गत डिसेम्बर १० का दिन पाठेघरको क्यान्सरको शल्यक्रिया गरेको करिब साढे तीन महिनापछि मनीषाले सार्वजनिक गरेका दुई तस्बिरमध्ये पहिलोमा उनी हँसिलो मुहारमा बुबासँग बसेर खाना खाइरहेकी छिन् । तस्बिरमा उनले आफ्नो शीरमा ह्याट लगाएकी छिन् । दोस्रो तस्बिरमा उनले टाउकोमा खैरो रंगको कपडा बेरेकी छिन् । क्यान्सरको शल्यक्रियापछि गरिएको केमो थेरापीपश्चात् उनको केश झरेको अनुमान गरिएको छ । मनीषाको पारिवारिक स्रोतका अनुसार उनी आगामी जुन महिनामा मुम्बई र्फकनेछिन् ।
यसबीच, क्यान्सरबाट क्रमशः मुक्ति पाइरहेकी मनीषाले आफ्ना नेपाली शुभचिन्तकहरूलाई साप्ताहिकमार्फत विशेष सन्देश पठाएकी छिन् । अमेरिककाको म्यानहटनस्थित भाडामा लिइएको एउटा फ्ल्याटमा आराम गरिरहेको अवस्थामा साप्ताहिकमार्फत प्रेषित सन्देशमा उनले भनेकी छिन्,
'एक महिनापछि मेरो अन्तिम किमो हुँदैछ । चिकित्सकहरूले उक्त किमोपछि मलाई क्यान्सरबाट मुक्त भएको घोषणा गर्नेछन् भन्ने मेरो विश्वास छ । छ महिनायता मेरा बारेमा विभिन्न गलत समाचार पनि प्रकाशित भए भने मेरा लाखौं शुभचिन्तकले मेरो स्वास्थ्यलाभका लागि हृदयदेखि नै प्रार्थना गरे । म सम्पूर्ण शुभचिन्तकहरूलाई मेरा बारेमा छापिएका अफवाहका पछि नलाग्न हार्दिक अनुरोध गर्दछु ।' मनीषा आगामी जून महिनाको अन्तिम साता अमेरिकाबाट सोझै मुम्बई प्रस्थान गर्ने बताइएको छ ।
मनीषाले भनेकी छिन्— 'म अहिले पूर्णतः उपचारमा छु । अहिले मैले आफ्नो स्वस्थ जीवनबाहेक अरू कुनै कुरा सोचेकी छैन । यो अवधिमा मैले केही अघि सिकेका आध्यात्मिक ज्ञान एवं ध्यानले ठूलो सहयोग पुर्याएको छ । चिकित्सकहरूको ठूलो मेहनतले मेरो स्थिति निकै सुधि्रएको छ । चिकित्सकले दिएको सुझावअनुसार नेपाली दाल-भात अनि केही स्वास्थ्यवर्द्धक अचार पनि खान्छु । मेरो खानामा केही फलफूल र दूध पनि छ । मैले यो अवधिमा परिवारबाहिरका व्यक्तिलाई त्यति भेटेकी छैन । जटिल शल्यक्रिया एवं त्यसको इन्फेक्सनका कारण धेरै जनासँग भेट्नु हानिकारक हुने भएकाले यसो गरेकी हुँ । एक महिनापछि जब मलाई चिकित्सकले अनुमति दिन्छन्, म नेपाल र भारत दुवै स्थानमा पत्रकार सम्मेलन गरेर वास्तविक कुरा बाहिर ल्याउनेछु । मलाई के भएको भन्ने कुरा थाहा पाउनबाट मेरा शुभचिन्तकहरू वञ्चित हुनुहुनेछैन भन्ने विश्वास दिलाउँछु ।'
'नेपाल र भारतका लाखौं व्यक्तिले मेरा लागि जुन प्रार्थना गर्नुभयो, त्यसका लागि म उहाँहरूप्रति हृदयदेखि नै ऋणी छु । मैले अटल विश्वासका साथ यो युद्ध लडें र अहिले विजयको अन्तिम तयारीमा छु । यस्तो अवस्थामा साथ दिनुहुने सबैलाई हार्दिक धन्यवाद ।' मनीषाले आफ्नो सन्देशमा उल्लेख गरेकी छिन् ।
मार्केट-२ मा मनीषा पक्का
बलिउडका निर्देश्ाक जयप्रकाशले मनीषा कोइरालालाई आफ्नो नयाँ चलचित्र 'मार्केट-२' मा अभिनय गराउने भएका छन् । न्युयोर्कबाट क्यान्सरको सफल उपचार गराएर मुम्बई फर्किएलगत्तै जयप्रकाशले मनीषालाई चलचित्रमा अनुबन्ध गर्ने योजना बनाएको एउटा समाचारमा जनाइएको छ । निर्देश्ाक जयप्रकाश भन्छन्— 'मनीषा मेरी लक्की चार्म हुन् । उनी मेरो चलचित्र 'मार्केट' मा पनि थिइन् । मार्केट-२ को स्त्रिmप्टका बारेमा उनीसँग मैले छलफलसमेत गरिसकेको छु । उनलाई स्त्रिmप्ट मन परेको छ । उपचारपछि मुम्बई फर्किएलगत्तै म उनलाई भेटेर उनले निर्वाह गर्ने भूमिकाका बारेमा जानकारी गराउनेछु ।' निर्देश्ाक प्रकाशका अनुसार उनले मनीषाका म्यानेजर सुब्रोतो घोषसँग मनीषाको पछिल्लो स्वास्थ अवस्थाका बारेमा जानकारी लिइरहेका छन् । घोषका अनुसार मनीषाको स्वास्थमा तीव्र गतिले सुधार आइरहेको छ ।
उपचार गर्दै मनीषाको ट्वीट
२४ डिसेम्बर : मेरो आध्यात्मिक गुरुले मलाई हरेक परिस्थितिबाट माथि उठ्न, पीडा सहन सिकाउनुभएको छ। म स्वास्थलाभ गर्दै केमोका लागि तयार भैरहेकी छु।
२७ डिसेम्बर : अरू केही नभए पनि मेरो यो रोग मेरा लागि एउटा शिक्षकजस्तै भएको छ।
१ जनवरी : केमो कट पाएँ...लिजा रेलाई धन्यवाद। तिम्रो ब्लगका लागि पनि धन्यवाद। तिम्रो इमान्दारिता र बोल्डनेसका लागि पनि धन्यवाद।
२ जनवरी : आज मेरो पहिलो केमो....यसबीच यो अनौठो उपचारप्रति नर्भस पनि छु र चुनौती सामना गर्ने साहस पनि जुटाउँदैछु।
४ जनवरी : घर, साथी, स्वास्थ्य तथा तन्दुरुस्ती...सबै कुरा मिस गरिरहेकी छु ...कुनै समय एक दिन, कुनै समय एक क्षण, कुनै समय एक सास।
४ जनवरी : ल ठीक छ, आजदेखि केमोलाई केमो होइन, भिटामिन भनिनेछ। भिटामिन शरीरका लागि फाइदाजनक हुन्छ। धन्यवाद जाकिया...
५ जनवरी : ब्यायामको दोस्रो दिन...बिस्तारै हिंड्न सक्ने भएकी छु...आशा छ म हरेक दिन व्यायाम गर्न सक्नेछु।
१० जनवरी : मेरो केमो गर्ने कोठालाई सुन्दर बिरुवाहरूले आकर्षक ढंगले सजाइएको छ।
११ जनवरी : हरेक दिनले नयाँ चुनौती ल्याउँछ...कुनै पनि दिनप्रति गुनासो गर्न सक्दिनँ।
१२ जनवरी : आजको दिन मेरा लागि विशेष रह्यो...अकल्पनीय दिन। धन्यवाद भगवान्...मेरा अन्तरयामी...धन्यवाद आमा। तपाईं यो संसारकै सबैभन्दा उत्कृष्ट आमा हुनुहुन्छ।
१५ जनवरी : जीवनको नयाँ अर्थ फेला पार्दैछु...यो वास्तवमै एउटा नयाँ संसार हो...प्रेम र आशीर्वाद।
१६ जनवरी : ठूलो पीडाले नै साँचो दया ल्याउँदो रहेछ....नमनजी।
१७ जनवरी : हामी सबै बुद्धिमान छौं, छैनौं र ?
१७ जनवरी : ठूल्ठूला युद्ध जित्ने कुरा गर्नै पर्दैन, हामीले आफूभित्रको डरसँग लड्न सके पुग्छ।
१७ जनवरी : हरेक अवरोधलाई अवसरका रूपमा लिँदै शान्तितर्फ अग्रसर हुन सम्भव छैन र ?
१८ जनवरी : न्युयोर्कलाई प्रेम गरिरहेकी छु...परिवारका सदस्य तथा साथीहरूसँग रमाइरहेकी छु, आराम गरिरहेकी छु, सुधार भैरहेको छ। हल्का व्यायाम, खाना...स्वास्थ्यमा सुधार। हरेक समय आमा, बुबा र भाइबाट पाइरहेको माया, साथ र सद्भाव। यही क्रममा केही त्यस्ता मानिसहरू पनि भेटें...जसलाई म एञ्जल भन्न रुचाउँछु।
२९ जनवरी : डरभन्दा साहस ठूलो हो भन्ने कुरा अनुभव गरेपछि मात्र बुझ्न सकिन्छ।
६ फेब्रुअरी : प्यारा साथीहरू, तपाईंहरूको जानकारीका लागि, म अबको केही दिन फेसबुक कमै चलाउनेछु। मेरो प्यारो शैल मामाको निधनको दु:खद खबरबाट मुक्त हुन सकेकी छैन। कुनै दिन, म उहाँका बारेमा लेख्नेछु...अहिलेका लागि, मलाई केही समय चाहिएको छ। जहाँसम्म मेरो स्वास्थ्यको प्रश्न छ, म यसलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेकी छु...प्रार्थना र आशीर्वादका लागि धन्यवाद।
११ फेब्रुअरी : मेरा वृद्ध अभिभावकले मेरो हेरचाह गरिरहँदा मन नै ढक्क फुल्छ...यदि कतै शक्तिशाली र अनौठो प्रेम छ भने, यो त्यही हो। मैले यस्तो प्रेम प्राप्त गर्ने अवसर पाइरहेकी छु।
१३ फेब्रुअरी : मभन्दा बढी उमेरकी, मेरो भन्दा ठूलो सर्जरी गरिएकी एउटी अचम्मकी महिलासँग भेट भयो जो आफ्नो पाँचौं 'भिटामिन सट' लिने क्रममा छिन्...शक्तिशाली, साहसी र सुन्दरता साथमा सकारात्मक भावना पनि। उपचारका क्रममा मैले केही साहसी मुटुहरू फेला पारेकी छु।
१४ फेब्रुअरी : प्रेम मात्र प्रेम...
१५ फेब्रुअरी : मलाई बिहानको घाम असाध्यै मनपर्छ...विशेषगरी जाडोको पारिलो घाम।
२१ फेब्रुअरी : एउटा अर्को चुनौती थपिँदैछ...अकल्पनीय, म आराम गरिरहेकी छु। सुखद पक्ष के छ भने मेरो स्वास्थ्यमा सुधार भैरहेको छ।
२४ फेब्रुअरी : आज बाहिर निस्किएँ। न्याना दिनहरू आउँदैछन् जस्तो लाग्दैछ। म पुन: न्युयोर्कमा रमाउन थाल्नेछु।
२४ फेब्रुअरी : कति छिटो, मेरा पुराना साथीहरूले मबाट दूरी बनाउँदैछन्।
२५ फेब्रुअरी : यतिबेला म आफ्नो पेन्टिङ कक्षालाई गम्भीरतापूर्वक मिस गरिरहेकी छु। ठूलो डाइनिङ कोठालाई स्टुडियो बनाउन पाए...घर फर्किएपछि मैले गर्नु पर्ने कामहरू धेरै छन्...अहिलेका लागि म इन्टरनेटमार्फत प|mेन्च भाषा सिक्दैछु। यो सिकाइलाई पनि मैले उपचारका रूपमा लिएकी छु।
२६ फेब्रुअरी : म्यानहटन र न्युयोर्कप्रति माया !
२८ फेब्रअरी : दुई जना रोमाञ्चक दाजुभाइ डाक्टर नाराइनजी तथा डाक्टर नरुलाजी अनि उहाँकी श्रीमती डाक्टर जीनाजीसँगको भेटलाई पनि मैले आशीर्वादका रूपमा लिएकी छु। उनीहरू दया, इमान्दारी तथा शक्तिका राम्रा उदाहरण हुन्।
१ मार्च : उत्कृष्ट सर्जन र उत्कृष्ट एङकोलोजिस्ट डाक्टर डेनिस ची तथा डाक्टर भी माक्कर ! मेरो रगतको परीक्षणले विशाल सुधार देखाएकोमा उनीहरूलाई धन्यवाद। म अझै उपचारको क्रममा छु तर म खुसी छु किनभने म राम्रो हातबाट उपचार गराइरहेकी छु। तपाईंहरूको प्रार्थनाले काम गरिरहेको छ जस्तो लागिरहेको छ।
५ मार्च : 'तत् त्वाम असी' अत्यन्त शक्तिशाली ज्ञान।
५ मार्च : मलाई थाहा छैन, मेरा लेखाइहरू एउटा अटोबायोग्राफी नै बन्ने हुन् कि तर मेरा लागि यी नोटहरू झैं भएका छन्। जीवनको सामान्य अवलोकन। हेर्दै जाउ“m, के हुन्छ ?
९ मार्च : सही हुनुभन्दा दयालु हुनु महत्वपूर्ण रहेछ। लेसन नम्बर-२।
११ मार्च : गान्धीजीका 'तीन बन्दर' माथि एउटा लेख लेखें। विचार, भावना र अवधारणासंग भौतिक संसारको सम्बन्ध।
१२ मार्च : डाक्टर वायने डायर तथा लुइस हे उचित समयमा मेरो सामु आउनुभयो। म उहाँहरूलाई यूट्युबमा सुन्दैछु।
१५ मार्च : प्यारा शुभचिन्तक तथा साथीहरू, मैले सबै प्रकारका विश्वासहरूलाई सम्मान गरेकी छु। म पनि तपाईंहरूबाट यही कुराको अपेक्षा गर्दछु। यदि मैले व्यक्त गरेका भावनाहरू तपाईंको भावनासँग मेल नखाए अन्यथा नलिनुहोला।
२१ मार्च : सुरु-सुरुमा म भयभीत थिएँ तर मैले यसलाई एउटा शिक्षाका रूपमा लिएँ, जसले मलाई भित्रैदेखि बलियो बनायो। मैले गरेको प्रार्थना र ध्यानले सकारात्मक परिणाम दिइरहेको छ।
२२ मार्च : डाक्टर चिबाट पुन: एकटक अत्यन्त सकारात्मक तथा उत्साहजनक शब्दहरू पाएँ। मेरो स्वास्थलाभको कामना गर्नु हुने सबै शुभचिन्तकलाई हृदयबाटै धन्यवाद। तपाईंहरूको सद्भावप्रति म अनुग्रहित छु। अब दुई महिना बाँकि...
२३ मार्च : दिनको सुखद सुरुवात। पूर्ण आत्मविश्वासका साथ मैले व्यायाम गरेँ, स्वस्थ खाना खाएँ, प्रेरणादायी पुस्तकहरू पढें, रमाइला चलचित्र हेरें, ध्यान र प्रार्थना गरें।
३१ मार्च : मेरी भान्जी तथा बुहारीसँगको सेन्ट्रल पार्कको भ्रमण उत्साहप्रद रह्यो।
१४ अपि्रल : म साइल्पा रिम्पोछेसँगको कुराकानीबाट प्रभावित भएँ। उनको पुस्तक 'लिभिङ फुल्ली' पढ्नैपर्ने जस्तो लाग्यो। साधारण तर अद्वितीय। मेरो एउटा अविस्मरणीय साँझ पनि।
१४ अपि्रल : नववर्ष २०७० को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
-साभार साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !