नेपाली मनोरञ्जन क्षेत्रले उनलाई सुपर मोडल भन्छ। तर, सहाना वज्राचार्यआफूलाई मिडियाकर्मी भन्न रुचाउँछिन्। नेपालको ग्ल्यामर जगत्मा सबैले मन पराएको अनुहार हुन् उनी। उनलाई देखेर भुतुक्कै हुने जमात
सानो छैन। यिनै सन्दर्भमा स्वरूप आचार्यले उनीसँग गरेको अन्तरंग कुराकानी :
हिजोआज के गर्दै हुनुहुन्छ?
अछाम पुगेर त्यहाँको छाउपडी झुपडीमा रात पनि बिताउनुभयो। कस्तो रह्यो अनुभव? एउटा डकुमेन्ट्री बनाउने क्रममा त्यहाँ पुगेका थियौँ हामी। स्त्रि्कप्ट मै के थियो भन्दा सुटिङकै दौरानमा मेरो महिनावारी हुन्छ र म त्यो झुपडीमा रात बिताउनेछु। त्यो रात म कहिल्यै बिर्सन सक्दिनँ। हुन त म एक्ली थिइनँ। अर्को एकजना साथी पनि थिइन्, वसन्ती। मेरै उमेरको। हामीले राति धेरै बेरसम्म कुरा गर्यौँ। सानो झपडी थियो। खुट्टा तन्काएर सुत्न पनि सकिँदैनथ्यो। कही बेरपछि ऊ त निदाइहाली, म निदाउन सकिनँ। रातभरि डर लागिरह्यो। मैले त्यहाँ मेरो दुःख र उनीहरूको दुःखको स्तर जाँच्ने मौका पाएँ। हामी शहरीयालाई आमाले मिठो तरकारी पकाउनुभएनभने दुःख लाग्छ। बाबाले जन्मदिनमा नयाँ फोन किनिदिनुभएनभने दुःख लाग्छ। तर, उनीहरूका लागि दुःख भनेको अर्कै छ। मैले पाएको शिक्षा के हो भने- ‘हामीले सक्नेले पाएको शिक्षा यदि नबाँड्ने हो भने मानव हुनुकै अर्थ छैन। हामीले आर्जन गरेको शिक्षा केही हदसम्म सबैले समाज रूपान्तरणका लागि प्रयोग गर्नैपर्छ।'
अब मनोरञ्जन क्षेत्रकै कुरा गरौँ। के कुराले तपाईंलाई मनोरञ्जन क्षेत्रमा तान्यो?म सानैदेखि बोलक्कड छु। मैले बोलेका कुरा सबैले सुनिदिउन् भन्ने चाहना हुन्थ्यो। साथीहरूभन्दा फरवार्ड थिएँ। त्यसैले एसएलसीपछि नै मैले यूएन, आईयूसीएन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा इन्टर्न गर्ने मौका पाएँ। त्यसले मेरो व्यक्तित्व र सोचलाई धेरै हदसम्म फराकिलो बनाउन मद्दत पुर्यायो। मैले जति काम गरेर केही सन्देश दिन खोजे पनि मिडियाले कहिल्यै कभर नगर्ने। अनि लाग्यो, केही नबनीकन कसैले केही कभर गर्दैन। त्यसपछि पिआर बनाउनतिर लागेँ। त्यसै क्रममा मिस नेपाल २००८ मिडियामा मेरो लागि सबैभन्दा ठूलो ब्रेक थियो। यसले मेरा लागि थुप्र्रै सम्भावनाका बाटा खोल्यो। हुन त धेरै बाधाले गर्दा त्यो बेला मिस नेपाल भएन। छ पटक कार्यक्रमको मिति सारियो, पछि स्थगित नै भयो। तर, पछि मलाई डाबरले आफ्नो ब्रान्ड एम्बेस्डर बनायो। त्यो ठूलो ब्रेक थियो, मेरो करिअरका लागि।
म एउटै कुराबाट छिट्टै बोर हुन्छु। मिडिया नै एउटा यस्तो प्रोफेसन हो, जसले मलाई हरेक दिन नयाँ कुरा दिन सक्छ। तपाईं धेरै जनासँग भेटघाट र कुराकानी गर्न पाउनुहुन्छ। यिनै कुराले गर्दा म यता बढी आकर्षित भएकी हुँ।
मिडियामै तपाईँ अहिले के गर्दै हुनुहुन्छ त?मैले मिडिया स्टडिजमा, डकुमेन्ट्री निमार्णमा स्नातक गरेँ। मेरो पहिलो डकुमेन्ट्री प्रोजेक्ट छाउपडीमै थियो। कान्तिपुरमा नयाँ कार्यक्रम बनाउँदैछु। मेरो रेगुलर कार्यक्रम 'फ्रेम बाई फ्रेम' छँदैछ। फेशन विकका लागि पनि पाँचवटा कार्यक्रम बनाउँदैछु। मलाई क्यामराअगाडि र पछाडि दुवैतर्फ काम गर्ने रुचि छ। त्यही गर्दैछु।
करिअरकै रूपमा मिडियामा काम गर्दा कस्तो पाउनुहुन्छ, हाम्रो मिडियालाई?ग्रो गर्दैछ। अवसरहरू बढ्दैछन्। अझै धेरै गर्नुछ। हामी कहाँ यहीसम्बन्धी पढेका मान्छेहरूको कमी छ। बोल्न सके, राम्रो अनुहार भए कि एंकर। शुद्ध लेख्न जाने कि पत्रकार। क्यामरा छ र फोटो खिच्छ भने फोटोग्राफर। उनीहरूको ज्ञान र सीपलाई त्यति धेरै महŒव दिने गरिएको छैन। यसमा परिवर्तन हुन जरुरी छ।
भनेपछि नेपाली मिडियाको संख्यात्मक वृद्धि भयो। तर, गुणस्तर खस्कियो भन्न खोज्नुभएको?गुणस्तर नै खस्कियो त म भन्दिनँ। तर, जुन हिसाबमा संख्या बढ्यो, त्यो हिसाबमा नयाँ-नयाँ सोच र परिवर्तन भने आउन सकेन। कुनै टेलिभिजनको एउटा कार्यक्रम चल्यो भने सबै टेलिभिजनले त्यस्तै कार्यक्रम बनाउने। पत्रिकामा पनि त्यही हो। नयाँ प्रयोग हुनुपर्यो। पुरानै सोचमा चलिरहेको छ हाम्रो मिडिया। युवालाई चान्स दिने हो भने केही नयाँ कुरा आउन सक्थ्यो कि? किनभने युवा पिढी निकै फास्ट छ।
मिस नेपालमा भाग लिनुभयो। फस्ट रनरअप हुनुभयो। नेपालको प्रतिनिधित्व गर्दै विदेश पनि जानुभयो। कस्तो अनुभव थियो त्यो?मैले मिस नेपालमा पार्टिसिपेट गरेकै नेपालको प्रतिनिधित्व गर्दै बाहिर जान्छु भनेर हो। किनभने, मलाई नेपालको प्रतिनिधित्व गर्दै विदेश जान खुब ठूलो इच्छा थियो। मलाई अहिले पनि मान्छेहरूले सोध्छन्, 'मिस नेपालमा फस्ट रनरअप हुँदा दुःख लागेन?' साँच्ची भन्दा मलाई एक थोपा पनि दुःख लागेको थिएन। किनभने, जे सोचेर मैले त्यहाँ भाग लिएकी थिएँ, त्यो त पूरा हुनेवाला थियो। फेरि, मैले घमन्ड गरेको होइन, सन् २०१० को मिस नेपालमा भाग लिँदा म म्याचुअर भइसकेकी थिएँ। मैले मिडिया एक्सपोजर पाइसकेकी थिएँ। केही हदसम्म मान्छेले मलाई चिन्न थालिसकेका थिए। त्यसैले ताज पहिरिनु वा नपहिरिनुले खासै अर्थ राख्दैन थियो। म मिस नेपालमा भाग लिने चाहना भएकालाई के भन्छु भने- 'मिस नेपालमा भाग लिएर के गर्ने? भन्ने कुरा नसोची भाग लिनु नै हुन्न। यसले राम्रोको साटो नराम्रो गर्छ। किनभने तपाईंले देख्नुभएको सपना तुहिन्छ। सपना तुहिनु पीडादायक हुन्छ।' धेरै जना मिस नेपालको लाइफस्टाइल देखेर, आकर्षित भएर भाग लिन आउँछन्। तर, उनीहरूलाई मिस नेपालको भित्री कथा थाहै हुँदैन। कति मेहनत गर्नुपर्छ त्यहाँ पुग्न र पुगिसकेपछि पनि।
ब्युटी प्याजेन्टलाई अन्य देशमा त्यहाँको पहिचानसँग जोडेर हेर्ने गरिन्छ। भारतमा पनि त्यसको ठूलो महत्व छ। तपाईंको अनुभवले के भन्छ, वास्तवमै सुन्दरी प्रतियोगिता देशको लागि फलदायक हुनसक्छ?एकदमै हुनसक्छ। तर, देशले पनि त्यसलाई त्यही रूपमा हेर्नुपर्छ र अगाडि बढाउन सक्नुपर्छ। उदाहरणका लागि चीनकै सानिया भन्ने ठाउँलाई लिनुस्। त्यो ठाउँ केही वर्षपहिलेसम्म पर्यटकीय हिसाबमा पोखराभन्दा पछाडि थियो। तर, चीनले मिस वर्ल्डको सबै खर्च बेहोर्दै लगातार तीन पल्ट मिस वर्ल्ड त्यहाँ गर्यो। अहिले त्यहाँको पर्यटन विकास भएको छ। संसारले त्यो ठाउँबारे थाहा पाएको छ। त्यस्तै भारतले मिस युनिभर्सको उपाधि नजितुन्जेलसम्म लोरियाल र रेभ्लनको मार्केट नै थिएन त्यहाँ। पछि दुवैले आफ्नो उत्पादन भारतमा नै गर्न थाले। हाम्रो देशमा भने कुनै पनि कुराको दीर्घकालीन असर के हुन्छ भनेर कहिल्यै सोचिँदैन। खालि विरोध गर्छन्। विरोध गर्नुको कारण त स्पष्ट हुनुपर्यो नि।
नेपालमा महिला अधिकारका क्षेत्रमा काम गर्नेहरूले कुनै पनि सुन्दरी प्रतियोगिता वा सोसँग सम्बन्धित कार्यक्रमको विरोध गरिरहेका हुन्छन्। उनीहरूको गुनासो भनेकै महिलालाई वस्तुको रूपमा हेरियो भन्ने हुन्छ। तपाईं के भन्नुहुन्छ?यो मेरो व्यक्तिगत इच्छाको कुरा हो। मैले सम्झौतापत्रमा हस्ताक्षर गर्दा नै सोचेकी हुन्छु कि मेरो लागि के ठीक हो र के बेठीक हो भनेर। त्यसमा कसैले पनि विरोध गर्न पाउँदैन। हो, कसैले मलाई जबर्जस्ती यसो गर्न लगाइयो भन्छ भने त्यो अर्कै कुरा हो। मनोरञ्जन र मिडियामात्रै यस्ता क्षेत्र हुन्, जहाँ महिलाको प्रमुख भुमिका हुन्छ भनेर सबैले स्वीकार गरेका छन्। जिलेटको ब्लेड बेच्न पनि केटी नै चाहिन्छ। त्यति शक्तिशाली महिलाहरू छन्। त्यसरी हेरुँ न। महिला अधिकारवादीहरू 'अब्जेक्टिफिकेसन'को कुरा गर्छन्, म त्यसैमा शक्ति देख्छु। आ-आफ्नो हेराइ हो।
यहाँका महिला अधिकारकर्मीहरूले त्यो किन नबुझेको त?बुझ्न नचाहेको हो।
तपाईं नेपालको सुपर मोडल हो भन्छन्। हो? होइन। सुपर मोडल भनेको त र्याम्पमा हिँड्ने प्रोफेसनल मोडल हुन्छ। म त केबल टाइमपासका लागि मोडलिङ गर्छु। मेरो प्रोफेसनल करिअर मोडलिङ नै होइन। म मिडियाकर्मी हुँ।
ल, अब रमाइलो कुरा गरौँ न। तपाईंको बाल्यकाल कस्तो थियो?मेरो बाल्यकाल सामान्य थियो। म टमब्वाई थिएँ। तेस्रो छोरी हुँ। गुच्चा खुब खेल्थेँ। केटाहरूसँगै होहल्ला गर्दै घुम्न खुब मन पर्थ्यो। चंगा उडाउन निकै रमाइलो लाग्थ्यो।
तपाईंले म निकै भोकल थिएँ भन्नुभयो। भनेपछि झगडा पनि खुब गर्नुभयो होला?झगडा गरेँ कि गरिनँभन्दा पनि, यदि कसैले मलाई नराम्रो गर्छ भने म त्यो सहन सक्दिनँ। म फाइट ब्याक गर्छु।
तपाईंले बच्चामा टमब्वाई थिएँ भन्नुभयो। त्यसैले एउटा व्यक्तिगत प्रश्न सोध्छु है?हुन्छ। तर, प्रश्न सुनेर उत्तर दिने कि नदिने म 'डिसाइड' गर्छु।
तपाईं लेस्बियन हो भन्ने हल्ला सुनेको छु। के त्यो सत्य हो?हाहाहा... एकदमै गलत हो। अई एम ‘स्ट्रेट'। आई लाइक गाइज।
तपाईं रिलेसनसिपमा हुनुहुन्छ त्यसोभए?एस। योभन्दा धेरै केही भन्दिन है यसबारे।
तपाईंले कतिको दिल तोड्नुभएको छ आजसम्म?थाहा पाएर कि थाहै नपाई? हाहाहा... नो कमेन्ट्स।
किन मान्छेहरू अट्र्याक्ट भएको मन पर्दैन कि के हो?मन पर्छ। यू आर अट्र्याक्टेड टू मी, सरी आई एम नट्। हाहाहा...।
कस्तो खालको केटा मन पर्छ? सबैलाई समान व्यवहार गर्ने मान्छे। हार्ड वर्किङ र इन्डिपेन्डेन्ट। जसले महिला-पुरुष दुवैको अस्तित्वलाई सम्मान गर्छ। एड्भेन्चरस। मलाई रुटिनमा हिँडिरहने मान्छे मन पर्दैन। जस्तो आउँछ, त्यसैमा जीवन जिउने मान्छे मन पर्छ।
यसपालि भ्यालेन्टाइन्स डेमा के गर्नुभयो?हामी साथीहरू मिलेर लास्ट रात्रि बस चढ्यौँ। पुलिस बसमा हुन्जेल त राम्रै थियो सबै। पुलिसहरू दरबारमार्गमा ओर्लिएपछि भने बसमा रहेका आवाराहरूको डिस्को र दारु चालु भयो। एकछिन त फसियो कि के हो जस्तो पनि लाग्यो। त्यसपछि ट्याक्सी ड्राइभरलाई तीन गुणा बढी पैसा दिएर ट्याक्सी दौडाइयो। रमाइलो गरियो।
साभार : शुक्रबार

धेरै कुरामा व्यस्त छु। भर्खरै पूर्वी नेपाल भ्रमण गरेर काठमाडौँ आएकी छु। त्यहाँ स्वास्थ्य तथा सरसफाइसम्बन्धी कार्यक्रममा भाग लिन गएकी थिएँ। मार्च महिनामा धेरै कुरा हुँदै छ। कान्तिपुर टेलिभिजनमा नयाँ सो गर्दैछु।
तपाईं देश धेरै घुम्नुभएको छ। पूर्वदेखि पश्चिमसम्मका धेरै विकट ठाउँमा पुग्नुभएको छ। काठमाडौँमा जन्मेहुर्केको मान्छेलाई देशको विकटता कस्तो लाग्छ?'नेपाल इज ब्युटिफुल'। यहाँको प्राकृतिक सौन्दर्य र मौलिकता विदेशमा जति पैसा तिरे पनि पाइँदैन। हामी प्राकृतिक विविधतामा धनी छौँ। दुःखको कुरा-यहाँ अशिक्षा र गरिबी पनि छ। विश्वस्तरको विकासको कुरा गर्दा हामी मंगल ग्रहमा पानी भेटिएको कुरा गर्छौं। आफ्नो देशमा भने लाखौँ डलरको क्याम्पेन गरेर साबुन पानीले हात धुन र खुला क्षेत्रमा दिशा पिसाब नगर्न सिकाउनुपर्ने अवस्था छ। हातमा सबैको मोबाइल फोन छ। तर, घरमा चर्पी छैन। पेप्सी र कोक सबैले चाखेका छन् तर शुद्ध पानी चाख्न पाएका हुँदैनन्। यस्ता कुराले मन दुखाउँछन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !