दैलेखका कमारो सार्कीले केही दिनअघि आफ्नी श्रीमतीले यौनसम्पर्क राख्न नदिएको निहुँमा गुप्ताङ्गमा अगुल्टो झोसे। तीन सन्तानकी आमा चावली श्रीमान्ले रक्सी खाएको मन पराउँदिनथिन्। त्यसमाथि बिना तयारी अचानक यौनसम्पर्क राख्न खोज्दा उनको विरोध हुनु स्वाभाविक थियो। यद्यपि आफ्नो इच्छाबिना आइलाग्ने श्रीमान्सँग गरेको प्रतिकार चावलीका लागि पीडादायी भयो। दैलेख अस्पतालको बेडमा सञ्चारकर्मी हरूसँग उनी प्रश्न गर्दै थिइन्, 'मैले सधैं दासी भएर
उसको इच्छा पुरा गर्नुपर्ने ?'
निरक्षर चावलीलाई महिलाअधिकारको कुरा थाहा छैन। श्रीमान्ले जबरजस्ती सम्पर्क राख्दा त्यो बलात्कार हुन्छ भन्ने सर्वोच्च अदालतको फैसला पनि उनले सुनेकी छैनन्। १० वर्षदेखि बिनाइच्छा र बिनातयारी श्रीमान्को साधन मात्र हुनुको पीडाले रन्थनिएकी चावलीले बल्ल प्रतिकार गर्न सकेकी थिइन्। यद्यपि उक्त प्रतिकार कमारोका लागि लज्जाको विषयभन्दा पनि प्रतिष्ठाको विषय बन्न पुग्यो। श्रीमान्ले भनेका बेला श्रीमती तयार हुनुपर्छ भन्ने परम्परावादी धारणा बोकेका कमारोले श्रीमतीको गोप्य अंग नै अगुल्टाले पोलिदिए।
निरक्षर एवं कथित दलितको घरमा घट्ने यस्ता घटना धेरैका लागि सामान्य लाग्न सक्छ। यद्यपि अहिले आइरहेका धेरै घटना यस्ता व्यक्तिह रूबाट भैरहेका छन्, जसको कल्पना सभ्य मानिसले गर्न सक्दैनन्। आफन्त, शिक्षित, देशका रक्षक एवं गाउँ-घरका भलाद्मीहरूबाट कमारोको भन्दा पनि गम्भीर र लज्जास्पद घटना घटिरहेका छन्। प्रत्येक घटना यति लज्जास्पद छन्, जसको बयान सुनेर प्रत्येक नेपालीको शिर निहुँरिन्छ।
भोजपुरकी शिला राईले दलालको भनाइमा लागेर नक्कली पासपोर्ट बनाउनु नै आफ्नो इज्जत लुटिने कारण बन्न पुग्यो। दलालले बनाएको पासपोर्टमा विदेश बसेर फर्किएकी शिलालाई अध्यागमनका कर्मचारीहरूले कमाइ खाने बाटो मात्र बनाएनन्, उनको कमजोरीको फाइदा उठाएर बलात्कार पनि गरे। अप्ठारोमा परेकी महिलालाई सहयोग गर्नुपर्ने प्रहरीले बलात्कारलाई सहयोग मात्र पुर्याएन, उसले समेत त्यो कुकृत्य गर्यो। यो घटनाबाट सिंगो निजामती सेवा एवं प्रहरी प्रशासनको इज्जतमा धक्का लाग्नुपर्ने थियो। सबै मिलेर ती अभियुक्तहरूलाई हदैसम्मको कारवाही गर्न दबाब दिनुपर्नेमा उनीहरूका हाकिमले साधारण कारवाही गरेर घटनालाई सामान्यीकरण गर्न खोजे। वाहिर विरोध हुन थालेपछि ती व्यक्तिहरूले पीडितलाई डेढलाख दिए पुग्ने किसिमको सल्लाह दिए। यही सल्लाहमा मन्त्रिपरिषद्ले पीडितलाई डेढ लाख दिएर घटनालाई साम्य बनाउने प्रयास गर्यो। जब पत्रिकाहरूमा घटनाका विस्तृत विवरण छापिन थाले, प्रधानमन्त्रीजस्ता देशका अभिभावक पनि एउटा महिला बलात्कृत हुनु र लुटिनुलाई सामान्य घटना मान्दा रहेछन् भन्ने महसुस भयो। फेरी नेपालीहरूको शिर लाजले झुक्यो।
बलात्कार निकै ठूलो अपराध भए पनि महिलालाई हेर्ने सामाजिक दृष्टिकोण एवं कमजोर न्यायप्रणालीका कारण यो सामान्य बन्दै गएको छ। प्रहरी प्रधान कार्यालयमा उपलब्ध तथ्याङ्क हेर्दा पनि उक्त कुरा पुष्टि हुन्छ। पाँच वर्षअघि देशभरमा २ सयजति बलात्कारका घटना बाहिर आएका थिए। त्यसको दुई वर्षपछि यो बढेर ३ सय ७६ पुग्यो। यो वर्ष बलात्कारका घटना ५ सय ७५ पुगेको बताइन्छ। सबैभन्दा गम्भीर कुरा ती घटनामध्ये २० प्रतिशतको हत्या भएको देखिएको छ। बलात्कार गर्ने व्यक्तिले महिलालाई त्यसै छाड्दा आफ्नो अपराध बाहिर आउने डरले हत्या गरेर बच्ने प्रयास गरेको देखिन्छ। यद्यपि यी बाहिर आएका कारण राखिएका तथ्याङ्क मात्र हुन्। विभिन्न अनुसन्धानले धेरैजसो यस्ता घटना परिवार एवं आफन्तको इज्जत जाने डरले सार्वजनिक हुँदैनन्। सार्वजनिक नभएका बलात्कारका घटना त्योभन्दा दोब्बर हुन सक्ने जानकारहरूको अनुमान छ। यद्यपि बढ्दो सञ्चारमाध्यम, मानवअधिकारवादीहरूको अनुगमन एवं शिक्षाका कारण अपराधीलाई छाड्नु हुँदैन भन्ने महिलाहरूको आँटले गर्दा पहिलेको तुलनामा बढी घटना बाहिर आउन थालेका छन्। बलात्कारका घटना बढेको देखिनुको एउटा कारण यसलाई पनि मानिएको छ। यद्यपि घरभित्र वा आफन्तबाट हुने बलात्कारका घटना भने अझै पनि किनै कम बाहिर आउने गरेका छन्।
आफन्त नै यस्ता भएपछि...
नेपालीहरूले शीर निहुराउनुपर्ने अर्को भित्री पाटो आफन्तबाटै हुने बलात्कार पनि एक हो। बाहिरियाबाट हुने बलात्कारका धेरै घटना बाहिर आउन थाले पनि हाडनाता करणी वा जबरजस्तीका घटना परिवारले अझै पनि लुकाउने गरेका छन्। यद्यपि पछिल्लो समय हाडनाता करणीका घटना तीव्र रूपले बढेको अनुसन्धानहरूले देखाएका छन्। प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्याङ्कमा पनि बाहिरियाभन्दा चिनेजानेका व्यक्तिबाट बलात्कार बढिरहेको देखिएको छ। आफन्तहरूबाटै महिला असुरक्षित हुँदै जानु अहिले प्रहरीको पनि चिन्ताको विषय बनेको छ। महिलाअधिकारवादीहरू भन्छन्, 'आफन्तले नै चेलीबेटी बलात्कार गर्न थालेपछि उनीहरूले कसबाट सुरक्षित महसुस गर्ने ?'
गएको असारमा इटहरीमा एक ३५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गर्यो। घरमा सुन्दर श्रीमती हुँदाहुँदै उसले आफ्नै छोरीलाई ५ वर्षअघिदे खि बलात्कार गर्दै आएको थियो। सबैभन्दा लज्जास्पद कुरा छोरीको उमेर त्यो बेला जम्मा छ वर्षको मात्र थियो। आफ्नै छोरीलाई ५ वर्षदेखि बलात्कार गरिरहेको त्यो युवक त्यति बेला मात्र प्रहरीको फन्दामा पर्यो जव ती वालिका ११ वर्षकी भइन् र आफ्ना साथीसँग गुप्ताङ्गको घाउ दुख्ने
गरेको बताइन्।
गत साता नेपाल साप्ताहिकले नेपाली चेलीहरू कति असुरक्षित जीवन बिताइरहेका छन् भन्ने विषयमा विशेष रिपोर्ट प्रकाशन गरेको थियो। उक्त रिपोर्टमा काठमाडौंमा साँझ पनि नहुँदै एउटी युवती बलात्कारको सिकार भएको कुरा उल्लेख छ। दुई व्यक्तिले सार्वजनिक सवारी चल्ने रोड छेउमै युवतीलाई बाँधेर उक्त कृत्य गरेका थिए। ती दुवैलाई प्रहरीले अहिलेसम्म पक्रन सकेको छैन। यस्तै घटना भारतको राजधानी दिल्लीमा भएपछि त्यसले देश हल्लाएको थियो। राष्ट्रपति, प्रधानमन्त्री, सबै दलका नेता एवं जनता एक ठाउँमा आएर त्यसविरुद्ध नाराबाजी गरेका थिए। नेपालमा भने यस्ता घटनाप्रति मानिसको विरोध निकै कम हुने गरेको, जसले जे गरे पनि महत्व नदिने कारणले अपराधीहरूको मनोबल बढिरहेको पाइन्छ। सबैभन्दा डरलाग्दो कुरा महानगरीय प्रहरीले दिएको तथ्याङ्क अनुसार हरेक २० घन्टामा एउटी युवती बलात्कृत हुने गरेका छन्। त्यसमा पनि बलात्कृत हुने किशोरीभन्दा बालिका बढी छन्। यो डरलाग्दो तथ्याङ्कले नेपाली जनता संवेदनहीन हुँदै गएको तथा प्रशासन यस्ता अपराधप्रति गम्भीर हुन छाडेको देखिएको छ।
आखिर किन यस्तो
महिलामाथि हुने बलात्कार महिला हिंंसाको अन्तिम रूप हो। बलात्कार हुनुअघि नै एउटी महिला धेरै पल्ट मानसिक रूपमा बलात्कृत भैसकेकी हुन्छिन्। उनलाई फकाएर, थर्काएर यौनसम्पर्क राख्ने प्रयास सफल नभएपछि मात्र पुरुषले जबरजस्ती गर्छ। अरू कुनै कुराको रिसिबी पनि पुरु षले बलात्कारबाटै साध्ने गरेको पाइन्छ। यसको अर्थ बलात्कार गर्ने पुरुषले महिलालाई कहिल्यै मानवका रूपमा हेरेको हुँदैन। आखिर पुरुषमा यस्तो निकृष्ट सोच कसरी आउँछ ? विज्ञहरूका अनुसार महिलामाथि हिंसाको स्रोत नेपाली समाजिक संरचना तथा त्यसले निर्माण गरेको मनाविज्ञान हो। समाजमा बढ्दै गएको दण्डहीनता, कानुन हातलमा लिने प्रवृत्ति एवं अपराधको राजनीतीकरणले महिला हिंसामा बल पुर्याइरहेको छ। 'मुख्य कुरा महिलाको सबै अन्तिम निर्णय पुरुषको हातमा रहने भएकाले महिलामाथिको हिंसा पुरुषलाई साधारणझैं लागेका कारण पनि यो बढिरहेको छ।' एमाले नेता प्रदीप ज्ञवाली कान्तिपुरमा लेख्छन्, 'भ्रूणअवस्थामा गर्भमा छोरी भए उसले जन्मन पाउने कि नपाउने त्यसको अधिकार पुरुषमा हुर्ने, छोरीलाई सामुदायिक विद्यालयमा पढाउने कि बोर्डिङमा पढाउने त्यसको निर्णय पुरुषले गर्ने, विवाहपछि विशुद्ध रूपमा गृहिणी बन्ने कि आत्मनिर्भर भएर घरवाहिर निस्कने भन्ने अधिकार पनि पुरुषमा निहित हुने, बच्चा पाउने कि नपाउने निर्णय पनि पुरुषले गर्नेजस्ता कारणले महिलामा पनि पुरुष नै सबैथोक हो भन्ने परेको छ। यसले सारा समाज नै पृत्तिसत्तात्मक भएको छ।'
चौतर्फी दबाब
सञ्चारमाध्यम, महिला अधिकारवादी एवं सचेत व्यक्तिहरूले केही समययता चलाएको महिला हिंसाविरुद्धको अभियानका कारण अहिले सरकार यसप्रति सचेत हुन थालेको छ। भारतको राजधानी दिल्लीमा भएको बलात्कारको घटनाबाट त्यहाँका जनता सडकमा ओर्लिएको घटनाबाट पनि पाठ सिकेको हो कि भन्ने देखिएको छ। महिला हिंसामा ध्यान नदिएको एवं डेढ लाख दिएर बलात्कारको घटना ढाकछोप गर्न खोजेको भन्दै सरकारमाथि महिलाहिंसाको पक्षपोषणको आरोप लाग्न थालेको छ। त्यसको विरोध गर्दै अधिकारकर्मीहरू सडकमा ओर्लिएपछि प्रधानमन्त्री बाबुराम भट्टराई समेत अप्ठारोमा परेका छन्।
यति हुँदाहुँदा पनि नेपालमा दैनिक एक जना बलात्कृत हुने घटनाले भने सबै नेपालीको शिर निहुराएको छ। यस्ता घटना बढ्दै गए नेपाल गरीव र भष्ट्राचारको मात्र होइन, चेली असुरक्षित रहने देशका रूपमा पनि अग्रपंक्तिमा हुने निश्चित छ।
प्रेम गर्नु पनि अपराध
घरभित्र र बाहिर महिलाहरू यौन हिंसाको सिकार भएका घटना सार्वजनिक भैरहेकै बेला अरू प्रसङ्गमा पनि युवतीहरू मारिन थालेका छन्। तीमध्ये प्रेमका घटना बढी आश्चर्यलाग्दा छन्। १५ दिनअघि वारा प्रस्कोटा गाउँकी १८ वर्षकी बिन्दु ठाकुर घरबाट ट्युसन पढ्न हिँडेकी थिइन्। उनी न त ट्युसनमा पुगिन् न त घर नै फर्किन्। एक दिनपछि उनको शव जलेको अवस्थामा फेला पर्यो। प्रहरीले एक साता लामो अनुसन्धानपछि उनको हत्याको कारण फेला पार्यो- नजिक गाउँको तल्लो जातिसँग भएको प्रेम। कक्षा १० मा पढ्ने बिन्दुसँगै पढ्ने एकजना आफूभन्दा तल्लो भनिने जातको युवकसँग प्रेम गर्थिन्। परिवारको डरले त्यो युवकको प्रेम बाहिर आउन सकेको थिएन। प्रहरीको प्रारम्भिक अनुसन्धान त्यही प्रेमलाई आधार मानेर सुरु भएको थियो। प्रेम सफल नहुने अनुमानमा त्यहि किशोरले आवेशमा आएर विन्दुको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान थियो। यद्यपि अर्को एक हप्ताको अनुसन्धानमा आश्चर्यलाग्दो तथ्य हात लाग्यो। विन्दुको हत्या प्रेमी वा प्रेमीको परिवारले नभै आफ्नै बुवाले गरेका थिए। जसलाई परिवारका अन्य केही सदस्यले सहयोग गरेको अनुमान प्रहरीको छ।
आफ्नी छोरीले आफूभन्दा गरिब र तल्लो जातसँग प्रेम गर्न थालेको थाहा पाएर बुवाले उनलाई त्यसो नगर्न चेतावनी दिएका थिए। उनको चेतावनीका कारण युवकसँग उनले घुलमिल गर्न छाडिन्, यद्यपि किशोर वयको प्रेम भेटघाट बिना नै झ्याँङ्गिन थाल्यो। मोबाइल फोन र ट्युसन कापीमा आदान-प्रदान हुने पत्रका माध्यमबाट यो प्रेम विस्फोट हुने अवस्थामा पुग्यो। विन्दुका बुवाले यसलाई अपमानका रूपमा लिए। ट्युसन पढ्न हिँडेकी छोरीको बाटैमा उनले हत्या गरे र आत्महत्याजस्तो लाग्ने गरी मट्टीतेल खन्याएर शवलाई जलाइदिए। त्यसपछि छोरी हराएको रिपोर्ट प्रहरीमा दिने र रुने जस्ता कृत्य गरेर आफ्नो अपराध छल्ने प्रयत्न गर्न थाले। प्रहरीले बिन्दुका बुवाका विरुद्ध दर्जनौं प्रमाण फेला पारिसक्दा पनि उनी आफ्नो अपराध कबुल गरिरहेका थिएनन्। यो समाचार तयार पार्दासम्म बिन्दुका बुबाले अपराध स्वीकार गरिसकेका छन्। प्रहरीसँगको बयानमा उनले 'आफ्नो मर्जीबिना छोरीले प्रेम गरेकोले बदला लिएको' बताएका छन्। यो घटनाले एकाइसौं शताब्दीमा पनि आफ्नी छोरीलाई मानव होइन, आफ्नो व्यक्तिगत सम्पत्ति मान्ने गरेको देखाएको छ।
ठीक यस्तै घटना बिन्दु हत्यालगत्तै भएको थियो। गुलरियाकी १९ वर्षीय शिवा हासमी आफ्नो टोलनजिकैका आकर्षक युवक बाबु खानसँग प्रेम गर्थिन्। दुवै घन्टौ फोनमा कुराकानी तथा एसएमएस आदान प्रदान गर्थे। उनीहरूको कुराकानी विवाह र भविष्य कसरी सुरक्षित गर्ने भन्ने कुरामा केन्दि्रत हुन्थ्यो। गएको मंसीर २२ गते अचानक शिवाको शरीरमा कसैले पेट्रोल छरेर आगो लगाइदियो। दुई तिहाइभन्दा बढी शरीर जलेपछि उनी बेहोस भइन्। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि तीन दिनपश्चात् उनलाई वीर अस्पताल ल्याइयो। त्यसको भो लिपल्ट उनले वीर अस्पतालमै प्राण त्यागिन्।
परिवारले शिवाका प्रेमी बाबु खानले नै उनको हत्या गरेको किटानी जाहेरी दियो। प्रहरीले पक्राउ गरेर गम्भीर अनुसन्धान गर्यो। उनीहरूबीच भएको फोन कल डिटेल, एसएमएस तथा छिमेकीहरूको बयानबाट दुवैको प्रेम निकै गम्भीर भएको र यस्तो प्रेममा प्रेमी आफू मर्ने तर प्रे मिकाको हत्या गर्न नसक्ने निचोडमा प्रहरी पुग्यो। यसबीच काठमाडौंबाट गएको महिला अधिकारवादीहरूको विभिन्न टोलीले पनि प्रेमीले शिवाको हत्या गर्नै नसक्ने बरु परिवारबाटै हत्या भएको निष्कर्ष निकाल्यो। उक्त निष्कर्षपछि काठमाडौंबाट गएको प्रहरीको विशेष टोलीले शिवाको परिवारका सदस्यहरूलाई पक्राउ गर्यो। त्यसपछि आएको नतिजा दुःखदायी थियो। परिवारले बाबु खानलाई आफ्नी छोरीलाई छाड्न पहिले विभिन्न आकर्षक प्रस्ताव राखेको, त्यो नमानेपछि उनीहरूले बाबु खानलाई कुटपिट गरेको थाहा लाग्यो। यसले दुई परिवारको दुस्मनी निकै गम्भीर हुँदै गएपछि परिवारका सदस्य मिलेर शिवाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ। परिवारका कुन सदस्य शिवाको हत्यामा मुख्य दोषी हो भन्ने अहिलेसम्म पत्ता नलागेका कारण प्रहरीले मुद्दा दायर गरिसकेको छैन, यद्यपि यो घटनाले पनि छोरीलाई आफूले मनपराएको व्यक्तिसँग विवाह गर्ने अधिकार नभएको
देखाएको छ।
यी दुवै घटनाबाट वाहिर जतिसुकै प्रेम विवाहको वकालत भए पनि नेपाली युवतीहरू आफ्नो इच्छाले प्रेम र विवाहको निर्णय गर्ने सक्ने अवस्थामा नभएको देखाउँछ। प्रेममा अवरोध हाल्न प्रत्येक दिन जस्तो यस्ता घटना देशभरी नै घटिरहेका छन्। जसले युवापुस्तामा आफ्नो परिवारको परम्परागत सोचप्रति आक्रोश जन्माएको छ।

अश्विनी कोइराला- साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !