CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रहरी चौकीमा रक्सी पार्टी

प्रहरी चौकीमा रक्सी पार्टी

Drunk women police dance in police station
मुरादावाद , चैत्र १८ - भारतको मुरादाबादमा बुद्धबजार प्रहरी चौकीमा होलीको अवसरमा रक्सी पार्टीको आयोजनाको खुलासा भएको छ । प्रहरी कार्यालयमा रक्सी खाएको र खुवाएको यो लज्जास्पद घटनामा उक्त क्षेत्रका वरिष्ठ प्रहरी उपरीक्षक निलाब्जा चौधरीले ड्युटीमा तैनाथ दुई जवानलाई निलम्वन गरेर जाँचका आदेश दिएका छन् । उनीहरूले इन्चार्ज नभएको मौकामा प्रहरी कार्यालयलाई रक्सी भट्टी
बनाएका थिए । प्रतिवेदन आएपछि यसभन्दा ठूलो कारबाही हुने चौधरीले बताए । 
जवानहरूले हातमा रक्सीको बोतल लिएर चौकी अघिल्तिर डिजेको धुनमा मस्त नाचे । उनीहरूले आवतजावत गर्नेलाई पनि बलजफ्ती रक्सी खुवाए । त्यो दिन सहरमा लुटपाटको तीन, कुटपिट र सडक दुर्घटनाका तीन दर्जनभन्दा बढी घटना भयो । चारजनाको मृत्यु पनि भयो । प्रहरीको लापरबाहीको फाइदा उठाउँदै महिलासँग अभद्र व्यवहारका थुप्रै घटना भए । सहरमा कतै पनि सुरक्षा प्रबन्ध थिएन । होलीको उन्मादमा डुबेका प्रहरीहरूले मर्यादालाई पूरै बिर्सेका थिए । चौकी प्रमुख आउँदा पनि सिपाहीहरू शान्त भएनन् । वरिपरि रक्सीको बोतल देखेर विभिन्न घटनाका पीडितहरू पनि उजुरी दिने हिम्मत गर्न सकेनन् । उजुरी दिन आएकालाई पनि प्रहरीले अर्को दिन आउन भन्दै फर्काएका थिए ।


प्रकाशित मिति: २०६९ चैत्र १८ ०८:५० 
--ईकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis