काठमाडौं, भाद्र १२ - प्रधानमन्त्री बाबुराम भट्टराई ले आफ्नो कार्यकालमा ठूला उपलब्धी हासिल भएको दाबी गरेका छन् ।
kantipur
सपथ लिएको एक वर्षपछि सिंहदरवारबाट मंगलबार भएको समीक्षासहित देशवासीको नाममा सम्बोधनमा प्रधानमन्त्री ले सत्ताका लागि खेल भइरहेकाबेला गठन भएको सरकारले शान्ति प्रक्रिया पूरा भएको बताए । उनले माओवादीको उपाध्यक्ष मोहन वैद्य समूहलाई ‘संकिर्णतावादी तप्का’को संज्ञा दिएका छन् । ‘शान्ति प्रक्रियाको विरोधमा संकिर्णतावादी तप्का सडकमा उत्रिएको तपाईंहरुलाई थाहै छ,’ उनले भने ।
संविधानसभा को म्याद थपका लागि सरकारले प्रस्तुत गरेको विद्येयकलाई कांग्रेस सभापति सुशील कोइराला ले विरोध गर्नु नै संविधानसभा विघटनको आधार भएको उनले बताए । म्याद थपको विरोध गर्दै कांग्रेस, एमाले सरकारबाट बाहिरिँदा संविधानसभा विघटनमा थप बल मिलेको बताए ।
प्रधानमन्त्री भट्टराईले संविधानसभा बाट संविधान लेख्न नदिन पहिल्यैदेखि खेल भइरहेको बताए । तर कस्तो खेल खुलाएनन् । संविधानसभा विघटनमा एमाओवादीले सकेसम्म पहल गरेको बताउँदै उनले तर कसिएका मुठ्ठीसँग हात मिलाउन नसकिएको उल्लेख गरे ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !