
यौनसम्पर्कले मानिसलाई कमजोर बनाउँदैन, बरु अझ फुर्तिलो र तन्दुरुस्त राख्छ । मुख्य प्रश्न यौनसम्पर्क कत्तिको स्वस्थकर छ भन्ने नै हो ? यौनसम्पर्कबाट तपाईंले कत्तिको सन्तुष्टि प्राप्त गरिरहनुभएको छ ? तपाईंको मनोदशा कुन अवस्थामा छ भन्ने कुरा नै महत्वपूर्ण विषय हो ।
तपाईंको कुरा सुन्दा तपाईंमा यौनमा रुचि छ भन्ने देखिन्छ । यौनमा तपाईंको रुचि हुनु र श्रीमतीमा रुचि नहुनु तपाईंको समस्या होइन । न त तपाईंको श्रीमतीको समस्या नै हो । कसैको शरीरले चाँडै यौनको बाटो त्याग्छ, कसैलाई अलि लामो समयसम्म यसले साथ दिन्छ । तपाईंले यौनमा अत्यधिक सन्तुष्टि लिइरहनुभएको बुझिन्छ । अन्यथा श्रीमतीको अभावमा पनि तपाईंले त्यसको मात्रा बढाउनुहुन्नथ्यो । स्वस्थ र नियमित यौनसम्पर्कले मानिसलाई अझ जाँगरिलो, जोसिलो र फुर्तिलो राख्छ । चाहे त्यो हस्थमैथुन नै किन नहोस् । हाम्रो धर्मशास्त्र, सामाजिक बन्धन एवं प्राचीन दर्शनले हामीलाई यौनबाट टाढा बस्ने निर्देशन दिएका कारण तपाईंको मनमा अपराध भाव उत्पन्न भएको हुनसक्छ । वास्तवमा कुन कुरा ठीक हो र कुन कुरा गलत हो भन्ने कुरा बाहिर लेखिएका वा भनिएका कुरा आफ्नो स्थानमा ठीक हुन सक्छन् तर ती कुरा तपाईंको शरीर र मनसँग मेल खान्छन् कि खाँदैनन्, त्यो महत्वपूर्ण कुरा हो ।
नियमित यौनसम्पर्कले मानिसको भावनालाई पनि सशक्त बनाउँछ र मानसिक तनाव घटाउँछ । सन्तोषजनक रवं स्वस्थकर यौन सम्पर्कबाट कुनै पनि जोडीले भोलिपल्ट तनाव घटेको महसुस गरेको पाइएको छ । त्यस्तै हस्तमैथुनबाट चरम आनन्द लिने मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता बढेको अध्ययनहरूले देखाएका छन् । बेलायतमा गरिएको एक अध्ययनले त यी दुवै आनन्द लिने विधि प्रयोग गर्नेहरूको मृत्युको दर ५० प्रतिशतले कम रहेको औंल्याएका छन ।
यौनक्रियामा दुईजनाको सक्रिय सहभागिता हुनु राम्रो हो, तर दुबै जना सक्रिय नभएको अवस्थामा हस्तमैथुन राम्रो विकल्प हो । तपाईंले यसमा अपराधबोध गर्नुपर्ने कुनै कारण छैन । उमेरका कारण केही वर्षपछि तपाईंको यौनेच्छा आफैं कम हुँदै जान्छ । त्यतिबेला मैले अनावश्यक तनाव लिएको रहेछु भन्ने तपाईंले आफैं महसुस गर्नुहुनेछ । विभिन्न अध्ययनले पनि बुढेसकालमा बेला–बेलामा यौनेच्छा सक्रिय हुने देखिएको छ । यस्तो सक्रियता केही वर्ष रहन्छ र आफैं बिस्तारै कम हुँदै जान्छ । त्यसैले यसमा चिन्ता लिनुपर्ने आवश्यकता छैन ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !