CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » जोक अफ द डे - (सेप्टेम्बर )

जोक अफ द डे - (सेप्टेम्बर )

शेरे र एउटी केटी लुडो खेल खेल्दै थिए । एक दिन मेरी गर्लफ्रेन्डले मलाई उसको घर बोलाई, म उसको घर पुगें, ढोका बन्द थियो । मैले घण्टी बजाएँ । उसकी बहिनी आएर ढोका खोली । उ निकै सुन्दर थिई । मुस्कुराउँदै उसले भनी- 'तपाईं त निकै स्मार्ट हुनुहुँदो रहेछ । अहिले घरमा कोही पनि हुनुहुन्न । म एक्लै छु ।' म मुस्कुराएँ र आफ्नो बाइक भएतिर फर्किएँ ।
म फर्किएको मात्र के थिएँ, उसको पूरा परिवार घरभित्रबाट
निस्कियो अनि मेरो इमान्दारिताको प्रशंसा गर्न थाल्यो उनीहरूले मलाई अँगालो मार्दै भने- 'हामीलाई यो सम्बन्ध मञ्जुर छ ।'
अब म के भनूँ ?
जब कि
मौकाको फाइदा उठाऊँ न त भनेर म बाइक लक गर्न र्फकन लागेको थिएँ... ।
०००
मालिक : चियामा किन यति धेरै दूध हालेको ?
नोकर : भूल भयो हजुर ।
मालिक : (रिसाउँदै) के भूल भयो ?
नोकर : मेरो चिया तपाईंलाई परेछ ।
०००
एउटा सायरी
नरिवलको बोटमा मेवा हुँदैन
नमस्कार गर्दैमा कसैको सेवा हुँदैन
त्यसैले डियर केटी हो
आफुलाई धेरै सुन्दरी सम्झेर
कहिल्यै घमन्ड नगर
किनभने रूप र बैंस कसैको पेवा हुँदैन ।
०००
फूल फूल्ने मायाको बोटलाई सिजन चाहिँदैन
दुई मुटुको मिलन हुन रिजन चाहिँदैन
मनले मनलाई बुझ्नु नै मायाको परीक्षा हो
पास भए मात्र पुग्छ, डिभिजन चाहिँदैन ।
०००
डाक्टरले पागलसँग सोध्यो : यो के हो ?
पागल : यो मैले लेखेको ५ सय पेजको पुस्तक हो ।
डाक्टर : ५ सय पेजमा के लेखिस् त्यस्तो ?
पागल : फस्ट पेजमा अर्थात् पेज नम्बर १ मा राजा घोडामा चढेर जंगल गएछ, अनि लास्ट पेजमा त्यो राजा जंगल पुगेछ ।
डाक्टर : त्यसो भए बीचको ४ सय ९८ पानामा के लेखिस नि ?
पागल : तिग्डिक, तिग्डिक, तिग्डिक, तिग्डिक, तिग्डिक तिग्डिक, तिग्डिक.... तिग्डिक, तिग्डिक, तिग्डिक, तिग्डिक..... ।
०००
बा-आमा खेतमा डल्ला फुटाउँछन्
केटाकेटी क्यान्डिक्रसमा जेली फुटाउँछन्
युवाहरू खाडीमा मुटु फुटाउँछन्
नेताहरू देशमा पार्टी फुटाउँछन्
के अब म आफ्नो टाउको फुटाऊँ ?
०००
नेपाल कसरी बिगि्रयो थाहा छ ?
हाकिम : घूसखोरीले ।
पुलिस : अर्काकी स्वास्नी ताक्नाले ।
वकिल : झूटो बोल्नाले ।
नेता : कालो सम्पत्ति थुपार्नाले ।
जनता : नेताको आशा गर्नाले ।
श्रीमान् : कान्छीको भट्टी धाउनाले ।
श्रीमती : फेसबुक चलाउन जान्नाले ।
छोरा : कानमा मुन्द्रा भिर्नाले ।
छोरी : छोटा वस्त्र लगाउनाले ।
०००
शेरेकी बूढी : हजुरको सबैभन्दा मिल्ने साथीकी श्रीमती बितेकी छिन्, यस्तो बेला त हजुरले उहाँलाई साथ दिन जानैपर्छ ।
शेरे : खै, कुन मुख लिएर जाउँ ? उसका दुई-दुईवटी श्रीमती मर्दा मलाई बोलाइसक्यो, आफूले भने एकपटक पनि बोलाउन सकेको होइन क्यारे ?
(शेरेकी बूढी ठहरै)
०००
डियर आलु...
तिमी किन यति साह्रो चर्चित भएकी
जेमा पनि आलु
सब्जीमा पनि आलु, पानीपुरीमा पनि आलु
चटपटेमा पनि आलु
परौठामा पनि आलु
अनि एक्जाममा पनि आलु ।
०००
कुनै एउटा अफिसमा भर्खरै नयाँ कर्मचारी भर्ना भएछ र पहिलो दिन अफिस गएछ । दिनभरि काम गरेपछि चियाका लागि छुट्टी भएछ । उक्त नयाँ कर्मचारीले फोन गरेर खाजा अर्डर गर्दै भनेछ : ए भाइ, यहाँ ४ कप चिया र ८ वटा समोसा छिट्टो लिएर आइज, तर फोन गल्तीले गर्दा त्यही अफिसको अर्को एक्सटेन्सनमा पुगेछ । उताबाट : ओई, तँ कोसँग कुरा गर्दैछस्, तलाई थाहा छ ?
नयाँ कर्मचारी : थाहा छैन ।
उताबाट : म यो अफिसको एमडी हुँ ।
नयाँ कर्मचारी : तँलाई थाहा छ, कोसँग कुरा गर्दैछस् ?
उताबाट : थाहा छैन् ।
नयाँ कर्मचारी : त्यसो भने ठीकै छ -त्यति भनेर नयाँ कर्मचारीले फोन राखेछ ।)
०००
शेरे आफ्नो अफिसमा थियो, त्यति बेलै बूढीको फोन आयो ।
बूढी : विन्डोज खुल्दैन त, के गर्ने हो ?
शेरे : तातो तेल हाल्दे एकछिन पछि खुल्छ ।
बूढी : खुल्न त पक्का खुल्छ नि ?
शेरे : हो, पक्का खुल्छ ।
१० मिनेटपछि विन्डोज खुल्यो कि खुलेन भनेर शेरेले कल गर्‍यो ।
शेरे : बूढी के भो खुल्यो ?
बूढी : खै के भयो-भयो, अहिले त ल्यापटपमा लाइट नि छैन ।
०००
आमा- सुन्नुस् न, छिमेकीकी छोरीले म्याथमा ९९ मार्क ल्याइछे नि !
बुबा - अनि १ मार्कचाहिँ कता गएछ ?
आमा- त्यो १ मार्क हाम्रो छोरोले ल्याएको रै'छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis