CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पर्यटन बोर्डमा लहरो तान्दा सिंहदरबारको कुर्सी हल्लियो

पर्यटन बोर्डमा लहरो तान्दा सिंहदरबारको कुर्सी हल्लियो

corruption list
२० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डमा भएको भ्रष्टाचार प्रकरणको लहरो तान्दा सिंहदरबारस्थित वन मन्त्रालयका सचिव र सहसचिवको समेत कुर्सी हल्लिएको छ ।
पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणकै कारण नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको समेत जागिर चट् हुने स्थिति आएको छ । त्यस्तै कानून आयोगका
सचिव र अर्थ मन्त्रालयका एकजना सहसचिवसमेत अख्तियारको मुद्दामा तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बबरमहलस्थित विशेष अदालतमा दायर गरेको करिब ७० करोड बिगोसहितको भ्रषटाचार मुद्दामा नेपाल सरकारका बहालावाला दुई सचिवहरुसहित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसमेत तानिएका हुन् ।
corruption listपर्यटन बोर्डमा करीव ७० करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । यो मुद्दामा बोर्डका तत्कालीन कार्यकारी निर्देशक सुवास निरौला मात्रै परेनन्, बहालवाला सचिवदेखि नागरिक उड्ययनका हाकिमसमेत परे ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा वन मन्त्रालयका बहालवाला सचिव शरदचन्द्र पौडेल र कानुन आयोगका सचिव रञ्जनकृष्ण अर्यालसमेत परेका छन् ।
त्यस्तै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन पनि भ्रष्टाचार प्रकरणमा तानिएका छन् ।
अख्तियारबाट तानिएका यी सरकारी अधिकारीहरुले राजधानीमा आलिशान महल बनाएर विलासी जीवन बिताउँदै आएका छन् ।
बहालवाला दुई सहसचिव पनि परे
पर्यटन बोर्डमा भएको भ्रष्टाचारमा अर्थ मन्त्रालयका बहालवाला सहसचिव डिल्लीप्रसाद शिवाकोटी पनि तानिएका छन् । सिवाकोटी पनि अर्थमन्त्रालयमा गरेको भ्रष्टाचारमा नभई पर्यटन बोर्डमा हुँदा गरेको हिनामिनाका कारण फन्दामा परेका हुन् ।
नागरिक उड्ययन प्राधिकरणका बहालवाल महाप्रवन्धक रचितशचन्द्र लाल सुमनविरुद्ध पनि मुद्दा दायर भएको छ ।
पर्यटन हुँदै वन मन्त्रालयमा हाल सहसचिव रहेका मेघवहादुर पाण्डे पनि अख्तियारको फन्दामा परेका छन् । पूर्वपर्यटन सचिव सुशील घिमिरेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ ।
हाकिमका अभियोग के-के ?
अख्तियारले दायर गरेको गरेको अभियोगपत्रमा सचिव शरदचन्द्र पौडेल, रञ्जनकृष्ण अर्यालय र सहसचिव डिल्लीप्रसाद सिवाकोटीले पर्यटन बोर्डको नियमावली संशोधन गरी ६१ लाख २८ हजार २७७ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको दाबी गरिएको छ ।
यसैगरी पर्यटन बोर्डका तत्कालीन अध्यक्ष सुशील घिमिरे, सदस्य मेघराज पाण्डे, हालका सदस्य रतिशचन्द्र लाल सुमनले खर्च अनुमोदन गरी ११ करोड २८ लाख ९५ हजार ३६ रुपैयाँ हानी नोक्सनी पुर्‍याएको अख्तियारको दाबी छ ।
यसमा रेबतबहादुर थापा, ध्रुवनारायण श्रेष्ठ, फेलरेल्जे शेर्पालाई पनि संलग्न रहेको अभियोगपत्रमा बताइएको छ ।
अख्तियारले मुद्दा दायर गरे लगत्तै बहालवाला सचिव, सहसचिव लगायत सरकारी अधिकारीहरुको जागिर स्वतः निलम्बन भएको छ । तर, उनीहरु कोही पनि पक्राऊ परेका छैनन् ।
अख्तियार भन्छ : पक्राउ गर्न सकिएन
पर्यटन बोर्डमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै विषेश अदालतमा मुद्दा दायर गरेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा अख्तियारका प्रवक्ता बेगेन्द्रप्रसाद शर्माले लामो समयको अनुसन्धानपछि अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।
‘यो प्रकरणको विषयलाई लिएर हामीले लामो समय अनुसन्धान गर्‍यौं । अभियुक्तहरुलाई पक्राउ गर्न खोज्यौं, तर फेला परेनन्, प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा भने-‘हामीसँग उपलब्ध कागजातमा प्रमाणित भएको विगोसहित मुद्दा दायर गरेका हौं ।’
अख्तियारले पर्यटन बोर्डमा ०६८ सालदेखि ०७१ सालसम्म भएको भ्रष्टाचारमाथि अनुसन्धान गरेको शर्माले जानकारी दिए । अख्तियारले कुनै पनि भ्रष्टाचारीलाई नछाड्ने उनले बताए ।
अख्तियारका अनुसन्धान अधिकृत सुदर्शन लामिछानेका अनुसार यो प्रकरणमा ५२ जना संलग्न छन् भने ६९ करोड रुपैयाँ बराबरको बिगो तथा जरिवाना दाबी गरिएको छ ।
लामिछानेले अनुसन्धानका क्रममा केही कठिनाइ भए पनि आफूहरु विचलित नभएको बताए ।
लोकमानसिंह कार्की प्रमुख आयुक्तमा नियुक्त भएपछि अख्तियारले दायर गरेका केही ठूला दाबीसहितका मुद्दामध्ये एक हो ।
यसअघि गरिबी निवारण कोषमा भएको भ्रष्टाचार प्रकरणमा ४४ करोडको बिगो दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।
साभार : अनलाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis