"आफ्नो विवाहको पाँचौ वर्षगाँठ मनाउन सुन्दर द्विपमा गएका एक जोडीको खान (परेश रावल) सँग भेट हुन्छ र कथा थ्रिलरका रुपमा अघि बढ्छ ।"
खानको भूमिकामा परेश रावलले राम्रो काम गरेका छन् । राजीभ खंडेलवाल पनि विवानको रोलमा जमेका छन् । निर्देशकले उनको भरपुर उपयोग गर्न सकेका छन् । टीना देसाइले पनि सियाको भूमिकामा न्याय गरेकी छन् ।
आदित्य दत्तको निर्देशन राम्रो हुँदा हुँदै पनि कथा केही सुस्त गतिमा अघि बढेको भएको महशुस हुन्छ । फिल्ममा गीत जवरजस्ती थोपेको जस्तो लागे पनि सुन्दा राम्रै छन् । अमर मोहिलेको ब्याकग्राउण्ड स्कोर अझै राम्रो हुने सम्भावना थियो भने फिजीको लोकशन मनमोहक छ ।
फिल्मले शुरुकै दिनमा ५ करोड भारुको व्यापार गरेको बताइएको छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !