उजुरी आएमा मात्र कारबाही ?
पुस ३ को सौर्य दैनिकमा पत्रिकामा पढेको थिएँ डान्स रेस्टुरेन्टमा काम गर्ने युवतीलाई संचालक र संचालकका साथि भाइले जबर्जस्ति यौन शोषण गर्ने, काम छाडेर जानेलाई कोठामा गुण्डा पठाएर जबर्जस्ति उठाएर ल्याउने गर्दा रहेछन र पीडितले उजुरी गर्दा प्रहरीले पैसा वा शरीर माग्दा रहेछन, प्रहरीलाई भन्न जाँदा फर्केर आउँदा उल्टै साहुलाई कुरा प्रहरीले नै लगाइसकेको हुन्छ र बढी शोषण हुँदो रहेछ र अझ बढी प्रताडित हुनुपर्दो रहेछ अनि ति संचालकले आफ्नो वरिपरिका सुरक्षा निकायलाई हप्ता बुझाएर ढुक्क हुँदा रहेछन ! यो नौलो कुरा होइन हाम्रो मुलुकमा हुने सुन तस्करी,जाली नोट, लागु औषध,बेश्याबृति यी सबै प्रहरी र राजनीतिक संरक्षणमा हुन्छ भन्ने कसलाई थाहा नहोला र ? तर पनि माथि उल्लेखित घटनामा भनिएको छ ‘घटनाबारे आफूलाई कुनै जानकारी नआएको एसएसपी जयबहादुर चन्दले बताए । महिला हिंसासँग जोडिएका वा कुनै अपराधका घटनाको जानकारी प्रहरीमा आए आफू तत्काल कारबाही प्रक्रियामा जाने उनले बताए ।
प्रहरीसँग मुछिएका अन्य घटनाको छानबिन प्रक्रिया अघि बढाउने एसएसपी चन्दले बताए’ । ति प्रहरी प्रमुखले उही सरकारी थेगो दोहोर्याएका छन् ‘अहिले सम्म हामीलाई कसैले त्यसो गरेको जानकारी वा उजुरी आएको छैन आएमा अवश्य कारवाही हुन्छ’ !एउटा प्रहरी अफिसरको छोरा-छोरीलाई उनि साँझ परेपछि घर बाहिर नजान भन्छन शान्ति सुरक्षा छैन भन्नेमा उनि सन्तान प्रति चिन्तित छन्, डिस्कोमा जानेलाई उनि स्वयम् कोर्के नजरले हेर्छन, आफ्नो छोराले एउटा डिस्कोमा काम गर्ने केटि संग नाचेको मन पराउँदैनन् ,कुनै होटल,रेस्टुरेन्टमा काम गर्ने केटीलाई मर्न परे पनि बुहारी बनाउन राजि हुन् सक्दैनन् किनकी उनलाई थाहा छ कैयन मसाज पार्लर,रेस्टुरेन्ट आदिमा पाकेको मासुको आडमा काँचो मासुको ब्यापार बढी हुन्छ, जुन ति अफिसर हामि भन्दा सयौं गुणा बढी जानकार छन् र जसको रस जानी नजानी कैयन प्रशासकले पनि कार्यालयमा बसेर पिउँछन् (बुहारी बनाउने भन्ने एउटा उदाहरण मात्र दिन खोजेको हो मैले यथार्थ हाम्रो दैनिकी नै हो ) अनि साँझ आफ्नै कुनै छिमेकी संग आफ्नो टोल,शहर वा देशकै दुरावस्थाको गुनासो पनि तिनै प्रशासकले गर्छन र पनि त्यहि समाजमा बस्ने कुनै व्यक्ति वा पत्रकारले ति अफिसर संग त्यहाँ हुने गतिविधिको बारेमा प्रश्न गरेमा उनको त्यहि थेगो तानिन्छ ‘अहिले सम्म हामीलाई कसैले त्यसो गरेको जानकारी वा उजुरी आएको छैन आएमा अवश्य कारवाही हुन्छ’
! आखिर यो कहिले सम्म तपाईं हरु यसरी निर्ल्लज बोल्नुहुन्छ ? अन्त्यत तपाईं हरु पनि त एक दिन अवकाश लिएर त्यहि समाजको पूर्णकालीन सदस्य भएर बाँच्ने हो भने आफ्नो समाजलाई किन सहयोग नगरेर,सत्य नबोलेर आफुलाई लालचको डोरीले बान्ध्नुहुन्छ ? के ति विकृतिमा तपाईंका सन्तान नफस्ने पक्का छ र ? त्यो समाजमा फैलिने कुनै दुर्गन्धले तपाइंको घर अछुतो रहला र ?
जुन घटनाको बारेमा दैनिक तपाईं कार्यालय पुग्दा तपाइंको दृष्टि कुरेर तपाईंको टेबलमा लडिरहेका पत्रिकामा पढ्नुहुन्छ, जुन घटना कार्यालय समय पछि घर जाँदा बाटोमा आफुले देख्नुहुन्छ-भोग्नुहुन्छ, जुन घटना घरको बैठकको सोफामा बसेर टेलिभिजनमा हेर्नुहुन्छ, जसको कैयन पटक तपाईं स्वयम् साक्षी हुनुहुन्छ ति घटनामा पनि दोषीलाई कारवाही गर्न तपाईं हरुलाई कुनै व्यक्तिको उजुरी नै चाहिने ! कस्तो निर्लज्ज स्वाभाव हो हजुर यो ?
आज पौष ४ गतेको नगरीक न्युजमा सुरेन्द्र पौडेलले ‘पर्यटन भिसामा युएई जानेमाथि कडाइ’ शिर्षकमा लेख्नु भएको लेखमा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, ‘जोखिम क्षेत्रमा जाने भएर मात्र होइन, युएई जानेहरूले पेस गरेको धेरै पर्यटन भिसा नक्कली देखिएकोले कडाइ गरिएको हो।’ भन्ने भनाइ प्रति आफ्ना अनुभवका २-४ शब्द लेख्न मन लाग्यो !
महानिर्देशक ज्यू ले भने जस्तै पर्यटन भिसा नक्कली नभएको होइन, लगभग दैनिक पर्यटन भिसामा जाने मध्ये अधिकांश सायद नक्कली नै हुन्छ जस्तो मलाइ लाग्छ ! र उहाँहरुले चाल्नु भएको यो कदम कदर योग्य पनि छ तर हाम्रा प्रशासक त्यो जुनसुकै दल,जाति,धर्म,वर्णको होस् उनीहरुका गल्तिको पनि पटक-पटक हामि नै शिकार हुँदै आएका छौं जसका थुप्रै उदाहरण छन् र महानिर्देशक ज्यूको यो बक्तब्य अनि राष्ट्र बैंकले खाता खोल्न हजुरबुबा-हजुरआमाको नागरीकता अनिवार्य गर्ने निर्णय अहिलेका ताजा उदाहरण मान्न सकिन्छ !
आखिर एउटा सामान्य व्यक्तिले कसरि बनाउँछ त नक्कली भिसा ? एउटा पढे-लेखेको,सोधेका कुराको जवाफ फर्काउन सक्ने स्मार्ट व्यक्ति सक्कली भिसा लिएर अध्यागमन पार गर्न पाउँदैन तर नाम सम्म लेख्न नजान्ने व्यक्ति सहजै अध्यागमन बाट नक्कली भिसामा दुबई पुग्छ कसरी त ? ल आज अनुभव साटौं न त !
महानिर्देशक पूर्णचन्द्र भट्टराई ज्यू तपाइंले भेटिए भनेका ति सबै नक्कली भिसा आज बाट होइन बिगत ५-६ बर्ष देखि ( सायद यो भन्दा पनि पहिले बाट ) तपाईंहरु कै सहयोग वा छत्र छाँयाँमा बन्ने गर्छन यो तितो सत्यलाई नकारेर तपाइंले दिने जवाफ पनि मलाइ थाहा छ, त्यो हो ‘अहिले सम्म हामीलाई कसैले त्यसो गरेको (आफ्ना कर्मचारी) जानकारी वा उजुरी आएको छैन आएमा अवश्य कारवाही हुन्छ’ ! र बिगतमा भएका १-२ कारवाहीका उदाहरण पनि दिन सक्नुहुन्छ ! तर ति कारवाही तपाईं हरुको इमान्दारिताले भएका थिए वा मिडियाको सकारात्मक भूमिकामा तपाईं हरुले आफ्नो नाङ्गो लुकाउन गर्नु भएको थियो त्यो सर्वबिदितै छ ! यो भनाइ हाम्रा प्रशासकको आम र साझा ‘थेगो’ हो भट्टराई ज्यू ! यो हामि माथि कस्तो अन्याय हो भट्टराई ज्यू ? हामि बीच केहि सामान्य भिन्नता बाहेक अधिकांश समानता छन् ,एकै समाजका पात्र हौँ हामि तर पनि त्यो १०-५ बजे बिचमा बोलिने शब्द किन यस्ता घुमाउरा ?
ल अब कुरा गरौँ वैदेशिक रोजगारको
भट्टराई ज्यू यहाँ जुन नक्कली भिसाको कुरा उठाइयो यो तपाईं हरु मातहत कै निकाय बाट हुन्छ जुन सत्य तपाइंलाई थाहा छ ! हामीलाई झुट बोले पनि तपाइंले आफुलाई झुट बोल्न सक्नु हुन्न ! वैदेशिक रोजगार देखि बिमानस्थलमा काम गर्ने कर्मचारीको संलग्नता बिना यो सम्भव नै छैन ! किनकी हामीले भोगेका छौं त्यहाँ कार्यरत कर्मचारी यस्ता गल्ति समाउन सम्पूर्ण रुपमा योग्य छन् तर यसमा उनीहरु नै संलग्न हुनाले हामि पिडित भएका हौँ ! त्यहाँका कर्मचारीले इन्ट्रीको छाप हान्ने बेलामा अनुहार हेरेर भन्छन अहो अफगानिस्तान-इराक बाट आउनु भएको रहेछ भनेर ! सामान्यतया त्यो छुट्याउन त्यति गाह्रो पनि छैन दैनिक त्यहाँ काम गर्नेलाइ तर कुरा नियतको हो ! कुनै व्यक्ति नेपालबाट इराक अफगानिस्तान जानु परेमा पहिला कतैबाट एउटा दलाललाई सम्पर्क गरिन्छ र उसले पनि आफ्नो सहायक मार्फत सम्पर्क गर्छ अनि दुबई सम्मको टिकट,विसा र त्यहाँ देखाउनु पर्ने ५०० अमेरिकी डलर सबै आफुहरु मार्फत नै उपलब्ध गराउँछ ! त्यसमा अधिकांश फर्कने टिकट र विसा नक्कली हुन्छ भने त्यो डलर साटेको बैंकको छाप नक्कली हुन्छ कि सक्कली थाहा भएन तर छाप हुन्छ ! अनि जाने मान्छेको नाम भित्र विमानस्थलका कर्मचारीलाई पठाइन्छ र जाने दिन दलालले विमानस्थल पुर्याउँछ ! यसरी सेटिङ्ग मार्फत जानेलाई बिमानका कर्मचारीले पनि केहि सोध्दैनन अन्यथा फर्किने नक्कली टिकटको त्यहीं पर्दाफास हुनेथियो ! त्यसपछि माथिल्लो तलामा रहेको अध्यागमनको लाइनमा पुगेर उभिंदा त्यहाँ घुम्दै गरेका कुनै कर्मचारी आएर सानो स्वरमा नाम सोध्छन ( दलाल मार्फत लगाएको कपडा आदिको आधारमा हुलिया दिइएको हुन्छ सायद ) र नआत्तिने आस्वासन दिन्छन ! त्यस पछि अध्यागमनका कर्मचारीले पुर्व सुचना अनुसार पहिचान गरि केहि नसोधी छाप हानि दिन्छन ! भट्टराई ज्यू लाइ यो नौलो जानकारी त होइन तर पनि अब सोच्नोस नेटवर्क कस्तो लाग्यो त ? अनि यदा कदा हुने घटनालाई लिएर तपाइहरु समक्ष पुग्ने पत्रकारलाई तपाईं हरुले त्यहि थेगोले झटारो हान्नु हुन्छ !
हामीले उजुरी कसरी गर्ने पहिलो कुरा त हामीलाई जानु पर्नेछ दोस्रो कुरा यी नेटवर्क संचालक संग कसैको सिधा सम्पर्क हुने होइन आज-भोलि त मुख्य दलाल पछि पनि २-३ जना राखेर पानि पूर्ण रुपमा धमिल्याइन्छ ! र यसरी उजुरी गर्ने व्यक्ति बिमान स्थल बाट बाहिरिंदा एक पल पनि सुरक्षित हुँदैन !
खासमा मलाई के लाग्छ भने केहि समय अघि देखि इराक-अफगानिस्तानमा रहेका नेपाली बाट सम्वन्धित निकायलाई स्पष्ट पारेर यी गन्तब्य अहिले रोजगारीको लागि सुरक्षित र आकर्षक रहेकोले यसलाई बैधता दिनुपर्ने माग भैराखेको छ ! त्यसका लागि कैयन व्यक्तिबाट बिभिन्न मिडिया मार्फत समेत भट्टराई ज्यू जस्ता उच्च पदस्थ व्यक्ति संग सम्पर्क र समन्वय गर्ने कोशिश भएकै हो ! यसै सिलसिलामा बि एफ बि एस रेडियोका संचालक बिनोद ध्वज खडका ज्यू ले पनि निक्कै सहयोग गर्नु भएकै हो ! यो घटनाले मिडियाको सहयोगमा यी देशमा रोजगारीको बाटोलाइ खोल्न सकेमा हरेक दिन हजारौं व्यक्ति ठगिन बाट जोगिने कुरामा दुइ मत नहोला ! र यी दुइ मुलुक सामान्यतया अन्य खाडी मुलुकको तुलनामा कामदारको लागि सुरक्षित र आकर्षक पनि छन् तर सत्य के पनि हो भने यी दुइ मुलुकमा जाने युवा यी भट्टराई ज्यू लगायत सुरक्षा निकायका लागि पनि आकर्षक आम्दानीका श्रोत हुन् यो श्रोत टुट्न नदिन उपल्लो स्तरमा ठुलै लविङ्ग हुने गर्छ ! केहि समय पहिला भएको त्यो प्रयासमा केहि यस्ता प्रावधान राखियो जुन कामदारको लागि सम्भव छैन जसमा भनिएको छ पाकिस्तान स्थित अफगानिस्तान हेर्ने नेपालि दुतावासले कागजात प्रमाणित गर्नु पर्ने भनेर ! त्यो कसरी सम्भव छ ? जुन निकायले यहाँ रहेका आफ्ना नागरिकको पासपोर्ट हराउँदा बनाएर पठाउन मिल्दैन भन्यो त्यो निकायले यो जिम्मेवारी बहन गर्ला त ( यसको बारेमा मैले यो लेख प्रकाशित भएमा अर्को लेख लेख्ने छु ) ? त्यसैले भट्टराई ज्यू को यो अभिव्यक्ति त्यो केहि दिन अगाडी गरिएको प्रयासलाई घुमाउरो झापड भन्दा अरु केहि होइन !
र मेरो एउटा सिधा प्रश्न तपाइंलाई भट्टराइ ज्यू
- अहिले कैयन नेपालीको स्तर भनेको विदेश काम खोज्न मात्र नभई ब्यबसायिक बाटाहरु खोज्न र घुम्न समेत जान सक्ने छ र अहिलेको शिक्षा प्रणालीले उनीहरु राम्रै अंग्रेजी सम्बाद गर्न सक्ने छन् यस अर्थमा कुनै व्यक्तिले सक्कली भिसा लिएर १०००-१२०० अमेरिकी डलर मान्यता प्राप्त बैंक बाट साटेको प्रमाण सहित जाने मुलुकमा कुनै होटल जानु पुर्व बुक नगरी उ त्यहीं पुगेर व्यवस्था गर्ने हिसाबले जान चाहन्छ भने हाम्रो अध्यागमनले जान दिने कि नदिने ? प्रयाप्त नगद लिएर २-४ दिनको लागि जान खोज्ने लाइ अध्यागमनले होटल बुक नभएको कुरा लिएर रोक्ने कुरा ज्याज छ कि छैन ? अर्को कुरा यदि जाने मुलुकमा आफ्नो कोहि रहेको छ भने उसको स्पन्सर लेटर मागिन्छ जुन आजभोलीको प्रविधि अनुसार इमेल बाट नै प्राप्त हुन्छ तर त्यहाँ कार्यरत कर्मचारीले त्यसलाई नक्कली हो भनेर दुख दिंदा त्यहाँ कार्यरत निर्देशक वा सो सरहका व्यक्तिलाई भेटेर गुनासो गर्दा पनि त्यहि भनाइ आउँछ भने एउटा सामान्य नागरिकले त्यसलाई पुष्टि गर्ने आधार के होला त ?
भट्टराइ ज्यू समग्रमा भन्दा हाम्रो यो समस्यामा तपाइंले दिएको अभिव्यक्ति सत्य त हो तर नियतमा लुकेको पाखण्ड नै हाम्रो समस्या हो त्यसैले आउनोस यहि मिडिया मार्फत खुल्ला छलफल गरौँ हामीले यहाँ गरीने काम, नियम र सुरक्षाको बारेमा वा तपाईं हरुलाई आवश्यक पर्ने जानकारी उपलब्ध गराउनछौं अनि तपाईं हरु हामीलाई स्पष्ट पार्नोस अहिलेको स्थितिमा इराक-अफगानिस्तान के कारणले रोजगारीको लागि असुरक्षित हो त ? बिगतमा १०-१२ बर्ष पहिले भएको घटनालाई आधार मानेर कहिले सम्म हामीलाई दुख दिने राज्य र तपाईं हरुले ? हो हामि हाम्रो स्वार्थ वा आफ्नो सुखद भविष्यको लागि यहाँ आएका हौँ तर के यसबाट राज्यलाई कुनै सहयोग नपुगेकै हो त ? बिदेशमा उद्योग-धन्दा गरेर बिदेशमै रमाउने देशको नागरीकता त्यागेका एन आर एन भनाउँदा हरुलाई तारे होटलमा तपाईं हरुलाई निमन्त्रणा गरेर मापसे पार्टी गर्न राज्यले करोडौं दिन मिल्ने तर हामि साधारण नगरीक जसले कमाएको हरेक महिनाको आम्दानि पूर्ण रुपमा स्वदेश पुर्याउँछ उसलाई गैह्र कानूनी बनाउनु के यो न्याय हो त ? राम्रा नीति ल्याउनोस, सहयोग गर्नोस हामीले कमाएको पैसाबाट देशमा जलबिधुत जस्ता टड्कारो आवश्यकता भएका योजनामा पूर्ण रुपमा जनताको लगानीका योजना ल्याएर एउटा इमान्दार समुह निर्माण गरेर हामीलाई आब्हान गर्नोस १०००,५०००,लाख जति सकिन्छ लगानी गर्दा पनि एउटा राम्रै जलबिधुत आयोजना तत्काल सम्पन्न गर्न सक्ने लगानी हामि जस्ता दुबई-कतार,मलेसिया,इराक,अफगानिस्तान,साउदीमा रहेका राज्य र एन आर एनको गणनामा नपर्ने हामि नेपालीले गर्न सक्छौं ! हामि कुनै सेमिनार वा मापसे पार्टी गर्न राज्य बाट भिक् माग्दैनौं बरु राज्यले अवसर दिएमा आब्हान गर्नोस फिर्ता नलिने गरी राज्यको लागि कुनै योजनाको लागि सहयोग गर्न सक्छौं त्यो रकम सानै भए पनि श्रदाको हुनेछ ! सधै नाफाको अवसर खोजेर लविङ्ग गरेर आश्वासन बाँड्ने हरु संग नतमस्तक भएर उनीहरुलाई चिन्नु,उनीहरुका सम्पर्क नम्बर खल्तीमा राख्नु, उनीहरुको रुवाइमा राज्यले दिएको भिकमा मापसे पार्टीमा उनीहरु संग २-४ वटा फोटो खिचाएर आफुलाई भाग्यमानि नठान्नोस ! अन्त्यमा यदि तपाइंको त्यो तर्क समाधान कै लागि हो भने यस बिषयमा खुल्ला छलफलमा आएर आवश्यक जानकारी यहि ब्लग मार्फत माग्नोस हामीले अवश्य सहयोग गर्नेछौं र यो ब्लग नै किन भने यसरी छलफल गर्दा हाम्रा जानकारी पनि तपाइंको टेबल मुनिको फाइलमा सड्ने छैनन् र धेरै भन्दा धेरै जानकारी थोरै समयमा पाउनु हुनेछ !

-सुशील कुमार- on mysansar
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !