करिना कपुर
करीना कपुर वर्ष २०१२ की सबैभन्दा सफल नायिकाका रूपमा अगाडि आइन्। वर्ष २०१२ को प्रारम्भमा करिनाको 'एक मैं और एक तुँ' प्रदर्शन भए। उक्त चलचित्रमा उनले रियाना ब्रोगान्जाको चरित्र निर्वाह गरेकी थिइन्। त्यसपछि उनी अत्यधिक प्रचार गरिएको 'एजेन्ट विनोद' मार्फत दर्शकमाझ आइन्।
वर्षको तेस्रो चलचित्र 'हिरोइन' मा पनि करिनालाई दर्शकले मन पराए। 'तलाश' करिनाको वर्ष २०१२ को अन्तिम चलचित्र थियो। यो चलचित्रबाट उनले दर्शकको राम्रै माया पाइन्। यही वर्ष सैफअलि खानसँग वैवाहिक जीवन प्रारम्भ गरेर समेत उनी चर्चा मा आइन्।
कट्रिना कैफ
कट्रीना कैफ बलिउडमा स्थापित भैसकेकी नायिका हुन्। यो वर्ष उनले अभिनय गरेका दुई चलचित्र 'एक था टाइगर' तथा 'जब तक है जान' अत्यधिक सफल भए। दुवै चलचित्रमा कट्रिनाले चलचित्र सफल हुन खान नायकहरूको साथ मात्रले पुग्दैन, आफूमा समेत प्रतिभा हुनुपर्छ भन्ने प्रमाणित गरिन्। संयोग कस्तो रह्यो भने दुवै चलचित्रमा उनले दुई खान अर्थात् सलमान खान र शाहरूख खानको साथ पाएकी थिइन्।
अनुष्का शर्मा
अनुष्कालाई बलिउडमा सम्भावना बोकेकी नायिकाका रूपमा चिनिन्छ। वर्ष २०१२ सम्म आईपुग्दा अनुष्काले आफूलाई अभिनयमा परिपक्व बनाइसकेकी छिन्। यो वर्ष उनले अभिनय गरेको चलचित्र 'जब तक है जान' सफल रह्यो। यो चलचित्रमा शाहरूख र कट्रीना भए पनि अनुष्काले आफ्नो उपस्थितिलाई सार्थक बनाइन्।
प्रियंका चोपडा
प्रियंका चोपडाका लागि वर्ष २०१२ औसत रह्यो। यो वर्ष प्रदर्शन भएको उनको पहिलो चलचित्र 'तेरी मेरी कहानी' असफल भयो तर त्यसपछि प्रदर्शन भएको 'बर्फी' मा उनले आफ्नो क्षमता प्रदर्शन गरिन्। 'बर्फी' मा उनले गरेको अभिनयले बलिउडका अन्य नायिकालाई समेत सोच्न बाध्य बनायो। फरक शैलीको पात्रलाई जीवन्त बनाउन प्रियंकाले गरेको मेहनतको समीक्षकहरूले समेत प्रसंसा गरे।
दीपिका पादुकोण
'ओम शान्ति ओम' मार्फत डेब्यू गरेकी दीपिका वर्ष २०१२ मा चलचित्र 'ककटेल' मार्फत दर्शकमाझ आइन्। चलचित्रमा उनको भूमिकालाई समीक्षकहरूले समेत मन पराए। मोडलिङबाट अभिनयमा आए पनि उनले यही चलचित्रमार्फत आफूमा अभिनयको प्रशस्त संभावना रहेको प्रमाणित गरिन्।
बिपाशा बासु
वर्ष २०१२ मा आफूलाई उत्कृष्ट बनाउन बिपाशाले प्रशस्त मेहनत गरिन्। वर्षको प्रारम्भमा प्रदर्शन भएका उनका केही चलचित्र औसत रहे पनि 'राज-३' को सफलताले उनलाई पुनः बलिउडका उत्कृष्ट दस नायिकाको सूचीमा समावेश गर्यो। यो चलचित्रको उनको अभिनयले उनका यसअघिका दुई उत्कृष्ट चलचित्र 'जिस्म' तथा 'कर्पोरेट' लाई समेत बिर्सायो।
विद्या बालन
विद्या बालन बलिउडकै उत्कृष्ट नायिका हुन् भन्दा फरक पर्दैन। वर्ष २०१२ मा प्रदर्शन भएको उनको चलचित्र 'कहानी' अत्यधिक सफल भयो। नारीप्रधान यो चलचित्रमार्फत विद्याले आफूलाई एवार्ड समारोहका लागि सक्षम दावेदारका रूपमा समेत उभ्याएकी छिन्।
श्रीदेवी
श्रीदेवीको नाम अहिलेका बलिउडका नायिकाको सूचीमा केही अस्वाभाविक लाग्छ तर वर्ष २०१२ मै प्रदर्शन भएको उनको चलचित्र 'इङ्लिस विङ्लिस' हेरेपछि उनी अहिलेका कुनै पनि नायिका भन्दा कम छैनन् भन्ने कुरामा दुई मत छैन।
परिनीति चोपडा
वर्ष २०१२ मा प्रदर्शन भएको चलचित्र 'इशकजादे' मार्फत परिनीतिले आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी छिन्। चलचित्र क्षेत्रमा निकै कम अनुभव भए पनि उनले आफूले जस्तोसुकै प्रकारको भूमिका पनि सहजै निर्वाह गर्न सक्ने कुरा पुष्टि गरिन्।
रानी मुखर्जी
अन्य नायिकाहरूको तुलनामा रानी मुखर्जी वर्ष २०१२ मा केही कम सक्रिय रहिन्। आमिर खानको चलचित्र 'तलाश' को उनको अभिनय दशर् कले मन पराए। उक्त चलचित्रको सफलताले रानीलाई 'ऐइया' जस्ता चलचित्रको आवश्यकता पर्दैन भन्ने कुरा समेत प्रमाणित भयो।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !