मृत्यु शाश्वत सत्य भए पनि असामयिक मृत्युचाहिं निकै दर्दनाक हुन्छ । कसैको सहज निधनले त मानिसलाई दु:खित बनाउँछ भने असहज निधनले नरुवाउने कुरै भएन । त्यसमा पनि आत्महत्याजस्तो दर्दनाक घटनाले त बलियो मुटु हुने मान्छे पनि आँसु झार्न बाध्य हुन्छ । आलोक नेम्वाङले पनि धेरैलाई त्यस्तै बनाए ।
आलोकसँग प्रत्यक्ष भेट्ने अवसर कहिल्यै मिलेन, तर अप्रत्यक्ष रूपमा म उनको कला, क्षमता एवं योग्यताको 'फ्यान' थिएँ । अमेरिका छोडेर नेपाल र्फकनु, अभिनय र निर्देशनमा नयाँपन ल्याउनु, पशुपन्छी प्रेमले ओतप्रोत हुनु, सधैं हँसमुख रहनु, चाहिने मात्र बोल्नु, असामान्य विवादमा नफस्नुजस्ता उनका मानवीय गुणले अरू थुप्रैलाई पनि प्रभावित तुल्याएको हुनुपर्छ । जीवनभरि युवाहरूलाई सिर्जनशीलता एवं सकारात्मकताको व्यावहारिक पाठ सिकाउने आलोकले आफ्नो जीवनलाईचाहिँ किन नकारात्मकतातर्फ डोर्याए होला ?
आलोक सेलिब्रेटी थिए । त्यसैले उनको जीवनजस्तै मृत्यु पनि चर्चाको विषय भएको छ । गाउँ, सहरका विभिन्न कुनामा अनेकन युवाले यसरी नै आत्महत्याको बाटो पछ्याइरहेका छन् । भनिन्छ, नेपालमा दैनिक एकदर्जन जतिले आत्महत्या गर्छन् । तीमध्ये पनि २० देखि ४० वर्षका युवाहरू बढी देखिन्छन् । किन यसरी युवाहरू निराशातर्फ जाँदैछन् भन्ने विषयमा थुप्रै सेमिनार- गोष्ठीहरू हुन्छन्, तर आत्महत्याको क्रम घटेको छैन ।
विश्लेषकहरू भन्छन्, जीवनदेखि निराश युवाहरू यस्तो निर्णयमा पुग्छन् । निराशाका कारणहरूमा, परीक्षामा असफलता, प्रेममा धोका, जागिरमा फायर्ड, राजनीतिमा अन्योलता, शरीरमा रोग आदिलाई देखाइन्छ । गजुरियल विश्लेषणमा, पढाइमा फेल हुनेहरूमात्र आत्महत्या गर्दैनन्, पढाइमा पास तर जीवनमा फेल हुनेहरूले पनि यस्तो बाटो अपनाइरहेको पाइन्छ । प्रेममा धोका हुनेहरू मात्र होइन, विवाहलाई व्यवस्थित गर्न असमर्थहरू पनि आत्महत्याको निर्णयमा पुग्छन् ।
असहाय र टुहुराहरू यस्तो बाटोमा लाग्छन् भन्ने कुरा पनि पूर्ण सत्य होइन । बाबुआमा भएर पनि उनीहरूको ममता नपाएकाहरू, जागिर भएर पनि श्रमअनुसारको सम्मान नभएकाहरू, असाध्यरोग निको भएर पनि समाजले नस्वीकारेकाहरू, राजनीतिमा लागेर पनि देशले दिशा नलिएकोमा पीर गर्नेहरू जस्ता अरू थुप्रै युवा आत्महत्याजस्तो बिभत्स बाटोमा हिंडिरहेका छन् भन्ने गजुरियल ठम्याइ छ ।
सांसारिक जीवनमा सफल आलोकको आत्महत्याले धेरै युवाको मनोदशाको प्रतिनिधित्व गरेको छ । भोलि अर्को कुनै यस्तै दुर्घटनाको खबर सुन्नुअघि कारणको निराकरणतर्फ पहल गर्नु आवश्यक छ । पारिवारिक, व्यावसायिक, आर्थिक, राजनीतिक एवं मानसिक समस्याहरूका भुमरी नै यस्तो दुर्घटनाको कारण हो । यसको अन्त्यका लागि त्रिपक्षिय जिम्मेवारी जरुरी छ—व्यक्ति, परिवार र समाज ।
व्यक्ति स्वयंले हृदयको केन्द्रबाटै बुझ्नु आवश्यक छ, जीवन प्रकृतिको सबैभन्दा सुन्दर उपहार हो । यसलाई जिउने क्रममा आइपर्ने साना-ठूला समस्यालाई प्राकृतिक हिसाबले समाधान गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा ठूलो माध्यम भनेको ध्यान र योग हो । जुनसुकै धर्म, सम्प्रदाय वा पन्थ होस्, ध्यान योग गर्नाले हाम्रा धेरै मानसिक असन्तुलन आफै समाधान भएर जान्छन् ।
दोस्रो, परिवार हो । परिवारमा कलह, अशान्ति र तनाव छ भने जतिसुकै बलियो व्यक्ति पनि निराश हुन्छ । घरपरिवारमा हुने वा भैरहने कलह र अशान्तिको तर्कसम्मत हिसाबले समाधान गर्नुपर्छ । बाबु-आमा वा छोरा-बुहारी वा सासू-बुहारीको द्वन्द्वमा परिवारका अन्य सदस्यलाई तनावमा राख्नु अपराध हो भन्ने मनन गर्ने र निराश आफन्तलाई हौसला एवं प्रोत्साहन दिने हो भने भैपरी आउने यस्ता दुर्घटनाहरू रोकिन सक्छन् ।
तेस्रो जिम्मेवारी समाजको छ । संस्कार, संस्कृति, परम्परा, सामाजिक संस्थाहरू, राजनीतिक दल तथा सरकार- सबै समाजअन्तर्गत पर्छन् । संस्कृति र परम्परालाई समयसापेक्ष बनाउने हो भने कसैले पनि निराशाको बाटो समात्दैनन् । समाजले सबैलाई समान दृष्टिले हेर्ने हो भने कसैले पनि आफूलाई कमजोर महसुस गर्दैनन् र, राज्यले पनि समानता, सुरक्षा, शान्ति, शिक्षा एवं सम्मानको नीतिलाई व्यवहारिक रूपमै पालना गर्ने हो भने आत्महत्याजस्ता बीभत्स घटनाहरू पक्कै घट्नेछन् भन्ने गजुरियल ठम्याइ छ ।
साभार : सप्ताहिक
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDeleteम श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete