CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बमको सुचना लगत्तै आईफेल टावर खाली

बमको सुचना लगत्तै आईफेल टावर खाली


पेरिस, चैत १८ (एजेन्सी)–अज्ञात व्यक्तिले फोन गरेर बम राखेको बताएपछि फ्रान्सको पेरिसस्थित आईफेल टावर खाली गरिएको छ । स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार बम राखेको खबरपछि करिब एक हजार चार सय मानिसहरुलाई आईफेल टाबरबाट बाहिर निकालिएको थियो ।

त्यसलगत्तै प्रहरीले सम्भावित विष्फोटक पदार्थ खोजिका लागि तालीमप्राप्त कुकुर परिचालन गरेको थियो । बमको सुचना लगत्तै आईफेल टावर वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । तर अधिकारीहरुले कुनै विष्फोटक पदार्थ भने नभेटिएको बताएका छन् ।
आईफेल टावर विरलै खाली गरिएको इतिहास छ । यस्तै चेतावनी पछि गतबर्ष एकपटक र सन् २०११ मा दुईपटक आईफेल खालि गरिएको थियो । मालीमा त्यहाँका अलकायदा सम्बद्ध विद्रोहीलाई दबाउन फ्रान्सले सैन्य अभियानको नेतृत्व लिएकोले यो तर्साउने काम अलकायदाले नै गरेको हुन सक्ने अधिकारीहरुको अनुमान छ ।
आईफेल टावर विश्वका चर्चीत पर्यटकीय स्थलमा पर्छ । हरेक बर्ष टावर हेर्न दसौ लाख पर्यटक फ्रान्सको प्यारीस पुग्ने गरेका छन् ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis