CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » परिवारले समेत भेट्न पाएका छैनन् कर्णेल लामालाई

परिवारले समेत भेट्न पाएका छैनन् कर्णेल लामालाई


जनवरी ३ को बिहान लन्डन नजिकैको इस्ट ससेक्सस्थित घरभित्र ५ जना प्रहरीले बन्दूक तेर्स्याउँदै एक जनालाई गिरफ्तार गरे। उनी थिए नेपाली सेनाका कर्णेल कुमार लामा। लामा बेलायती नागरिकता लिइसकेकी पत्‍नी लक्ष्मीको घरमा थिए। एक्कासी प्रहरीले बन्दूक देखाउँदै पक्रेर लगेपछि श्रीमती र छोरीहरुको रुवाबासी चल्यो। त्यो दिनदेखि परिवारले कर्णेल लामालाई भेट्न पाएका छैनन्। बेलायती प्रहरीले लामालाई परिवारसित भेट्न दिएको छैन। गएको शनिबार अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेपछि २४ जनवरीसम्म थुनामा रहेका उनलाई अहिलेसम्म वकीलहरुले मात्रै भेट्न पाएका छन्। आज वकीलले परिवारलाई भेट्ने अनुमति पाउनका लागि प्रयास गर्ने भनिएको छ। नेपाली दूतावासले कर्णेल लामाका लागि एभरेस्ट ल सोलिसिटर्सका राजु थापाको सिफारिशमा कानुन व्यवसायी नियुक्त गरेको छ। ती कानुन व्यवसायी यस्तो मुद्दाका लागि भन्दा पनि इमिग्रेसन मुद्दाका लागि प्रख्यात भएको बुझिएको छ।
‘१४ वटा टेपको बयान’
जनवरी ३ मा हिरासतमा लिएपछि ५ मा अदालतमा पेश गर्नुअघिसम्म लन्डनको मेट पुलिसले यो केसबारे कर्णेल लामासित विस्तृत केरकार गरेको थियो। १४ वटा टेपको बयान लन्डन प्रहरीले उनीसित लिएको बुझिएको छ।
साथी सुराकी ?
सेना होस् वा प्रहरी, विदेशमा युएन मिसनमा जान पाउनु भनेको निकै आकर्षणको विषय हो। मिसनमा जान पाउन अनेक थरि चलखेलसमेत हुने गर्छ। दक्षिणी सुडानमा मिसनमा जान पनि उनकै समकक्षी दुई जनाले प्रयास गरेको तर नपाएपछि उनीहरुले नै सुराकी दिएर पक्राउन सहयोग गरेको अप्रमाणित खबर पनि आएका छन्। लामा परिवारले सेनाभित्रैबाट षड्यन्त्र भएको बताएको भनिएको छ। तर यसबारे प्रमाणै भने पाउन सकिएको छैन। बेलायतमा उजुरी भने नेपाली एनजिओ एडभोकेसी फोरमले हिकम्यान्ड एन्ड रोज सोलिसिटर्ससँग मिलेर गरेका हुन्।
कारबाही भएको कि नभएको ?
कर्णेल लामामाथि गोरुसिङ्गे ब्यारेकमा जनकबहादुर राउत र कमर हुसेनले यातना दिएको अभियोग लगाएका छन्। एउटा अभियोग सन् २००५ मा जनकबहादुर राउतलाई कपिलवस्तुको गोरुसिङ्गे ब्यारेकमा गैरन्यायिक हिरासतमा १५ दिनसम्म दिइएको यातना हो। सोही ब्यारेकमा झण्डै छ महिनासम्म यातना दिएको अर्को अभियोग करम हुसेनले लगाएका छन्। कर्णेल लामाविरुद्ध कपिलवस्तु जिल्ला अदालतले २०६४ सालमै राउतको मुद्दामा उनलाई दोषी ठहर गर्दै विभागीय कारबाही र क्षतिपूर्तिका लागि आदेश गरिसकेको थियो।
कारबाही भएको थियो कि थिएन ? यसअघि सैनिक स्रोतहरुलाई उद्‌धृत गर्दै आएको खबरमा उनलाई बढुवा रोक्ने गरी विभागीय कारबाही गरिसकेको बताइएको थियो। अदालतले कस्तो आदेश दिएको थियो ? कारबाही भए/नभएको, भएको भए सबै कागजात पठाउन बेलायतको वकीलले दूतावासमार्फत् नेपालमा खबर पठाएका छन्। राउतसम्बन्धी मुद्दाबारे कान्तिपुरमा खबर आए पनि हुसेनको मुद्दाबारे केही पनि खबर अझै सार्वजनिक भएको छैन।
बरु उनी गोरुसिंगेमा कमान्डर रहेका बेला एकै वर्षमा प्रतिकार समितिले जिल्लाका ४४ गाविसमा ७ सय ८ घरमा आगजनी, लुटपाट र तोडफोड गरेको इन्सेकको मानवअधिकार वर्ष पुस्तक २००६ मा उल्लेख भएकोदेखि म नै राज्य हुँ भन्दै लामाले प्रतिकार समूहलाई बजारमा घिसार्दै लगेका ९ जना माओवादी कार्यकर्तालाई ढुंगाले किचीकिची मारे हुन्छ भन्दै उक्साएको आरोपसहितका समाचार प्रकाशित भए।

By Salokya, on January 9th, 2013
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis