'सिरियल किलर'को रूपमा विश्वभर कुख्याति कमाएका चाल्र्स शोभराजलाई केन्द्रीय कारागारले दुई वर्षदेखि गोलघरमा राख्दै आएको छ । गोलघर जेलभित्रको पनि जेल हो ।
शोभराजको शंकास्पद गतिविधिको कारण केन्द्रीय कारागारले उनलाई गोलघरमा राख्दै आएको छ । दुई वर्षअघिको युनुस अन्सारी गोली प्रकरणमा शोभराजको सहयोग भेटिएपछि उनलाई गोलघरमा राखिएको हो । 'संवेदनशील व्यक्ति भएकाले उनलाई हामीले गोलघरमै राखेका हौँ,' केन्द्रीय कारागारका निमित्त जेलर केशव शर्माले भने ।
केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीमाथिको गोली प्रहार घटनामा
सन् १९७५ मा अमेरिकन पर्यटक कोनी जोई ब्रोनिजको हत्या घटनामा शोभराजलाई सर्वस्वसहित जन्मकैद सुनाइएको छ । सोही वेला अर्की एक पर्यटकको हत्यासम्बन्धी मुद्दा हाल भक्तपुर प्रहरीमा तामेलीमा छ । घटनाको २७ वर्षपछि शोभराज नेपाल आउँदा पक्राउ परेका थिए ।
भियतनामी आमा तथा भारतीय बाबुबाट जन्मिएका शोभराजले थाइल्यान्ड, नेपाल, भारत, अफगानिस्तानलगायतका देशमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको अभियोग छ । दर्जनौँ व्यक्तिको सम्पत्तिका साथै पासपोर्टसमेत चोरी गरी सोही पासपोर्ट प्रयोग गरी उनी विभिन्न देश जाने गरेको आरोप छ । भारतको जेलमा उनी झन्डै दुई दशक बसेका छन् । दुईपटक उनी भारतीय प्रहरीको सुरक्षाघेरा तोड्दै भाग्न सफल भएका थिए । त्यस्तै, पाकिस्तान, गि्रस, इरानलगायतका देशमा पक्राउ परे पनि उनी भाग्न सफल भएका थिए ।
विभिन्न देशका जेलबाट भागेकाले शोभराजलाई प्रहरीले अन्य कैदी/बन्दीभन्दा बढी निगरानीमा राख्दै आएको हो । उनको पृष्ठभूमिका आधारमा पनि गोलघरमा राखिएको केन्द्रीय कारागारका अधिकारीहरू बताउँछन् ।
गोलघरमा एकजना कैदी/बन्दीलाई छुट्टै कोठामा राखिन्छ । अन्य कैदी/बन्दीसँग भेट्न दिइन्न । बाहिरबाट भेट्न जान पनि कडाइ हुन्छ । अन्य कैदी/बन्दीसँग राख्दा विभिन्न गतिविधि गर्न सक्ने भएकाले पनि शोभराजलाई गोलघरमा राखिएको हो । भारतको सबैभन्दा कडा सुरक्षा अवस्था भएको तिहार जेलबाट उनी भाग्न सफल भएका थिए । आफ्नो बर्थडे मनाउने भन्दै सबै सुरक्षा अधिकारीलाई विषादीयुक्त अंगुर खान दिई बेहोस बनाई उनी भागेका थिए ।
जेलमा रहेका विदेशीलाई सम्बन्धित देशका दूतावासका अधिकारीले पटक-पटक भेट्ने गरेको कारागार व्यवस्था विभागका अधिकारीहरू बताउँछन् । शोभराजलाई भेट्न केही समयअघि प|mान्सेली राजदूत केन्द्रीय कारागार पुगेका थिए ।
३६ जेलमा ६ सय ८४ विदेशी
काठमाडौं/ फर्जी पासपोर्ट प्रयोग गरेकोदेखि हत्या तथा अपहरणसम्मका विभिन्न अपराधमा ६ सय ८४ जना विदेशी नागरिक नेपालका जेलमा परेका छन् । नेपालका जेलमा रहेका विदेशीमध्ये ९० प्रतिशत भारतीय नागरिक छन् ।
कारागार व्यवस्था विभागका अनुसार नेपालका ७४ मध्ये ३६ वटा जेलमा विभिन्न किसिमका अपराधमा संलग्न विदेशी नागरिक छन् । 'विदेशी कैदी/बन्दीमध्ये ९० प्रतिशत भारतीय छन्,' कारागार व्यवस्था विभागका निर्देशक ज्ञान ढकालले नयाँ पत्रिकासँग भने, 'जेलमा रहेका विदेशीमध्ये धेरै लागुऔषध मुद्दाका छन् ।'
सबैभन्दा धेरै केन्द्रीय कारागारमा विदेशी कैदी/बन्दी छन् । विभागका अनुसार केन्द्रीय कारागारमा एक सय २० जना विदेशी छन् । त्यस्तै, दोस्रोमा झापा कारागारमा एक सय ३ जना विदेशी रहेको विभागको तथ्यांक छ । नख्खुमा ४०, डिल्लीबजारमा ३९, क्षेत्रीय कारागार झुम्कामा ३२, भीमफेदी तथा पर्सा कारागारमा २९/२९ जना विदेशी कैदी/बन्दी रहेको विभागले जनाएको छ ।
कारागार व्यवस्था विभागले कुन-कुन देशका कैदी/बन्दी छन् भन्ने विषयमा कुनै अध्ययन-विश्लेषण गरेको छैन । भारतीय कैदी/बन्दीबारे भने विभागले सबैबाट तथ्यांक लिएको छ ।
कारागार स्रोतका अनुसार बंगलादेश, पाकिस्तानमात्र नभई अपि|mकी मुलुकका नागरिकसमेत नेपालका जेलमा छन् । डिल्लीबजार जेलमा नाइजेरियाका नागरिक रहेको प्रहरी निरीक्षक रवि थपलियाले बताए । भिओआइपीदेखि गलत कागजपत्र पेस गरी नागरिकता र पासपोर्ट लिएको आरोपमा भारतीय नागरिकहरू थुनामा छन् । त्यस्तै, भिओआइपी धन्दामा संलग्न बंगलादेशीसमेत नेपालका जेलमा छन् ।
अपि|mकी तथा युरोपियन देशका नागरिक भने धेरै लागुऔषध मुद्दामा जेलमा परेका छन् । अन्तर्राष्ट्रिय गिरोहका भरियाका रूपमा नेपालबाट विभिन्न देशमा लागुऔषध ओसारपसार गर्ने विदेशीहरू जेल परेका हुन् ।
तराईका सबैजसो जेलमा भारतीय नागरिक छन् । खुला सीमाका कारण अन्तर्देशीय अपराधमा संलग्न भारतीयहरू जेल पर्ने गरेका छन् । त्यस्तै, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्कीजस्ता जिल्लाका जेलमा भने तिब्बती नागरिकसमेत छन् ।

पप्पुदेखि सिपलोसम्म
नेपालका जेलमा चाल्र्स शोभराज मात्र होइन, अन्य कुख्यात विदेशी अपराधीसमेत छन् । खासगरी भारतीय कुख्यात डनहरू नेपाली जेलमा छन् ।
भारतीय अपराधीका नाइकेका रूपमा चिनिएका पप्पु यादव, उदय सेट्टी, अमर टन्डनजस्ता व्यक्ति नेपालका जेलमा छन् । पप्पु पाल्पा कारागारमा छन् भने सेट्टी केन्द्रीयमा तथा टन्डन नख्खु कारागारमा छन् । उनीहरू तीनैजना जेलभित्रै अवैध गतिविधि गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । भारतीय आपराधिक गिरोहका अर्का नाइके धीरेन्द्र यादव पनि नेपालकै जेलमा रहेकोमा दुई महिनाअघि झुम्का कारागारको जेलब्रेकपछि भाग्न सफल भएका छन् ।
त्यस्तै, जापानको अन्र्डरवल्र्ड माफिया समूह याकुजानिकट एक व्यक्ति पनि लागुऔषध कारोबार मुद्दामा जेलमा छन् । लागुऔषध कारोबारको मुद्दामा झन्डै एक दर्जन विदेशी महिला जेलमा रहेको प्रहरीको भनाइ छ । लागुऔषध मुद्दामा विगत १२ वर्षदेखि दक्षिण अपि|mकाका सिपलो नामक व्यक्ति नख्खु कारागारमा रहँदै आएका छन् ।
केन्द्रीय कारागारमा युनुस अन्सारीलाई गोली हानी हत्या प्रयास गर्ने भारतीय नागरिक मनमितसिंह भाटिया डिल्लीबजार कारागारमा छन् । हातहतियार तथा खरखजना मुद्दामा उनलाई पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भइसकेको छ भने ज्यान मार्ने उद्योग मुद्दाको फैसला भइसकेको छैन । अपहरणका नाइके भारतीय नागरिक रोहित पालिवालसमेत नेपाली जेलमा छन् ।
डिल्लीबजार जेलमा ठगी मुद्दामा पाकिस्तानी नागरिक जावेत खान छन् । भारतीय नागरिकहरू सुशील जैसवाल र श्रवण साह भ्रष्टाचार मुद्दामा समेत जेल परेका छन् । लाइबेरियाका अगस्टेन फट्ली ठगी मुद्दामा जेलमा छन् । लाइबेरियाका डेनिस नामक व्यक्ति पनि ठगी मुद्दामै नेपालको जेलमा छन् ।
अर्काे अपि|mकी मुलुक रोमानियाका फ्लोरिन तिकुल तथा दक्षिण अपि|mकाका इमेगा सबु एस्तोन लागुऔषध मुद्दामा नेपाली जेलमा छन् ।

नवराज मैनाली/नयाँ पत्रिका