CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नेपाली टिभिले बेच्यो स्वाभिमान ! एम्बेसीको पैसामा यस्तो काम

नेपाली टिभिले बेच्यो स्वाभिमान ! एम्बेसीको पैसामा यस्तो काम

Prem Baniyaईन्डियन एम्बेसीको ह्यान्डसम मनीमा न्यूज २४ टेलिभिजनले आफ्नो स्वाभिमान बेच्ने प्रयाश गरेको गन्ध आएको छ ।

हरेक हप्ता जय स्वाभिमान भन्दै राष्ट्रियताको ईश्यू उठाएर कार्यक्रम प्रसारण गर्ने उक्त टिभिले भारतीय दूतावासले दिएको मोटो रकममा हिन्दी भाषाको एंकर लिंक सहित हिन्दी भाषामै रिपोर्ट बजाउँने गरेको करिव तीन महिना
भईसक्यो ।
यो कार्यक्रमको बिषयलाई लिएर टिभि भित्रै विभिन्न मतान्तर चलेपछि उक्त टिभिले कार्यक्रम रोक्ने तयारी समेत गरेको बुझिएको छ ।
विशेष गरी जय स्वाभिमान चलाउँने प्रस्तोता प्रेम बानियाँ माथि विभिन्न प्रकारका ब्यग्य हुन थालेपछि उनले समेत सो कार्यक्रमलाई टिभिबाट हटाउँन लविङ गरेको बताईन्छ ।
यो बिषयमा तपाईको स्वाभिमान बजाउँने टिभिले किन यस्तो काम गर्यो भनी प्रेमलाई सोध्दा उनले ‘हामी कार्यक्रम रोक्दैछौँ’  भन्दै असोज २ गतेको एपिसोड अन्तिम भनी जवाफ दिएका  छन् ।  आफ्नो टेलिभिजनले किन यस प्रकारको कार्यक्रम प्रसारणका लागि समय दियो भन्ने बिषयमा उनले अन्य  केही बोल्न  चाहेनन् र समाचार प्रकाशित नगर्न उल्टै अनुरोध गरेका छन् ।
हामीले एक्सक्लुसिभ रुपमा बुझे अनुसार केही महिना यता भारतीय दूतावासले नेपालका प्राय सवै टेलिभिजनमा यस प्रकारका कार्यक्रम चलाउँन पाउँ भन्दै प्रपोजल पठाएको छ । (कार्यक्रम हेर्नुस् तल)


तर उसको  प्रपोजलमा नेपाली र हिन्दी दुवै फिल्मलाई बराबर समेटेर कार्यक्रम प्रस्तुत गर्ने जनाएपनि घुमाउँरो पारामा हिन्दी फिल्मका बिषय बस्तुलाई विशेष जोड दिदै नेपालमा हिन्दी फिल्मको ब्यापारलाई अझ प्रभावकारी बनाउँने  नियत देखिन्छ ।
रिपोर्टहरुमा नेपालमा चल्दै नचलेका हिन्दी फिल्मका गतिविधिलाई समेत उसले उच्च प्राथामिकताका साथ बजाउँने गरेको देखिएको छ भने नेपाली फिल्मका रिपोर्टहरुमा समान्य रुपमा छुदै हलिउड रिपोर्टलाई हलुका  बजाएर कार्यक्रमलाई न्युट्रल गर्न खोजिएको देखिन्छ ।
कालान्तरमा नेपाली फिल्म क्षेत्रलाई ठूलो असर गर्ने  कार्यक्रम आजकलको पछिल्लो एपिसोडलाई तपाईले माथि  हेर्न सक्नु हुन्छ ।
यी बाहेक अन्य कार्यक्रमलाई पनि तपाईले न्यूज २४ को अफिशिल यूट्यूब च्यानलबाट पनि हेर्न सक्नु हुन्छ । जय स्वाभिमान

साभार : न्युज फिल्मी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis