CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » किन बन्द भयो चर्चित हास्यश्रृंखला तितो सत्य ?

किन बन्द भयो चर्चित हास्यश्रृंखला तितो सत्य ?

deepak-raj-giri-and-deepa-shree-niraula
काठमाडौं– नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुदै आएको चर्चित हास्य कार्यक्रम तितो सत्य वन्द भएको छ ।
कार्यक्रमका निर्माता तथा कलाकार दिपकराज गिरिले आईतवार नेपाल टेलिभिजनमा कार्यक्रम वन्द गर्ने लिखित गराइसकेका छन् भने उनले फेसबुकमार्फतपनि तितोसत्य भन्द भएको जानकारी गराएका थिए ।
तितोसत्य बन्द हुनुको कारण
तितो सत्य कार्यक्रम नेपाल टेलिभिजनको मात्र होइन, नेपालकै सर्वाधिक लोकप्रिय कार्यक्रम हो ।

पटक पटक भएका दर्शक सर्वेक्षणमा नेपाल टेलिभिजनवाट प्रसारण हुने तितो सत्य र जिरे खुर्सानि नेपालकै सर्वाधिक लोकप्रिय कार्यक्रमको रुपमा रहेको पाइएको छ ।
प्रारम्भमा नेपाल टेलिभिजन आफैले उक्त कार्यक्रम निर्माण तथा प्रसारण गर्ने गरेकोमा करिव ७ बर्ष अघि उक्त कार्यक्रम निर्माणको जिम्मा मिडिया हव प्रा.लि.लाई दिन थालिएको हो ।
नेपाल टेलिभिजनलाई प्रति भाग दुई लाख ३५ हजार वुझाउने र सो वापत ८ मिनेट सम्म विज्ञापन बजाउन पाउने शर्त भएपनि कार्यक्रमा दैनिक २० देखि २५ मिनेट सम्म विज्ञापन प्रसारण हुने गरको थियो ।
राम्रो आम्दानी गर्नेdeepak-raj-giri-and-deepa-shree-niraula भएपनि कार्यक्रम निर्मातालाई निर्माण कम्पनि मिडिया हव प्रा.लि.ले कार्यक्रम निर्माण गरेवापत दिनु पर्ने प्रति भाग १ लाख ६० हजार नदिने गरेको गुनासो कलाकारहरुको छ ।
कार्यक्रमको उत्पादन आमा सरस्वति मुभिले गर्ने गथ्र्यो भने उत्पादन खर्च मिडिया हव प्रा.लि.ले बेहोर्ने गर्थे । प्रा.लि.ले आमा सरस्वति मुभिजलाई करिव २ करोड रुपैया तिर्न बाँकी छ ।
प्रत्येक भागको पैसा नदिदा तितो सत्य टिमले मिडिया हवसंग लिन करिव २ करोड बाँकी भएपछि पैसा भुक्तानी नभएको भन्दै निर्माताले कार्यक्रम निर्माण गर्न छोडेका थिए ।
भारतको अघोषित नाकावन्दीको कारण छायांकन गर्न नसकिएको भन्ने निहुँ पारेपनि लेनदेनमा कुरा नमिलेकैले कार्यक्रम उत्पादन रोकिएको हो । कार्यक्रम उत्पादन रोकिएपछि निर्माण कम्पनि मिडिया हवले उक्त कार्यक्रममा पुराना भागको पुनः प्रसारण तिन महिनादेखि गर्दे आएको छ । यस्तो अवस्था लामो समयसम्म राख्न नसकिने भन्दै कलाकार दिपकराज गिरिले कार्यक्रमनै वन्द गर्ने कठोर निर्णय लिएका हुन् ।
मिडिया हववाट पैसा नपाउनेमा तितो सत्य मात्र नभई जिरे खुर्सानि र भद्रगोल पनि रहेको बताइन्छ । उनीहरुले पनि करोडौ रुपैया पाउन बाँकी छ । मिडिया हवले उक्त पैशा तिर्न नसके हामी नयाँ कार्यक्रम बनाउदैनौं भन्दै कार्यक्रम पुनः प्रशारण हुन थालेका छन् । नेपाल टेलिभिजनसंगको सम्झौतामा पुनः प्रसारण गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै मिलेमतोमा कार्यक्रम दोह्राउने कार्य भएको टेलिभिजन निकट स्रोत बताउँछ ।
- See more at: http://www.ratopati.com/news/14195/#sthash.XkT5nvic.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis