CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रेमको अनुभूति

प्रेमको अनुभूति


तीन वर्ष जति भयो, उसलाई पहिलो पटक देखेको । उसलाई देखेपछि लाग्यो कि ऊ मेरै लागि बनेको हो । हरपल उसैलाई हेरिरहूँ लाग्न थाल्यो । जब थाहा भयो कि उसले पनि मलाई माया गर्छ तब मेरो खुसीको सीमा रहेन । म त्यतिबेला आकाशमा पो उड्न थालेछु । जब उसले प्रेमप्रस्ताव राख्यो, त्यो मेरो जीवनको सबैभन्दा अविस्मरणीय क्षण थियो । वषर्ाको मौसम थियो । ऊ मलाई एक ठाउँमा पर्खिरहेको थियो । पानीका बाछिट्टाहरूमा रुझ्दै ऊ मेरो सामु आयो । आकाशले गड्याङ्गुडुङ् गर्‍यो । अरू बेला म चट्याङ्को आवाजले तर्सिन्थें, तर त्यो दिन मलाई लाग्यो कि हाम्रो मिलनमा प्रकृतिले ताली बजाउँदै
सेलिब्रेसन गरिरहेको छ । उसले मेरो सामू आएर एउटा घुँडा टेक्यो, पूरै फिल्मी शैलीमा र मेरो हात आफ्नो हातमा लिएर भन्यो- 'आई लभ यू सुरबिना, डु यू लभ मी ।' त्यसपछि यात्रा सुरु भयो, उसको र मेरो मायाको । 

पहिलो भ्यालेन्टाइन इभ ऊसँग मनाउने कल्पनामा म अघिल्लै दिनदेखि नै एक्साइटेड थिएँ । म उसको प्रेममा पागल, ऊ मेरो प्रेममा पागल भैसकेको अवस्था थियो । उसले भ्यालेन्टाइनको सरप्राइज पार्टी भनेर एउटा क्याफेमा बोलाएको थियो । ऊ मलाई नै पर्खिरहेको थियो । म पुगेपछि ठूलो केक आयो, जसमा लेखिएको थियो— 'आई लभ यू सुरबिना' । हामी केक काटेर रमाइलो गर्दै थियौं । उसले मलाई क्याफेको बार्दलीमा बोलायो । उसले मेरो हात आफ्नो हातमा लिएर भन्यो, 'आई लभ यु, बट आइ कान्ट बि विथ यू ।' मैले जिस्किएको भनिरहेँ, तर ऊ निकै सिरियस हुँदै थियो- 'कारण नसोध, म तिमी अरूको भएको हेर्न सक्दिनँ र म आफ्नो पनि बनाउन सक्दिनँ ।' त्यो रात म निराश भएर फर्किएँ । भोलिपल्ट म्यासेज आयो- 'खुसीसँग बस । आई लभ यू ।' त्यो उसको अन्तिम म्यासेज थियो । दुई वर्ष भैसकेको छ । त्यसपछि उसको म्यासेज तथा अन्य खबर आएको छैन । साथीहरू भन्छन्— ऊ बिदेसिएको छ, तर कहाँ मलाई थाहा छैन । कुन बाध्यताले ऊ मसँग टाढा भयो ? कुनै दिन भेटेर ऊसँग सोध्नु छ । कुनै दिन कुनै मोडमा ऊसँग भेट त होला भन्ने आशा अझै बाँकी छ । 
साभार : ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis