पुस ६ गते शुक्रबार साँझ ६ बजे दाङको तुलसीपुरस्थित बैँक अफ काठमाडौँ लुटिएको खबर आयो। कति सजिलै बैँक लुटेको! खबर सुन्दै शंका गरेका थिए कतिले। घटना विवरण पूरै फिल्मी शैलिको थियो। तीन जना मान्छे इभनिङ काउन्टर चलिराको बेला पैसा जम्मा गर्ने भन्दै पसेका थिए। हुन त बैँकमा सुरक्षा गार्ड पनि हुन्छन्। उनीहरुले मेटल डिटेक्टर जस्तो देखिने चिज नि बोकेका हुन्छन्। तर कहीँ पनि त्यसले सिरियसली जाँचेको देखिन्न। यहाँ काठमाडौँका एक जना गार्डले त एक पटक मलाई भनेका थिए- यो त देखाउने मेलो मात्रै हो। यी यो बटन थिच्यो भने त्यसै टुँइ कराउँछ। सबतिर त्यस्तै हो कि उसले देखाएको मात्र त्यस्तो हो, त्यो त थाहा भएन। खैर तुलसिपुरको त्यो बैँकमा पनि उनीहरु छिर्दा पक्कै चेक त गरे होलान्। तर पनि ती तीन जनाले पेस्तोल देखाएर क्यासियर, मेनेजर र सुरक्षा गार्ड समेतलाई नियन्त्रणमा लिए। अनि बैँकको भल्टमा भएको सबै रकम लुटेर फरार भए। पछि प्रहरी अनुसन्धानमा पो थाहा भयो, उनीहरुले प्रयोग गरेको पेस्तोल त महाबौद्धको खासा बजारमा किनेको चाइनिज प्लास्टिकको पेस्तोल पो रैछ। मोराहरुले दिमाग त लगाएकै हुन्, तर गलत ठाउँमा। अहिले सब प्रहरी हिरासतमा चीसो खोरमा कोचिएका छन्।
६ गते बैँक लुटिएको थियो। त्यसको चार दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैँककै अप्रेसन म्यानेजर खगेन्द्र
बस्नेतलाई पक्राउ गर्यो। उनको बयानको आधारमा बैँक लुटी फरार भएका तीन जनालाई पनि दुई दिनपछि पक्राउ गर्यो।
खासमा यो बैँक लुट्ने योजनाका मुख्य योजनाकार उनै बैँकका अपरेसन म्यानेजर खगेन्द्र बस्नेत नै रहेछन्। बैँकको पैसा विभिन्न समयमा हिनामिना गरेका रैछन्। त्यही रकम ढाकछोप गर्न दुई महिनाअगाडिदेखि बैँक लुट्ने योजना बनाएका रहेछन्। प्रहरी अनुसन्धानले यो अनौठो बैँक डकैतीको पूरा कथा खुलेको छ। हेरौँ के के भएको रहेछ -
योजना कार्यान्वयनको लागी काठमाण्डौंमा अध्ययनरत सुशिल रोकायामार्फत अपराधिक समुहको खोजी गरे खगेन्द्र बस्नेतले।
अपराधिक समुहको छनोट पश्चात योजना कार्यान्वयनको छलफलको लागि २०६९/०८/२९ गते शुक्रबार खगेन्द्र बस्नेत दाङबाट काठमाण्डौं आए।
मंसिर ३० गते शनिबार बिहान १० बजे समुहका सदस्यहरु प्रकाश परियार, सुशिल रोकाया, प्रेम तामाङ र मिनुर तामाङसँग चक्रपथ भाटभटेनीबाट गाडीमा सँगै लिएर नयाँ बानेश्वरस्थित रातो भाले रेस्टुरेण्टमा गई खाना खाएपश्चात् दक्षिणकालीसम्म गएर गाडिमा नै योजना सम्बन्धमा बिस्तृत छलफल गरे।
बेलुका अं. ५ बजे अन्य सदस्यहरुलाई सुन्धारामा छोडी सोही राती अं. ९ बजे काठमाण्डौंबाट दाङ फर्किए बस्नेत।
पुस १ गते आइतबार सुशिल लगायतले योजना कार्यान्वयनको लागी भृकुटीमण्डपबाट झोला र ज्याकेट तथा महाबौद्धबाट २ वटा प्लाष्टिकको पेस्तोल किने।
सोही साँझ बस चढेर ४ जना दाङ घोराही गएर घोराही स्थित Anjila Hotel मा बास बसे।
पुस ३ गते मंगलबार खगेन्द्र बस्नेतले बिहान ८ बजे होटलमा गएर योजना सम्बन्धि ब्रिफिङ पश्चात बैंकको जानकारी लिनको लागी दिउँसोको १४:४५ बजे बैंकमा आउन जानकारी गराए।
दिउँसो ३ बजेतिर बैंकमा प्रेम र प्रकाश प्रवेश गरी बैंकको अवलोकन पश्चात् बैकल्पिक मार्गबाट निस्कने बाटो हेरी पुन: होटलमा फर्किए।
योजना अनुसार पुस ४ गते बुधबार बेलुकी ५:४० बजे बैंकमा प्रबेश गर्नु पुर्व बैंकमा कार्यरत Security Guard लाई ज्याकेट वितरण गर्ने कार्यक्रम रहेकोले अन्य Branch Guard हरु समेत जम्मा भएकोले खगेन्द्र बस्नेत तल झरेर उक्त दिनको बैंक लुट्ने योजना रद्द गरेको जानकारी गराएको र पुन: शुक्रबार गर्ने योजना बनाएको।
कार्यक्रम स्थगित भए पश्चात सोही दिन बेलुका सुशिल र प्रेम काठमाण्डौं फर्केको ।
बिहिबार पुन: सुशिल र प्रेम दाङको लागि प्रस्थान गरेको ।
घटना पश्चात लुटिएको रकम सुरक्षित स्थानसम्म पुर्याउनको लागि तिर्थराज शर्माको बा ७ च ३६८५ नं.को रातो बोलेरो जिप लिएको।
योजना मुताबिक मिति पुस ६ गते शुक्रबार दिउँसो १ बजेतिर ४ जनाको समुह घोराहीबाट तुलसिपुर प्रस्थान गरेको ।
अन्दाजी १५:१५ बजेको समयमा १००, ५०, २० र १० दरका अं. २०-२५ हजार चानचुन पैसा खगेन्द्र बस्नेतले बसपार्कमा पुगेर सुशिललाई हस्तान्तरण गरेको।
घटनापश्चात् भाग्नको लागि २ वटा तुलसीपुरबाट र २ वटा घोराहीबाट बसको टिकट खरिद गरेको।
अं. १७:४० बजे IMEI बाट पैसा पठाउनको लागि मिनुर र Deposit गर्नको लागी प्रेम र प्रकाश बैंकमा प्रबेश गरेको ।
अं. १८:०५ मा पेस्तोल झिकी बैंक मेनेजर ऋषि श्रेष्ठ, सुरक्षा गार्ड प्रेम नेपाली तथा क्यासियर लाई नियन्त्रणमा लिई भल्ट कोठामा प्रवेश गरेको ।
मेनेजर तथा गार्डलाई घोप्टो पारेर हात बाँधी राखेको तथा क्यासियरले भल्ट बाट पैसा निकालेर एउटा ठूलो झोलामा राखी दिएको ।
अं. १८:१० मा प्रकाश परियारले पैसा लिएर बैंक बाट बाहीर निस्की आलु मण्डी नजिक रहेको बा ७ च ३६८५ नं. को जीपमा बसेर कपडाको बदली केही पर खाली चौरमा झरेको ।
प्रकाश परियारले उक्त झोलाबाट अं. एक लाख पचार हजार जति पैसा निकालेर लिएको।
जिप चालक अमर बोहराले उक्त पैसा भएको झोला आफ्नो कोठामा राखी पुन: जीप बैंक अगाडिनै पार्किङ गरी राखेको ।
घटना पश्चात झोला र नक्कली पेस्तोल केही पर नालीमा फालेर ४ जना बस पार्कमा पुगी लोकल बसमा चढी घोराही तर्फ गएको ।
घोराहीबाट सुशिल र मिनुर तामाङ एउटा बसमा तथा प्रकास परियार र प्रेम तामाङ अर्को बसमा चढी काठमाण्डौं तर्फ आएकोमा प्रकाश परियार मुङलिङमा उत्रिई आफ्नो गाँउ गोरखा पालुङटार-४ बटडाँडामा गई हजुर आमालाई पचास हजार दिई भोलिपल्ट काठमाण्डौं फर्कने क्रममा डुम्रेबाट कामना बिकास बैंक मार्फत आफ्नो बुबालाई रु. ६०,२५०।- बैंक ट्रान्सफर गरी काठमाण्डौं आएको।
पुस ९ गते अमर बोहोराको कोठाबाट ८६ लाख ७९ हजार रकम बरामद भएको ।

घटनामा संलग्न सबै २० देखि ३० वर्ष उमेर समूहका छन्।
By Salokya, mysansar on December 28th, 2012
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !