CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » जोक अफ द डे - भाद्र (२)

जोक अफ द डे - भाद्र (२)

चियामा किन यति धेरै दूध हालेको ?गर्लफ्रेन्ड : हेर न, आज मैले आफ्नो पर्स ल्याउन भुलेछु, मलाई १ हजार रुपैयाँ चाहिएको छ, प्लिज देऊ न ।
शेरे : ल लेऊ २० रुपैयाँ बस भाडा, घर जाने अनि पर्स लिएर आउने, १ दिन, २ दिन पो हुन्छ, सधैं पर्स भुलें भनेर हुन्छ ?
शेरे र एउटी केटी लुडो खेल खेल्दै थिए ।
शेरे : यदि २, ३, ४, ५, आयो भने म तिमीलाई किस गर्छु ।
केटी : के रे ? अनि १ र ६ आयो भने नि ?
शेरे : तिमीले कहिल्यै लुडो खेलेकी छैनौं ? १ र ६ आए त फेरी मेरै
पालो नि... ।
हिजो आज तिम्रै यादमा हराउन थालेछु
थाहै नपाई तिमीलाई मन पराउन थालेछु ।
हररात सपनीमा एकनास तिमी आउनाले
बिउँझिएर मध्यरातमा कराउन थालेछु
हुँदाखेरि मेरो मात्र एकतर्फी माया
मिलन हाम्रो नहुने हो कि डराउन थालेछु
तिमीसँग छुट्नुपरे म त जिउँदै मर्छु होला ।
उनले भनिन् : तिमीमा पहिले जस्तो बात छैन।
मैले भनें : जिन्दगीमा तिम्रो मीठो साथ छैन ।
उनले भनिन् : अझै पनि कसैको आँखामा डुब्न सक्छौ ?
मैले भनें : कसैको आँखामा त्यो बात छैन ।
उनले सोधिन् : किन यति टुटेर पनि चाहन्छौ मलाई ?
मैले भनें : मान्छे हुँ, दिलमा कुनै पत्थर छैन् ।
उनले सोधिन : के त दोषी छु म ?
मैले भनें : मलाई अब कुनै दोषीको तलास छैन ।
उनले भनिन् : भुलिदेऊ मलाई ।
मैले भनें : तिमी वास्तविकता हौ, कुनै सपना होइनौ ।
विद्यालयमा पढाइ भैरहेको थियो ।
अर्को जन्ममा को-को के-के बन्न चाहन्छन् भन्ने जिज्ञासा राख्दै मिसले प्रश्न सोधिन् ।
मिस : भन त, माला तिमी अर्को जन्ममा के बन्न चाहन्छौ ?
माला : मिस म त चन्द्रमा बन्न चाहन्छु
मिस : गुड ! अनि शेरे तिमी नि ?
शेरे : म त चन्द्रमामा पुग्ने पहिलो व्यक्ति हुन चाहन्छु मिस ।
एकदिन महादेव काठमाडौंको यात्रामा रहेछन्, पछिल्लो समय काठमाडौंमा बुद्धको मात्र मूर्ति देखेर महादेव अति रिसाएछन्, तुरुन्तै बुद्धलाई बोलाएर मिटिङ तय गरेछन् ।
महादेव : हेल्लो बुद्ध सोल्टी, म देवताको पनि देवता तर अहिले काठमाडौंमा मेरो भन्दा पनि तिम्रा धेरै मूर्ति रहेछन् । तिम्रा भक्तहरूलाई भनेर मेरा धेरै मूर्ति बनाउन लगाउनु पर्‍यो ।
बुद्ध : लु त्यसो भए हामी कुदेर यो चक्रपथ परिक्रमा गरौं, जो पहिले चक्रपथ घुमेर यहाँ आइपुग्छ, त्यसैको धेरै मूर्ति हुन्छ, के तपाईंलाई मञ्जुर छ ?
महादेव : मञ्जुर छ ।
यति भनी नसक्दै महादेव फस्र्ट हुन कुदिहाल्नुभएछ । बुद्धचाहिँ शान्त स्वभावको भएकाले अरूलाई अर्ति उपदेश दिँदै बिस्तारै कुद्नुभएछ, तर पनि बुद्धले नै खेल जित्नुभएछ ।
अनुमान गर्नुहोस् त कसरी ?
महादेवचाहिँ मापसे चेकिङमा पर्नुभएछ, त्यसमाथि खल्तीमा ३ केजी गाँजा पनि भेटिएपछि महादेवलाई पुलिसले हनुमानढोका पुर्‍याएछन् ।
एउटा एफएम स्टेसनमा फोनबाट कसैलाई सन्देश दिने कार्यक्रम सञ्चालन भैरहेको थियो ।
कार्यक्रम सञ्चालक : हेल्लो, श्रोतावृन्द तपाइर्ंलाई स्वागत छ, तपाईंको आवाज अहिले नेपालका विभिन्न जिल्लामा यति यति मेगाहर्जमा र डब्लु डब्लु डब्लु... मा अनलाइनमार्फत सारा विश्वभरि सुन्न सकिन्छ । आउनुस्, आजको कार्यक्रम सुरु गरौं, फोन सम्पर्कमा कोही हुनुहुन्छ । हेल्लो... भन्नोस् तपाईको सन्देश कसलाई छ ?
हाउडे : मेरो आवाज सबैले सुन्दैछन् ?
कार्यक्रम सञ्चालक : अवश्य सुन्दैछन् ।
हाउडे : सारा सहरले सुन्दैछ ?
कार्यक्रम संचालक : अवश्य सुन्दैछ ।
हाउडे : मेरो घरमा भएकी मेरी श्रीमतीले पनि ?
कार्यक्रम संचालक : उफ् ! रेडियो खोलेको भए सुन्दै हुनुहुन्छ नि, म्यासेज भए चाँडो भन्नुस् ।
हाउडे : ए बूढी, म बाथरुममा छु, नुहाउँदा-नुहाउँदै पानी सकियो, चाँडै मोटर चलाइदे न ल, यहाँ जीउमा लगाएको साबुन नै सुकिसक्यो ।
भाइ-भाइ लडाई गराउने जीएफ
आमा-छोरालाई विछोड गराउने जीएफ
बाउछोराबीच आगो लगाउने जीएफ
श्रीमान्-श्रीमतीबीच झगडा गराउने जीएफ
सारा समाज गलत आफू मात्र सही हो भन्न सिकाउने जीएफ
जीएफ मतलब गलत फेमी
जुन अघिसम्म तपाईंलाई परिरहेको थियो
गर्लफ्रेन्ड त विचरी साह्रै प्यारी हुन्छिन् नि होइन र ?
शेरे एक दिन कलेज ढिलो गएछ,
क्लास टिचर : तिमी आज कलेज किन ढिला आएको शेरे ?
शेरे : मम्मी-ड्याडी झगडा गर्दै हुनुहुन्थ्यो, त्यसैले ढिला आ'को सर
टिचर : अनि तिमी त्यही झगडा सुनेर बस्नुपर्छ त ?
शेरे : झगडा सुनेको होइन सर, मेरो कलेजको एउटा जुत्ता मम्मीले, अर्को ड्याडीले समाउनुभा'थ्यो ।
एक जना केटालाई सय जना केटीमध्ये एउटी छान्न लगाइयो ।
हो म मान्छु, त्यो केटाले सबैभन्दा राम्री एउटीलाई छान्ला ।
तर
त्यो केटालाई अरू ९९ जना केटी गुमाउनुपर्दा ज्यादै दु:ख लागेको हुन्छ । कसले भन्छ, केटाहरूमा फिलिङ्स हुँदैन भनेर ।
एउटी केटीले आफ्नी दिदीसँग सोधिछ
बहिनी : दिदी यो दुलाहा भनेको के हो ?
दिदी : दुलाहासँग विवाह गरिन्छ, यदि तिमी ठूली भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलाहा मिल्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भइन भने नि ?
दिदी : हरेक दिन नयाँ-नयाँ दुलाहा प्राप्त हुनेछन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis