काठमाडौं। विदेशी शहरबजारका नाम जोडिएका उच्चमाविको नाम परिवर्तन गराउने उच्चमाध्यमिक शिक्षा परिषदले सुरु गरेको अभियान बीचैमा रोक्ने भएको छ। ठूला र नाम चलेका भनिएका कलेजका सञ्चालकहरूको सम्बन्ध शिक्षामन्त्रीदेखि प्रधानमन्त्रीसम्म सीधा हुने गरेको र त्यही प्रभावले उच्चामावि परिषदमा राजनीतिक दबाब पर्न थालेपछि परिषद पछाडि हट्न बाध्य भएको हो। साना तथा राजनीतिक पहुँच कम भएका उच्चमाविले आफ्नो मात्रै नाम परिवर्तन गरिए राम्रो नहुने चेतावनी दिएका छन्। ती कलेजले पुराना र नाम चलेका लिटिल एञ्जल्स, जेम्सलगायतका कलेजको नाम परिवर्तन भएपछि मात्रै आफूहरू नाम परिवर्तनको पक्षमा रहने परिषदलाई बताएको थाहा भएको छ। परिषदका एक कर्मचारीले दिएको जानकारी अनुसार, परिषद्ले नाम चलेका लिटिल एञ्जल्स, जेम्मलगायका कलेजको नाम परिवर्तन गर्न नसक्ने अवस्था देखिएपछि सानालाई पनि
नछुने मुडमा पुुगेको हो। परिषदको सम्बन्धन महाशाखामा काम गरिरहेका कर्मचारी यही तनावका कारण सो महाशाखाबाट सरुवा हुने मेसो खोजिरहेका छन। विभिन्न विद्यार्थी संगठनबीच भएको सहमतिअनुसार, विदेशी नाम परिवर्तनका लागि २०६९ मंसिर १५ गते सम्मको म्याद दिइएको थियो। यस अवधिमा करिब ७० वटा उच्चमाविले नाम परिवर्तन गर्न सहमत भएको भन्दै निवेदन दिएका थिए। त्यस क्रममा नाम चलेका तथा ठूला भनिएका कुनै पनि उच्चमाविले निवेदन दिएका दिएनन्। निवेदन दिएका मध्ये पनि कतिपयले विदेशी नामकै अगाडि वा पछाडि नेपाली नाम झल्किने नाम राख्न पाउनुपर्ने पनि बताएका थिए। ठूला र नाम चलेका तथा महंगा उच्चमाविले राजनीतिक प्रभावमा आफ्नो कलेजको विदेशी नाम हटाउन नसक्ने अवस्था सिर्जना गर्न थालेपछि साना कलेजहरूको नाम पनि परिवर्तन गर्न नसकिने अवस्था आएको हो। सोही कारण सम्बन्धन महाशाखाका प्रमुख देवीप्रसाद बराकोटी सो शाखाबाट सरुवा हुन खोजिरहेको थाहा भएको छ। कलेजको विदेशी नाम परिवर्तन नसक्ने अवस्था सिर्जना भएपछि काम गर्न नसकेको आरोप खेप्नुभन्दा सो महाशाखा नै छोड्नु राम्रो हुने बराकोटीले बताउदै आएका छन। माघमा महिनामा स्वेच्छिक अवकाशमा जान लागेका ढालबहादुर खड्काको स्थानमा जाने मूडमा बराकोटी रहेको बताइन्छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !