एजेन्सी
अबुधाबी
खाडीक्षेत्र तथा मुस्लिम राष्ट्रमा महिलामाथि कडा नियम लगाएको हुन्छ । विषेशगरी पुरुषप्रधान अरबी मुलुकमा महिला अनुमतिविना घरबाहिर निस्किन पाउँदैनन् । यदि बाहिर जानुपरे पुरुषसँगै हुनुपर्ने वा अनुमति चाहिन्छ । तर, सोही पृष्ठभूमिमा साउदी अरेबिया सरकारले भने अब महिलाका लागि एक विशेष योजना ल्याएको छ । साउदी सरकारले महिलाका लागि एक छुट्टै सहर नै बनाउन लागेको छ ।
धेरैलाई यो समाचार सुन्दा वा पढ्दा अचम्म लाग्न सक्ला तर साउदीले अर्को वर्षदेखि एक औद्योगिक क्षेत्रमा महिला सहर बनाउन योजना अघि सारेको छ । महिला अधिकारमा निकै कमजोर मानिएको मुस्लिम मुलुक साउदी अरेबियाले महिलाका लागि भन्दै निकै ठूलो कदम उठाउन लागेको हो । साउदीले अन्य अरबी राष्ट्रलाई चुनौती दिँदै महिलाका लागि एक अलग सहर बनाउन लाग्दा धेरैले अरबी मुलुकले विरोध गर्ने
विश्वास गरिएको छ ।
साउदी सरकारले एउटा यस्तो सहरको निर्माण गर्दै छ, जसमा केवल महिलाको मात्र बसोबास रहनेछ । नयाँ बन्ने सहरमा महिला आफूखुसी बस्न पाउनेछन् । औद्योगिक सहरमा महिलाले कानुनअनुसार आफूलाई मन लागेको जागिर खान पाउनेछन् । सहरमा केही चर्चित कम्पनी हुने अन्तर्राष्ट्रिय एजेन्सीले जनाएका छन् ।
ती कम्पनीमा केवल महिलाले मात्र काम गर्नेछन् । यहाँ कुनै पुरुषको उपस्थित रहनेछैन । साउदी इन्डस्टि्रयल पार्टीले सो औद्योगिक क्षेत्रको सहरको नक्सासमेत तयार गरिसकेको छ । नगर तथा ग्रामीणमन्त्री मन्सुर बिन मितेबले हाफुफ विमानस्थलनजिकको जमिन प्रयोग गर्न कम्पनीलाई अनुमति दिएका छन् । मन्सुरका अनुसार आउँदो वर्षबाट महिला सहर निर्माणको काम सुरु हुनेछ ।
साउदी अरेबियाको सरिया कानुनले महिलालाई पुरुषसँग काम गर्न रोक लगाएको छैन । तर, परम्परावादी समाजका कारण साउदीका केवल १५ प्रतिशत महिला मात्र गर्छन् ।
'महिलाको सहभागिता बढाउनका लागि महिला सहरको कल्पना गरिएको हो,' मितेबले भने, 'यहाँ महिलाले आफ्नो इच्छा तथा योग्यताको भरपूर उपयोग गर्न सक्नेछन् ।' पहिलो योजना सफल भएको खण्डमा अर्को स्थानमा पनि महिला सहर बनाउने सोच भएको उनले बताए ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !