CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » फेसबुक बन्दैछ सेक्स बुक

फेसबुक बन्दैछ सेक्स बुक



फेसबुक तथा टि्वटर जस्ता सामाजिक संजालको प्रयोगसँगै विकृति समेत थपिएका छन् । युवापुस्ता माझ निकै लोकपि्रय तथा अनिवार्य जस्तै बनेका इन्टरनेट सामाजिक संजालका फाइदा आफ्ना ठाउँमा होलान् तर यसको दुरुपयोगको दर निकै बढिरहेको छ । हामीकहाँ मात्र होइन विकशित पश्चिमा देशहरुमा समेत फेसबुक तथा टि्वटरको दुरुपयोग बढिरहेको छ र कहिलेकाही गलत कामका लागि समेत माध्यमको रुपमा प्रयोग
हुने गरेको छ । फेसबुक यौन सम्पर्क कायम गर्ने माध्यमको रुपमा स्थापित हुँदै गएको तथ्य यसको एक उदाहरण हो ।
बेलायतमा गरिएको पछिल्लो अध्ययनले फेसबुक सेक्सको माध्यम बन्दै गएको छ । एक अध्ययन अनुसार हरेक १ सयमा एघार जना बेलायती फेसबुक प्रयोगकर्ताहरुका लागि फेसबुक सेक्सका लागि पार्टनर भेटाउने माध्यम बनेको छ । एघार प्रतिशत फेसबुक प्रयोगकर्ता युवा युवतीले आफुले फेसबुकमा भेटेको र चिनजान गरेको विपरित लिंगी फेसबुक साथीसँग सेक्सको अनुभव बटुलेको बताएका छन् ।
अध्ययन अनुसार आधाजसो फेसबुक प्रयोगकर्ताले फेसबुक मित्रसँग अश्लील च्याट गर्ने गरेका छन् र ३५ प्रतिशतले अश्लील फोटोहरुको आदानप्रदान गर्ने गर्छन् । एक टेलिभिजन कार्यक्रमका लागि गरिएको सर्भेक्षणबाट के थप के कुरा पत्ता लागेको छ भने ४६ प्रतिशतले फेसबुकमार्फत निकै गोप्य यौनजन्य सन्देश आदानप्रदान गर्ने गर्छन् । अध्ययनमा समावेश गराइएका मध्ये एक तिहाइले आफुले अनलाइन मार्फत अश्लील सामाग्री हेर्ने गरेको बताएका छन् भने पाँच जनामा एक जनाले आफ्नो सेक्स टेप समेत तयार गरिसकेका छन् ।
केही समयअघि गरिएको एक वृहत यौनिक सर्भेक्षणका अनुसार बेलायतीहरुले जिवनभरमा औषतमा ६ हजार ५ सय ५२ पटक सेक्स गर्ने गर्छन् । एक पटकको सेक्सका दौरान उनीहरुले औषतमा २० मिनेटको समय बिताउँछन् ।
अध्ययन दाबी गर्छ, झण्डै डेढ करोड बेलायतीले सार्वजनिक स्थानमै सेक्सको अनुभव लिएका छन् । एक तिहाइसँग सपिड सेन्टर, शौचालय तथा घरबाहिरै सेक्स गरेको अनुभव छ । आधाजसो मानिसले कृत्रिम यौन सामाग्री प्रयोग गर्ने गर्छन् भने सयमा ३ जना पुरुषले त घरमै यौन खेलौना राखेर यौनको प्यास मेटाइरहन्छन् ।




Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis