(एजेन्सी) – धेरैजसो आमाहरुलाई आफ्नो छोराछोरीले खाना नखाएकाले सधैँ चिन्ता भइरहन्छ तर एकजना मानिसको आमालाई सम्भवतः यस्तो समस्या नहोला । यद्यपी, ती आमाले ठिक उल्टो कुराको लागि दुःख गरिरहेको हुनसक्छ – आफ्नो छोरालाई खान रोक लगाउने । अहिले सोइनाइस २२ ले आफ्नो
युनिक क्षमताको प्रयोग गरिरहेका छन् । मानिसहरुलाई मनोरञ्जन दिलाउनका लागि उनले संसारमा पाइने जस्तोसुकै खानेकुरा खाएर युट्युबमा सेलिब्रिटीको ठाउँ ओगटिसकेका छन् ।
वास्तविक संसारमा ‘सोइनाइस२२’ लाई क्रिस सिच्विको नामले चिनिन्छ । उनलाई धेरै मानिसहरुले मूर्खको संज्ञा दिने कुरा उनलाई राम्रोसँग थाहा छ तर यो कुरालाई उनी मान्दैनन् । ‘उनीहरु गलत छन्,’ उनी भन्छन् । ‘म एक व्यवसायिक मूर्ख हुँ । ’ सोनाइसलाई अरु मानिसहरुले के भन्छन् भन्ने कुरामा चित्त दुखाई छैन । उनी सोच्छन् उनमा भएको यस्तो प्रतिभा सबैभन्दा राम्रो छ र उनका अनुसार उनी अहिले यस्तो समयमा बाँचिरहेका छन् कि जहाँ उनले आफूले चाहेको जे पनि गर्न सक्छन्, मूर्खै कुरा भएपनि उनी यसका लागि प्रख्यात भइरहेका छन् । र उनी साँच्नै प्रख्यात नै छन् । क्राइसको च्यानल युट्युबमा निकै प्रख्यात छ, जसमा उनको २ लाखभन्दा बढि मानिसहरु सब्सक्राइबर छन् र उनका केहि भिडियोहरु रियल लाइफका सेलिब्रिटीको भन्दा पनि चर्चित रहेको छ । धेरै मानिसहरुले उनको भिडियो मनपराउनुको कारण भनेको उनले जे गर्छन् त्यो आँखा अगाडि नै गर्छन् जुन यथार्थ हो ।
कथित इन्टरनेटका सेलिब्रिटिहरु जो चाँडै प्रख्यात हुनको लागि जे पनि गर्दछन्, उनीहरुभन्दा सोइनाइसको कथा अलि दुखद छ र उनी अहिले जे गरिरहेका छन् त्यसमा कारण पनि छ । आफ्नो साथमा नहुने बुवा र रक्सी खाने आमाले गर्दा उनको बाल्यकाल निकै दुखपूर्ण रह्यो । उनको अहिले डिभोर्स भइसकेको छ । दुई वर्ष अगाडि उनको परिवारले उनको युट्युबको करिअर बुझ्न नसकेर उनलाई त्यागे । अहिले उनी युएसमा घुम्छन्, मोटेलमा बस्छन् र आफ्नो भिडियोहरु बनाउँछन् । सोइनास आफ्नो भिडियो बनाउन निकै आतुर हुन्छन् । नचिनेका मानिसहरुसँग अनुरोध गर्दछन् र उनीहरुले चाहेको वस्तुहरु खाने गर्दछन् । बाल्यकाल देखि नै खान नहुने वस्तु खाएका कारण अहिलेसम्म उनी जिवितै छन् । सुरुमा उनले घाँस र सानो सानो ढुङ्गा खान सुरु गरे र त्यसको लगत्तै बेकिङ्ग सोडा खान प्रगति गरे ।
उनको केहि प्रख्यात भिडियोहरुमध्ये उनले १० मिनेटमा १००० वटा ट्वाइलेट पेपर खाएको र पूरै एक बोतल ग्लू पिएको पर्दछ ।