु

देहव्यापारलाई प्रश्रय दिए देशको समुन्नत सामाजिक तथा सांस्कृतिक स्थितिमा खलल पुग्नेे हुँदा यसलाई कानुनी मान्यता दिनु उचित हुँदैन ।

      - सूर्य

सवाल सही छ, यति हो कि वेश्यालय सञ्चालन गर्दा आउन सक्ने समस्याहरूको समाधान पनि आफूसँग हुनुपर्छ ।

      - प्रतीक उदास

कुनै पनि चिजलाई जति कस्न खोज्यो उति नै फुत्किन खोज्छ । कुरा बुझियो होला, कुरा सफा छ । अर्को कुरा अहिले जति पनि यौन हिंसा भैरहेको छ त्यसमा पनि कमी आउने थियो । 

      - सुनिल आचार्य

दिनुपर्छ, देहव्यापारलाई कानुनमै परिभाषित गरेर व्यवस्थित गर्न सकियो भने अहिले यो विषयमा जे-जस्ता चर्चा-परिचर्चा हुन्छन् त्यसमा कमी आउने थियो । 

      - अभिषेक

दिनुहुँदैन, कुनै पनि मानिसले आफ्नो शरीर बेचेर जीवन निर्वाह गर्नुपर्ने बाध्यताको अन्त्यका लागि राज्य र समाज दुवै सक्रिय हुनुपर्छ । 

      - अरविन्द सिंह

माई बडी माइ राइट्स भन्ने प्रचलित नारा सुन्नुभएको छैन ? मानिसले आफ्नो शरीरलाई जसरी उपयोग गर्न चाहन्छ त्यसमा अरुले किन टाउको दुखाउने ?

      - मनिष शर्मा

साभार : साप्ताहिक 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis