प्रेमपार्क बनाउने स्थापितको योजना कहाँ पुग्यो ?
१३ भदौ, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त भए लगत्तै केशव स्थापितले भनेका थिए -’युवायुवतीले राजधानीमा प्रेम गर्ने ठाउँ पनि पाएका छैनन्, उनीहरुको लागि गतिलो प्रेमपार्क बनाउने छु ।’ उनको यो कुरा सुनेका धेरै युवायुवती फुरुंग पनि भए । कारण प्रेममा मग्न युवायुवतीले आनन्दसँग माया साटफेर गर्ने उपयुक्त ठाउँ भेट्याउन सकेका छैनन् ।
किशोर अवस्थामा एकअर्काप्रति आकर्षण हुनु स्वभाविक नै हो । यो बेला सबै विपरीत लिंगीप्रति आकषिर्त हुन्छन् । धेरैको मायाप्रेम पनि बस्छ । अनि उनीहरु अँगालोमा कस्सिएर, चुम्बन गरेर, हात समातेर माया साटासाट गर्छन् । तर खुलेआम यस्तो क्रियाकलाप गरेर हिँड्न समाजले दिँदैन । त्यसैले युवायुवतीहरु माया साटासाट गर्न एकान्त खोज्दै धेरैतिर भौंतारिन्छन् । सार्वजनिक बसको पछिल्लो सीट, मन्दिर, पार्क लगायतका ठाउँ उनीहरुको रोजाई बन्ने गरेको छ । तर यो ठाउँ मात्र उनीहरुलाई पर्याप्त छैन ।
‘प्रेम गर्नु कुनै गल्ती त होइन नि’ स्थापितले भन्नुभयो -’अहिले पनि धेरै युवायुवती डराईडराई प्रेम गर्न बाध्य छन्, त्यसैले उनीहरुको लागि उपयुक्त प्रेमपार्क बनाउने मेरो योजना हो ।’ तर उहाँको यो योजना कुरामा मात्रै सीमित छ । ‘मैले छलफल गरिरहेको छु, सरोकारवाला पक्षसित पनि कुरा गर्दैछु’ स्थापितले भन्नुभयो -’छिटै यो छलफलले मूर्त रुप पाउँछ ।’
साँच्चै बन्ला त प्रेमपार्क
प्रेममा उन्माद युवायुवती पार्क र मन्दिरमा मात्रै होइन गेष्ट हाउससम्म पुग्ने गरेका छन् । स्कूल कलेजमा पढ्ने युवायुवती दिउँसो गेष्ट हाउसमा पुगेर उच्छृँखल गतिबिधि गर्न थालेको भन्दै अहिले कडाई गरिएको छ । कलेज पोशाकमा गेष्ट हाउस जान रोक लगाउने निर्णय भैसकेको छ । त्यसैले अब युवायुवती स्थापितले भनेजस्तै प्रेमपार्कको पर्खाईमा छन् । प्रेम पार्क बने आफूहरुलाई सहज हुने उनीहरुको बुझाई छ । तर प्रेमपार्क बनेपनि उनीहरुले सोचेजस्तो खुलम्खुला यौन क्रियाकलाप गर्न भने पाइने छैन । ‘स्वच्छ र स्वस्थ रुपमा माया साटासाट गर्नको लागि प्रेम पार्क बनाउने कुरा हो’ स्थापितले भन्नुभयो -’तर उच्छृँखल र अराजक क्रियाकलाप गर्नको लागि होइन ।’
स्थापितका अनुसार कीर्तिपुरको चम्पादेवी, रानीवन, थानकोट लगायतका पार्कलाई प्रेम पार्क बनाउने योजना छ । हुन त स्थापितको योजनालाई धेरैले हावादारीको संज्ञा दिन्छन् । त्यसैले प्रेमपार्क बनाउने यो योजना पनि उनको गफमा मात्रै सीमित हुने धेरैको आशंका छ । तर स्थापितले आफ्नो योजना लागू भएरै छाड्ने दावी गरेका छन् ।
स्थापितको योजना साँच्चै कार्यान्वयन भएमा मायाप्रेममा भुल्ने युवायुवतीलाई चाहिं राहत पुग्ने पक्का छ ।
स्थापितको योजना साँच्चै कार्यान्वयन भएमा मायाप्रेममा भुल्ने युवायुवतीलाई चाहिं राहत पुग्ने पक्का छ ।
हिजोआज कहाँ जान्छन् युवायुवती ?
प्रेम साटासाट गर्ने उपयुक्त ठाउँ नभएपछि राजधानीमा मायालु जोडी पार्क, मन्दिर, खुला चौर र रुखबुट्याउनको सहारा लिन्छन् । सार्वजनिक बस र अरु एकान्त ठाउँ पनि प्रेम साट्ने ठाउँ बनेको छ । प्रेम गर्नकै लागि जाने मुख्य ठाउँहरु यस प्रकार छन् :
· गोदावरी
· भृकुटीमण्डपको फनपार्क
· महाराजगंजको शंखपार्क
· बालाजु बाइसधारा
· थानकोटको त्रिभुवनपार्क
· जावलाखेलको चिडियाखाना
· भक्तपुर दरबार स्क्वायर
· पशुपतिक्षेत्र
· स्वयम्भू
· चोभार
· रानीबन
· कीर्तिपुर चम्पादेवी
· गोदावरी
· भृकुटीमण्डपको फनपार्क
· महाराजगंजको शंखपार्क
· बालाजु बाइसधारा
· थानकोटको त्रिभुवनपार्क
· जावलाखेलको चिडियाखाना
· भक्तपुर दरबार स्क्वायर
· पशुपतिक्षेत्र
· स्वयम्भू
· चोभार
· रानीबन
· कीर्तिपुर चम्पादेवी
-अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !