क-कसको फाइट पर्या रैछ त नि ? हाइ अल्टिच्युड वर्कर (आरोहीका लागि बाटो बनाउने शेर्पाहरु) र विदेशी पर्वतारोहीहरुबीच ! सगरमाथा चढ्न भनी उक्लिरहेका स्विट्जरल्यान्डका एक र इटालीका एक
पर्वतारोहीलाई उनीहरुले कुटेका रहेछन्।
उनीहरुलाई किन कुटियो भन्ने बारे केही थाहा हुन सकेको छैन। सगरमाथामा शिखरतर्फ उक्लँदै गएपछि जति जति माथि गइन्छ, त्यति नै अक्सिजनको अभावले कसैकसैको मानसिक सन्तुलन गुम्नसक्दो रहेछ। यस्तो बेलामा असमान्य क्रियाकलाप गर्दा रहेछन् आरोहीहरु। अनि मजदुर शेर्पाहरुले उनीहरुलाई नियन्त्रण गर्न लछारपछार गर्न सक्छन्- एक आरोहीले हिमालीसन्चारलाई भने। सगरमाथा आरोहण गर्न त्यति सजिलो पनि त छैन।
आरोहीहरु उग्र नै भए भने नि ? शेर्पा दाजुहरुलाई यत्तिकै छाडेर लाग्दा रहेछन्। अनि त्यसपछि मानसिक सन्तुलन गुमिसकेको त्यो आरोही मर्न पनि सक्छ। त्यत्रो उचाइमा कसले के गर्यो भनेर हेरविचार गर्ने, लेखाजोखा राख्न पनि प्रायः असंभव नै हुन्छ।
यस्तो घटना हुँदा सरकारलाई चाहिँ केही थाहा हुँदैन त ? खासमा हुनुपर्ने हो। सरकारले आरोहीहरुको गतिविधि थाहा पाउन सम्पर्क अधिकृत खटाउने गर्छ। तर त्यस्ता सम्पर्क अधिकृतहरु आफूलाई अनुकूल स्थानमा दिन कटाउँदै बस्ने हुनाले उनीहरुलाई माथि भएका घटना बारे केही थाहा हुँदैन। साभार : माई संसार

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !