जति नै सम्पन्न भएपनि सुनकै थालमा चाहिं खाँदैनन भन्ने बुढा पुरानाको भनाईलाई गलत सावित गर्दैछन् एक भारतीय ब्यापारीले। उनी सुनको थालमा त खाँदैनन् तर सुनको कमिज भने लगाउँछन्। दत्ता फुगे आफूलाई 'गोल्ड म्यान' भन्न रुचाउँछन्। नभनून् पनि किन? उनलाई देख्दा सुनको पसल नै लजाउँछ। भारतको पुणेका ब्यापारी दत्ताले आफ्नो लागि सुनको सर्ट बनाएका छन्। शर्टको वजन लगभग ३ किलो छ र यसको मूल्य झण्डै २ करोड रुपैयाँ पर्छ। १५ कालिगढहरुले १५ दिनसम्म लगातार १८ घण्टाका दरले काम गरेर बनाएको सर्टमा २२ क्यारेटको सुन प्रयोग गरिएको छ। शर्टमा प्रयोग
गरिएको कपडा विदेशबाट मगाइएको थियो। यी गोल्डम्यानको शिरदेखी पाउसम्ममा झण्डै १० किलो सुन छ। उनको घाँटी र हातमा गरी ५ किलो सुनको गहना छन्। उनीसँग १० वटा सिक्रि छन्। रहेकको तौल ७ सय ग्राम छ। ६ वटा ब्रेसलेट र २५ वटा औँठी पनि छन्। यतिमात्र हैन, उनी सुनको कलम र घडी खुबै मन पराउँछन्। हालै मात्र उनले सुनको खोल भएको मोबाइलको अर्डर गरेका छन्। यती धेरै सुन लगाएर हिड्ने उनी आफ्नो सुरक्षालाई लिएर खासै चिन्तित भने देखिन्नन्।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !