CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हिसिलाकी सेक्रेटरीले ६ अङ्कमा चन्दा मागिन् : स्थापित

हिसिलाकी सेक्रेटरीले ६ अङ्कमा चन्दा मागिन् : स्थापित


'बल्छी हाल्ने, गड्यौंला नहाल्ने' भन्ने गरेको आरोप-
रघुनाथ लामिछाने, काठमाडौँ, माघ ११ - काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्तबाट हटाइएका केशव स्थापितले प्रधानमन्त्री पत्नी हिसिला यमि र उनकी सेक्रेटरी जानुकालाई रिझाउन नसक्दा आफूलाई तारो बनाइएको बताएका छन्। 'नागरिक'सँग कुरा गर्दै स्थापितले आफूसित उनीहरुले पटक पटक ‘रकम मागेको' दावी गरेका छन्।
स्थापित भन्छन्, "गएको तिहारमा जानुकाले तपाईंको घरमा देउसी खेल्न आउँछौं सहयोग गर्नुपर्छ नि भनेर फोन गरिन्। २०० जना आउँछौं भनिन्। मैले हुन्छ, मासुभात खुवाइदिउँला भनें। तर उनले योसँगै ६ अङ्कमा चन्दा दिनुपर्ने बताइन्। उनको पछि
बस्नेले हुँदैन, ७ अङ्कमा दिनुपर्छ भनेर कराए। मैले कुनै हालतमा सक्दिन भनें। जाबो १०-२० लाख रुपियाँ पनि दिन नमान्नेलाई के राख्नु प्राधिकरणमा भन्न थाले। अनि मैले मेरो घरमा देउसी खेल्नै नआउ भनें। त्यहाँबाट पनि उनीहरु रिसाए।"

प्राधिकरणबाट निकालिनु पर्ने कारण बारे थप बताउँदै स्थापितले भने, ‘ठूला योजना ल्यायो भने हिसिला आफैं रिसाउने। अनि यस्ता योजना नल्याउ भन्ने। कुनै योजना लग्यो कि ‘खालि बल्छी हाल्ने, गड्यौंला नहाल्ने' भन्थे उनीहरु। के गड्यौंला हाल्ने, खान्छ कि खाँदैन भन्यो भने हालेर त हेर्नुस् भन्थे। मेरो ९ महिनाको पूरै अवधि यस्तै गड्यौला विवादमा बित्यो। खाली अरबौंको काम भइरहेको छ, केही गर्नुपर्‍यो भनेर टोकसिरहने, काम भएको छ त मेरो अन्तर्गत भएको हो र? मेरै अन्तर्गत भए पनि म केही गर्न सक्दिन भनें। उनीहरु झन् रिसाउँथे।‘

पाँच वर्षका लागि नियुक्त गरिएका आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै त्यो निर्णय बदर गर्न उत्प्रेषण आदेशको माग गर्दै स्थापितले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने नगर्ने बारे आज न्यायाधीश कल्याण श्रेष्ठको इजलासले निर्णय गर्दैछ।

उनले आफू अदालत गइसकेपछि पनि जानुकाले फोन गरेर २० लाख दिने भए ३ महिनाका लागि म्याद थप्ने प्रस्ताव राखेको बताए।








---नागरिक 


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis