CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » चरी कसरी मारियो ? प्रहरी अपराध महाशाखा प्रमुख पुष्कर कार्कीसँग

चरी कसरी मारियो ? प्रहरी अपराध महाशाखा प्रमुख पुष्कर कार्कीसँग

puskar-karkiमहानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीसँग चरी मारिएको घटनाबारे गरिएको कुराकानी–
 दिनेश अधिकारीको घटना के हो?
यसभन्दा अगाडि घटनाबारे प्रहरीबाट जे सार्वजनिक भएका छन्, त्यही हो।
 
भन्नाले?
आपराधिक गतिविधिमा सक्रिय व्यक्तिहरू उपत्यकामा सक्रिय रहेको सूचनाको आधारमा उनीहरूको खोजीमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले शंका लागी पिछा गर्ने क्रममा प्रहरी टोलीमाथि गोली प्रहार भएपछि प्रतिकारमा प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको हो।
प्रहरीले योजनाबद्ध रूपमा चरीलाई मारेको हैन?
हैन, उनलाई प्रहरीले किन मार्ने? उनलाई त ज्यँुदै पक्राउ गर्न सकेको भए उनीबाट धेरै कुरा खुल्न सक्थे। प्रहरीलाई अनुसन्धान प्रक्रिया अगाडि बढाउन थप सहज हुन्थ्यो। हाम्रो प्राथमिकता कसैलाई मार्ने हैन। उनी मारिँदा हामीलाई पनि दुःख लागेको छ।
 
चरी र उनीसँग सम्बन्ध जोडिएकाहरूसँग संगठनका केही सदस्यको 'इगो'का कारण घटना भएको हो भन्ने पनि सार्वजनिक भएका छन्। सत्य हो?
बिलकुल सत्य हैन। चरीलाई प्रहरीले पक्राउ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि गोली हानेकाले नै यो घटना भएको हो। हाम्रो पहिलो प्राथमिकता पक्राउ गर्ने नै हो। गुन्डाहरूसँग हतियार छ भने प्रहरीसँग पनि राज्यले दिएको हतियार छ। प्रहरीमाथि कसैले गोली चलाउँछ भने कानुनको अधीनमा रहेर प्रहरीले पनि आत्मरक्षाका लागि त्यसको प्रतिकार त गर्छ नै।
 
संगठित अपराधमा सक्रिय अन्य पनि छन् तर चरीलाई मात्रै टार्गेट गर्नुभयो।
कुनै व्यक्ति विशेष हाम्रो टार्गेटमा हुन्नन् र छैनन्। आपराधिक गतिविधि नियन्त्रण गर्नु हाम्रो दायित्व हो। कसैले कानुनको उल्लंघन गर्छ र अन्य नागरिकको असुरक्षा बढाउँछ भने त्यसको नियन्त्रणको दायित्व कानुनले प्रहरीलाई दिएको छ। त्यही दायित्वअनुसार कानुनले दिएको अधिकार क्षेत्रभित्र बसेर हामीले काम गर्ने हो। नागरिकको सुरक्षाका लागि पूर्वतयारीस्वरूप आपराधिक गतिविधिमा संलग्नहरूको दैनिक गतिविधिमा हाम्रो निगरानी हुन्छ र छ।
 
चरीको जस्तै पृष्ठभूमि भएकाहरू प्रहरी निगरानीमा छन्?
अहिले हामी गुन्डागर्दीमा संलग्नहरूको आर्थिकस्रोत पहिल्याउन केन्द्रित छौँ। यसमा उनीहरूको दैनिक गतिविधि अनि सम्पर्क जालो दुवैको निगरानी हुन्छ।
 
उनीहरूको नियति पनि चरीको झैँ हुने त होला?
यो हुन्छ, त्यो हुन्छ भन्ने पूर्वानुमानको आधारमा हामी काम गर्दैनौँ। जे हुन्छ, कानुनले तोकेअनुसार हुन्छ। म फेरि भन्छु, हाम्रो प्राथमिकता अपराधीको अन्त्य हुँदै हैन, अपराधको अन्त्य हो। तर, यसका लागि समाजले पनि साथ दिनुपर्छ। अपराधीको त्रासमा उनीहरूको आर्थिक माग पूरा गर्नु भनेको आफ्नै असुरक्षा बढाउने हो। त्यसैले कसैले पैसा माग्यो भने दिने हैन, त्यस्ता व्यक्तिबारे प्रहरीलाई खबर गर्ने हो। आपराधिक गतिविधिमा संलग्नहरूलाई समाजले रोल मोडल बनाउने हो कि अस्वीकार गर्ने हो?
साभार : नागरिक न्युज 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis