CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » सरकारी अफिस हप्तामा ५ दिन मात्रै खोल्ने रे !

सरकारी अफिस हप्तामा ५ दिन मात्रै खोल्ने रे !


१३ भदौ, काठमाण्डौं । उर्जा मन्त्रालयले लोडसेडिङ कमगर्न पुस, माघ, फागुन र चैत महिनामा सरकारी कार्यालय साताको पाँच दिन मात्रै सञ्चालन गर्ने कार्ययोजना तयार पारेको छ ।
विगत बर्षजस्तै चालू बर्षमा पनि लोडसेडिङ न्यूनीकरण कार्ययोजना ल्याउने अन्तिम तयारीमा रहेको उर्जा मन्त्रालयले लोडसेडिङ कमगर्न चार महिना सरकारी कार्यालय साताको पाँच दिनमात्र खोल्ने कार्ययोजना तयार गरेको खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले हिउँदको लोडसेडिङ १२ घण्टा कायम गर्न निर्देशन दिएलगत्तै कार्ययोजना ल्याउने तयारी गरिएको हो ।
कार्ययोजना करिब तयार भएकोले यसै साता स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाउने तयारी भईरहेको छ । मंसिरदेखि लागु हुने गरी नेपाल विद्युत प्राधिकरणको ५३ दशमलब ४ मेगावाट बराबरको थर्मल प्लान्ट ६ महिना दैनिक ४० मेघावटको क्षमतामा सञ्चालन गर्ने, भारतबाट करिब २ सय मेगावाट विद्युत आयात गर्न असोजभित्र भारतसँग विद्युत खरिद सम्झौता गर्ने योजना पनि उर्जामन्त्रालयले बनाएको छ |
















ok
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis