CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » वान साइड लभमा सविना

वान साइड लभमा सविना


डेब्यु फिल्म दुलही रानीबाट सविना कार्कीले सम्भावना बोकेकी अभिनेत्रीका रूपमा आफ्नो उपस्थिति जनाएकी थिइन् । तर, दोस्रो फिल्म एटीएम करिअरमै बाधक बन्यो । अश्लील दृश्य र संवादले भरिएको फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो । कतिसम्म भने फिल्म लामो समय प्रदर्शन हुन पाएन । बल्ल–बल्ल रिलिज हुँदा पनि पहिलो दिनमै रोक लागेपछि त्यसको प्रत्यक्ष असर सविनासहित फिल्मका अन्य दुई हिरोइन जिया केसी र सोनिया शर्मालाई पर्‍यो । जिया र सोनिया त फिल्मवृत्तबाट गुमनाम भइसकेका छन् तर सविना जसोतसो
गुमाएको साख जोगाउने प्रयासमा छिन् । १८ असारमा उनको नयाँ फिल्म रिलिज हुँदै छ, वान साइड लभ । देवेन्द्रराज पाण्डे निर्देशित फिल्ममा सविनालाई सोझी युवतीको भूमिकामा देख्न पाइनेछ । त्यसैले त उनी दर्शकबाट सकारात्मक चर्चा पाउनेमा ढुक्क छिन् ।

साभार : नेपाल साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis