CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » १४ वर्षपछि गोविन्दा

१४ वर्षपछि गोविन्दा

बलिउड अभिनेता गोविन्दाले डान्स रियालिटी शो 'डिआइडी सुपर मम्स' निर्णायकका निम्ति तयार भएको बताएका छन् । गोविन्दाले १४ वर्षपछि टेलिभिजन शोमा कमब्याक गरेका हुन् । गत साता मुम्बईको जेडब्लु म्यारिओट होटलमा डिआइडी सुपर मम्सको नयाँ संस्करणमा गोविन्दा निणर्ायक रहने कुरा सार्वजनिक गरिएको थियो । गोविन्दा तथा कोरियोग्राफर गीता कपुरले डिआइडी सुपर मम्स सिजन टुको उद्घाटन गरेका थिए । सुपरमम्सको दोस्रो सिजनका लागि गोविन्दाका अतिरिक्त गीता कपुर तथा टेरिन्स लुइस निणर्ायकको भूमिकामा रहनेछन् ।
हालै चलचित्र किलदिलमा अभिनय गरेका गोविन्दाले सन् २००१ मा क्विज शो 'जितो छप्पर फाड के' सञ्चालन गरेका थिए । यद्यपि उक्त शो सुपरफ्लप भएको थियो । उत्कृष्ट डान्सर हिरोको इमेज बनाएका गोविन्दाले सुपर मम्सलाई सफल बनाउन पर्याप्त मेहनत गर्ने बताएका छन् ।
साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis