नेपाली खेलकुदको कोसेढुंगा तस्बिर
नेपालले पहिलोपल्ट ओलम्पिकमा सहभागिता जनाएको सन् १९६४ को ओलम्पिक हो । त्यति बेला जापानले १८ औं ओलम्पिकको आयोजना गरेको थियो । एसियाले पहिलोपल्ट विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको पनि त्यही हो र त्यही प्रतियोगिता नेपालका लागि पनि सहभागिताका आधारमा ऐतिहासिक रह्यो ।

उक्त ओलम्पिकमा नेपालका तर्फबाट छ खेलाडीले भाग लिए, एथलेटिक्समा म्याराथनतर्फ भूपेन्द्र सिलवाल र गंगाबहादुर थापा । बक्सिङमा भने नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर गुरुङ । बक्सिङका नेपाली खेलाडीहरू त्यति बेला हङकङमा बसोबास गर्थे ।म्याराथनमा सिलवाल नांगो खुट्टा दौडिएका थिए र पाइतलाभरि अलकत्रा टाँसिएको थियो । एक जापानी महिलाले उनलाई दौडन सजिलो होस् भनेर खुट्टामा पानी खन्याइदिएकी थिइन् । यो नेपाली खेलकुदकै कोसेढुंगा तस्बिर सावित भयो ।साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !