CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » तन बुढो भए पनि मन बुढो भयन लौ न !

तन बुढो भए पनि मन बुढो भयन लौ न !


बुढापाकाले यो उखान त्यत्तिकै चलाएका होइनन्। उमेरले नेटो काट्न लागिसकेका पुरुषहरूले तरुनी फकाएर कान्छी श्रीमतीका रूपमा भिœयाएका उदाहरण नेपाली समाजमा प्रशस्तै छन्। सत्तरी वर्षको वृद्धले विवाह गरेर घोर्ले छोरो जन्माएका समाचार पनि बेलाबखत सुनिन्छन्। घरकी श्रीमती, छोराछोरी र नातिनातिनालाई बिर्सेर अन्तैकी मैयासँग पल्किने कतिपय पुरुषका घरबारै समेत बिग्रेको पाइन्छ। आखिर मनै त हो। बुढेसकालको समयमा पनि मानिस हरतरहले मोजमस्ती गरेकै हुन्छ। युवा पुस्ता त छँदै छ, आधुनिक फेसन र पश्चिमा शैलीको

प्रभावमा प्रौढ पुस्ता पनि रंगरसमा डुबिरहेको छ। 
कोटेश्वरका ५५ वर्षीय रवि पाण्डे (नाम परिवर्तिन) चार सन्तानका बाबु हुन्। ठूलो छोराको विवाहसमेत भइसक्यो। दुई छोरी अध्ययनका क्रममा अस्ट्रेलियामा छन् भने कान्छो छोरा, श्रीमती र आफू गरी तीनजना अहिले सँगै बस्छन्। नाति खेलाउने बेला भएका पाण्डेको भने चाबहिल बस्ने एक युवतीसँग 'अफयेर' चलिरहेको छ। ती युवती नर्स हुन्। एक दिन इभिनिङ ड्युटी सकेर घर फर्किने क्रममा उनी गाडी कुर्दै थिइन्। यत्तिकैमा एउटा कार उनकै अगाडि रोकियो र उनलाई लिफ्ट दियो। उनीहरूको परिचय भयो, फोन नम्बर आदानप्रदान भयो। अविवाहित युवती धनीमानी पाण्डेको व्यक्तित्व र कुरा गर्ने शैली देखेर निकै प्रभावित भइन्। आखिर पाण्डेले उनलाई मायाजालमा पारिछाडे। आजकाल यो जोडी विभिन्न ठाउँमा डेटिङ जाने गर्छ।
केही दिन अघिको कुरा हो। सेतै फुलिसकेको, चाउरी पर्न लागेको एउटा अनुहार माथि-माथि हेर्दै ठमेलका गल्लीहरू फनफनी घुम्दै थिए। यत्तिकैमा उनी एउटा दुलोबाट फुत्त भित्र छिरे। माथिल्लो तलामा मसाज सेन्टर थियो। मैले उनको पिछा गर्न थालेँ। उनी छिरेकै गल्ली र दुलो हुँदै गएँ। त्यहाँ पुग्नासाथ बुढाले कुराकानी मिलाइसकेछन्। रकम बुझाएर नातिनी उमेरकी केटीसँग अर्को कोठाभित्र छिरे। तीनचार जना केटीले 'मसँग जाउँ्क, मसँग जाऊँ ...' भनेर घेराबन्दी गर्न थालेपछि त्यसको सामना गर्न मैले 'एकैछिन है, साथी पनि आउँदै छ' भन्दै खल्तीबाट मोबाइल झिकेर डायल गर्न थालेजस्तो गरेँ। पन्ध्र मिनेटमै अघि भित्र छिरेको जोडी बाहिरियो। 'छ्या! बुढोको त ...' केटी कराउँदै थिई। त्यो मान्छेले पूर्ण इमोसनमा सेक्स गर्न नसकेको उसको भाव थियो। म पनि बल्लतल्ल त्यहाँबाट फुत्किएँ।
विभिन्न अनुसन्धानले उमेर ढल्किँदै गएपछि स्त्रीहरूमा सेक्सप्रति उतिसारो चासो नहुने बताएको छ। तर, पुरुषहरूमा भने सेक्सप्रतिको चाह बुढो उमेरसम्म पनि कायमै रहन्छ। त्यस्तो सेक्स चाहना पूरा गर्न उनीहरू अनेक खालका प्रयास गरिरहेका हुन्छन्।
राजधानीमा च्याउसरी खुलेका दोहोरी साँझ तथा डान्स बारहरूमा युवाहरूमात्रै भेटिँदैनन्। त्यहाँ त पाका उमेरका विवाहित जोडीहरूको पनि बाक्लो उपस्थिति देख्न पाइन्छ। यसै क्रममा पुरानो बानेश्वरका ५२ वर्षीय एक पुरुष एक दिन ठमेलकै एक दोहोरी साँझमा श्रीमतीसँग भेटिए। उनी नेपाल सरकारका 'रिटायर्ड अफिसर' हुन्। शुक्रवारको साँझ दोहोरीको वातावरण पनि निकै रौनकपूर्ण देखिन्थ्यो। 'सधैं घरमा मात्रै कति बस्नु?' उनले भने, 'यसो हप्तामा एकदिन बुढाबुढी बाहिर कतै निस्कँदा छुट्टै आनन्द आउँछ। हामी प्रायः दोहोरी साँझमै बढी आउँछौँ। कहिलेकाहीँ स-परिवार क्याफे र रेस्टुरेन्टमा जान्छौँ।'
मानिसहरू अत्यन्त व्यस्त बन्दै गएका छन्। व्यस्ततासँगै मानिसलाई विभिन्न तनावले गाँज्दै लैजान थालेको छ। राम्ररी खाने, आराम गर्ने समयसमेत छैन उनीहरूलाई। त्यसैले व्यापार-व्यवसाय चलाउने हुन् या जागिरेहरू, फुर्सद मिलाएर 'नाइट स्टे' भन्दै विभिन्न रिसोर्ट, लज आदि ठाउँमा जाने चलन पनि बढ्दो छ।

खेम गैरे-'तन बुढो भए पनि मन बुढो हुँदैन।' - 








 नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis