CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » आपुर्ति मन्त्री तेल माफियाको कब्जामा !

आपुर्ति मन्त्री तेल माफियाको कब्जामा !

Birat-Newsमध्यरातमा मन्त्री क्वाटरमा भयो करोडौंको डिल

काठमाडौं– ‘प्रचण्डले एकीकृत माओवादीलाई दुई बर्षमा एक नम्वरको पार्टी बनाउँछु भन्नुभएको छ । तर, सरकारमा बसेका बेला उहाँका मन्त्रीले जनताको मन जित्ने काम गरेका छैनन्, यतातर्फ चासो पनि दिएका छैनन् । बामपन्थी सरकारले जनमुखी
कामलाई अगाडि बढाउनुपर्ने दायित्व भएपनि केही मन्त्रीहरु पैसामा मात्र केन्द्रीत भएका छन् । यसले प्रचण्डले ठूलो पार्टी बन्ने सपनालाई बाग्मतीमा बगाउनेछ ।’ केही दिन अगाडि प्रचण्डसमेत सहभागी भई राजधानीमा भएको एक कार्यक्रममा एकीकृत माओवादीका एक केन्द्रीय तहका नेताले भनेका थिए ।
ती नेताको यस्तो टिप्पणी यत्तिकै आएको थिएन । उनी पार्टीका केन्द्रीय तहका नेता भएकाले केही सूचनाका आधारमा उनी बोलेका थिए । ती नेताको यस्तो टिप्पणी आएको केही दिनमा आपुर्ति मन्त्री गणेशमान पुन भयानक विवादमा तानिएका छन् । मन्त्री पुन तेल माफियाको कब्जामा यसरी परेका छन् कि आफ्नो निर्णयले सरकार, पार्टी, मतदाता र जनतालाई कति प्रभावित गराउँछ भन्नेमा आँखा चिम्लिएका छन् । वाईसीएलले पेट्रोलियम पदार्थमा अहिले भैरहेको कालोबजारी विरुद्ध अभियान चलाएको छ, तर त्यही संगठनका पूर्व अध्यक्ष समेत रहेका मन्त्री पुन आफै तेल माफियाको पक्षमा उत्रिएर कालोबजारीलाई संरक्षण दिएको आरोप वाईसीएलभित्र लाग्न थालेको छ ।
Birat-News
क्वाटरमै बसेर भयो खेल
विवादास्पद कम्पनी विराट पेट्रेलियमलाई महंगोमा तेल बेच्ने अनुमति दिएर आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँगै आपुर्ति मन्त्री पुन विवादमा तानिए । मन्त्री पुन र कार्यकारी निदर्केशक खड्काले आयल निगमको भन्दा ३१ रुपैयाँ महंगोमा पेट्रोल बेच्ने अनुमति दिएपछि उक्त निर्णय विवादमा आएको हो ।
मन्त्री पुन र निर्देशक खड्काले वुधवार राती मन्त्री क्वाटरमा विराटका प्रतिनीधिसँग अन्तिम डिल गरेपछि विवादास्पद कम्पनी विराट पेट्रिलियमलाई तेल बेच्न अनुमति दिइएको हो । त्यसरात मन्त्री पुन र कार्यकारी निर्देशकले विराट पेट्रोलियमबाट ठूलो रकम लिएपछि महंगोमा तेल बेच्ने अनुमति दिएको स्रोत बताउँछ । उक्त सहमति अनुसार मन्त्री पुन र खडकाले विराट पेट्रोलियमबाट मंहगोमा तेल बेचेर आएको रकमबाट मासिक कमिशन पनि पाउँनेछन् ।
विभागलाई दवाव
बिराटले ल्याएको पेट्रोल विक्री गर्नका लागि वातावरण मिलाईदिन भन्दै आईतबार मात्रै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले आयल निगमलाई पत्राचार गरेको थियो । विभागले मन्त्रालयबाट पत्र नआएसम्म आफूहरुले कुनै फाईल अगाडि बढाउन नमिल्ने बताएपछि मन्त्री पुनले चाँडो पत्राचार गर्न निर्देशन दिएका थिए । ‘हामीले पहिला मन्त्रालयको निर्देशनविना केही काम अगाडी बढाएका थिएनौँ, तर मन्त्रालयबाट छिटो फाईल अगाडी बढाउन भनेपछि निगमलाई फाईल पठाईएको हो ।’ विभागका एक अधिकारीले रातोपाटीसँग भने ।
यसरी आयो भागेको विराट
नेपालमा ईन्धन संकट भएपछि सरकारले गएको कार्तिक २ गतेदेखि निजी कम्पनीलाई ईन्धन ल्याउन खुल्ला आव्हान गरेको थियो । त्यसपछि दँशैको सप्तमीको दिन राती २ बजे निगमका कार्यकारी दिर्नेशक खड्काले २० करोड रुपैयाँ अग्रिम भुक्तानी गरी विराटलाई पेट्रोलियम पदार्थ ल्याउन अनुमति दिएका थिए । त्यतिबेला फाईल सदर गर्न नमान्ने निमित्त निर्देशक दिपक बराललाई खड्काले वितरण विभागको जिम्मेवारी नै खोसेका थिए ।
चारलाख लिटर पेट्रोल ल्याउन अनुमति पाएको विराटले कार्तिक १५ गते सूचना जारी गरेर आयल निगमसंग भएको सम्झौता खारेज गरी ईन्धन ल्याउने कार्यबाट अलग भएको बताएको थियो ।
birat oil
तर, फेरी पेट्रोलियम माफियाले विराटलाई इन्धन ल्याउन दवाव दिए । उनीहरुले विक्रीको वातावरण बनाईदिने भनेपछि विराटले फेरि ९ पुसमा पेट्रोल लिएर आयो ।
भारतीय ट्याँकरमा काठमाडांै ल्याएको पेट्रोल विक्रीको लागि समस्या भयो । त्यसपछि कालीकास्थानमा रहेको एक भवनबाट विराटले सिधै ट्याकंरबाट जर्किनमा तेल बेचेको थियो । त्यसबेला उसले १ सय ९० रुपैयाँमा बेचेको थियो ।
बेच्न समस्या भएपछि विराटले फेरि हारगुहार गर्यो । अनि कार्यकारी निर्देशक खड्काले पुस १३ गते आयल निगमको अधिकृत विक्रेतालाई विराटको तेल विक्री गर्न दिने तोक लगाए । राती १२ बजे विक्रीका लागि उनले यस्तो तोक लगाएका थिए । मध्यरातमा तोक लगाउने निर्णयमा तत्कालीन निर्देशक नागेन्द्र साह विरोध गरेका थिए । तर, पछि खड्काले साहलाई बढुवा गराएर अहिले हातमा लिएका छन् ।
खड्काले तोक लगाएपछि त्यतिबेला समृद्धि आयल स्टोर गोठाटार, जयकुमारी आयल सोह्रखुट्टेबाट ५ ट्याँकर पेट्रोल बेचेको थियो । त्यो सकिएपछि विराटले फेरी पेट्रोल भित्रायाएको हो । यसबेला ९७ हजार लिटर पेट्रोल बेचेको थियो । अहिले विराटसँग एक लाख ४० हजार लिटर पेट्रोल छ ।
विराट यस्तो कम्पनी हो
विराटनगरको विराट पेट्रोलियम चार वर्षअघि खारेजीमा परेको कम्पनी हो । डढेको मोबिललाई पेट्रोलियम पदार्थ बनाई बिक्री–वितरण गरेको उक्त कम्पनीलाई सांसद भीम आचार्यको अध्यक्षतामा गठित उच्चस्तरीय छानबिन समितिले खारेजीका लागि सरकारलाई सिफारिस गरेको थियो ।
२७ चैत ०६८ को मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समितिको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि उक्त क्रम्पनी नियमतः खारेज भएको थियो । तर, गैरकानुनी रुपमा सञ्चालनमा रहेको कम्पनीले खड्कासँगको व्यक्तिगत सम्बन्धका आधारमा आसयपत्र पेस गरेको थियो ।
विराटलाई इन्धन ल्याउने जिम्मा दिन अझैपनि चारवटा ऐन बाधक छन् । प्रतिस्पर्धा ऐन– ०६२, उपभोक्ता संरक्षण ऐन– ०५४, सार्वजनिक खरिद ऐन, कालोबजार तथा सामाजिक अपराध तथा सजाय ऐन – ०३२ अनुसार विराटलाई दिइएको अनुमतिको प्रक्रिया नियमविपरीत रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।birat
एक लिटरमा ५१ रुपैयाँ कमाई
नेपाल आयल निगमले ९९ रुपैयाँमा विक्री गर्ने गरेको पेट्रोलमा १७ रुपैयाँ ५४ पैसा नाफा छ । तर, विराटले एक सय ३० रुपैयाँमा बेच्दा उसलाई ५१ रुपैयाँ कमाइ हुन्छ । विराटले आफ्नो पेट्रोल यूरो–४ मापदण्डको भएको दावी गरेको छ । तर, तेलको गुणस्तरवारे स्वतन्त्र ढंगले केही कुरा बाहिर आएको छैन । विराटले पाएको अनुमति अनुसार चार वटा पेट्रेलपम्पबाट विक्री हुनेछ । गौरीगाँउको भ्याली रिकेस, त्रिपुरेश्वरको जयन्ती, कालीमाटीको माली र टौदहको टौदह आयलले विराटको मंहगो तेल बेच्न शुरु गरेका छन् ।
निगममा खिचलो
विराटलाई पम्प तोकेर ईन्धन विक्री गर्न दिएपछि आयल निगममा फेरि खिचलो शुरु भएको छ । निगमका वितरण विभाग प्रमुख दिपक बराल यहीँ विषयले असन्तुष्ट भएर विदामै बसेका छन् अन्य निर्देशक पनि असन्तुष्ट रहेका छन् ।
‘सरासर निगमलाई धरासायी पार्ने र उपभोक्ता लुट्ने गरि गरिएको निर्णयमा कसरी सहमत हुनु ?’ एक निर्देशकले भने, ‘एकाध बाहेक लगभग सबै कर्मचारीको असन्तुष्टि छ, केही समयमा बाहिर आउँछ ।’
घिमिरे र साह भने पक्षमा
उपभोक्ताको हित विपरितको निर्णय भएपनि आयल निगमका निर्देशक तथा प्रवक्ता मुकुन्द घिमिरे र निमित्त कार्यकारी निर्देशक नागेन्द्र साह भने सहमत भएको श्रोतले बताएको छ ।
घिमिरे बिराटकै कर्मचारी रहेको र झा बढुवामा परेकोले यो निर्णय गराउन भूमिका खेलेको श्रोतको दावी छ । ‘साह चार्टर एकाउण्टेण्ट भएकोले उनले सहमति नजनाएमा निर्णय फेल हुने भएपछि उनलाई फकाउन बढुवा गरेर डिजिएम बनाईएको छ’ स्रोतले भन्यो, ‘घिमिरे भने बिराटको पनि अघोषित कर्मचारी हुन, केही महिना पछि निगमबाट अवकास लिएर उनी बिराटको सिईओ हुँदैछन् ।’
साभार : रातो पाटी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis