CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हिमालयन बैंकबाट ग्राहकको पैसा गायब ????

हिमालयन बैंकबाट ग्राहकको पैसा गायब ????

काठमाडौ। नेपालका कतिपय नाम चलेका बैंकहरुमा समेत ग्रााहकको रकम असुरक्षित हुनथालेको छ। हालै सार्बजनिक एक समाचार अनुसार नेपालको चर्चित मानिएको हिमालयन बैंकको खाताबाटै ग्राहकको रकम हराएको छ। रकम हराउन थालेपछि बैंकले सबै डेबिट कार्डको कारोबार रोक्का गरेको छ। हिमालयन मात्रै होइन, एनआईसी र एस डेभलपमेन्ट बैंकले पनि डेबिट कार्डको कारोवार रोक्का गरेको जानकारहरुको भनाई छ। यसले लाखौं ग्राहक प्रभावित भएका छन्।   हिमालयन बैंकले एक वर्षअघि नेपालमा सबैभन्दा सुरक्षित कार्डभन्दै चिपमा आधारित ईएमभी कार्डको शुरुवात गरेको थियो, तर त्यही बैंकमा यो वर्ष दोस्रो पटक कार्ड सिस्टमबाट ठगी भएको हो। पछिल्लो पटक ४० लाख रुपैयाँ ठगी भएपछि हिमालयन
बैंकले आफ्ना सबै डेबिट कार्डको कारोवार रोकेको बताइएको छ। यसअघि कार्डबाट ५ करोड ७६ लाख रुपैयाँ हिनामिना भएको आरोप लगाउँदै हिमालयन बैंकले आफ्ना डेपुटी  म्यानेजर अनिषभक्त सुवालविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरीसमेत दायर गरेको थियो। कार्ड सेन्टरमा कार्यरत सुवालले भिसा मास्टर कार्डमार्फत पठाएको रकम रिसिभल एकाउन्टबाट डाटा मेटाउँदै पटक पटक गरेर सो रकम झिकेको उजुरीमा उल्लेख थियो। पछिल्लो समयमा ग्राहकको जानकारी विनै भारतको नयाँ दिल्लीबाट कार्डमार्फत अनाधिकृत रुपमा रकम झिकिएको पाइएपछि बैंकले सबै डेबिट कार्डको कारोबार रोकेको थाहा भएको छ।  रकम हराउन थालेपछि पछिल्लो समयमा हिमालयन बैंकसँगै एनआईसी र एस डेभलपमेन्ट बैंकले सम्बन्धित बैंकमा पुगेर आफ्नो कार्डको पिन नम्वर र डेबिट कार्ड परिवर्तनगर्न आग्रह गरेका छन्। 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis