CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » प्रचण्डको चक्रव्यूह: प्रम बन्न मुलुकलाई बन्धक

प्रचण्डको चक्रव्यूह: प्रम बन्न मुलुकलाई बन्धक

काठमाडौं। खास्टोले छोपे पनि बिरालाले म्याउँ गर्छ भन्ने उखानलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सही सावित गरेका छन्। पहिला अन्तरंग कुराकानी हुने केही नेता र आफू निकटसँग मात्र राख्ने गरेको प्रधानमन्त्री हुने इच्छालाई सोमबार गोरखा पुगेर सार्वजनिक रूपमै राखेपछि मुलुक सात महिनादेखि किन अनिर्णयको बन्दी बनेको रहेछ भन्ने पर्दा खुलेको छ।  दाहालसँग कुराकानी भएका आधारमा केही नेताहरूले यसअघि नै आफू प्रम हुनकै लागि उनले मुलुकलाई बन्धक बनाइरहेको टिप्पणी गर्दै आएका थिए। तर, उनले बाहिरी रूपमा भने आफ्ना लागि प्रमको कुर्सी ठूलो नभएको र आफू त्यो दौडमा नरहेको नक्कली कुरा गर्दै आइरहेका थिए। तर, उनले सोमबार गोरखा पुगेर आफ्नो बखान आफैं गर्दै गिरिजाप्रसाद कोइरालापछि आफू नै योग्य नेता भएको
स्वघोषणासहित प्रधानमन्त्री खानका लागि सार्वजनिक रूपमा बिलौना गर्नुले उनको वास्तविक चरित्र उदांगो हुन पुगेको टिप्पणी राजनीतिक क्षेत्रमा व्याप्त छ।  यसअघि आफूलाई हटाउने तयारी भएको थाहा पाएपछि प्रधानमन्त्री बाबुराम भट्टराईले त्यसलाई असफल पार्नका लागि उल्टै दाहाललाई प्रम बनाउने अस्त्र प्रहार गर्दै उनलाई त्यसबाट विमुख गराएका थिए। सोमबार गोरखामा पनि भट्टराईले त्यही कुरा दोहोर्‍याए भने दाहालले पनि आफ्नो मनभित्र रहेको लोभ थामिरहन सकेनन्।  एकातिर विपक्षीसँग उम्मेदवार माग गर्ने अनि उम्मेदवार तय गरिसकेपछि अर्कातिर पदका लागि आफैं र्‍याल चुहाउने दाहालकै कारण राजनीतिक गाँठो झन् जटिल बन्दै गएको छ। स्रोतका अनुसार पहिलो पटक पार्टीको निर्वाचित अध्यक्ष हुने र प्रधानमन्त्री पद पनि हत्याउने योजनामा दाहालले शक्तिकेन्द्रहरूलाई समेत कन्भिन्स गर्ने प्रयास जारी राखेका छन्। एक विश्वस्त स्रोत भन्छ– हेर्दै जानु होला, माघको अन्तिम सातामा हेटौंडाबाट अध्यक्षको  माला पहिरेर आएपछि दाहालको प्रम बन्ने योजनाले थप गति लिनेछ र त्यसका लागि उनले सबै हथकण्डा प्रयोग गर्नेछन्।  राजनीतिमा धन र बन्दुक नै सबै कुरा हो भन्ने सिद्धान्तमा विश्वास गर्ने दाहालले ती चिजका लागि शक्तिको अनिवार्यतालाई बुझेका कारण पनि कुनै पनि हालतमा सत्ता छोड्ने योजनामा छैनन्। उनलाई नजिकबाट चिनेको र बारम्बार सम्पर्क हुने एक स्रोतका अनुुसार दाहाल कम्तीमा विगतको द्वन्द्वका क्रममा भएका ज्यादतीहरूको मुद्दालाई सधैंका लागि समाप्त 
नपारेसम्म र शिविरका लडाकुका नाममा कृष्णबहादुर महरामार्फत एकमुष्ट लिएको रकमको विषयलाई सामसुम नपारेसम्म सत्ता अर्काको हातमा जान दिने पक्षमा छैनन्। उक्त स्रोतले 
भन्यो– 'यी दुई कुरामा आफू पनि तानिन्छु भन्ने दाहाललाई राम्ररी थाहा छ। त्यसैले यी विषय सेटल नभएसम्म कुनै पनि बहानामा माओवादीले सत्ता छोड्दैन।' सो स्रोतका अनुसार प्रम 
हुन पाएमा यी विषयलाई समाधान गर्ने आश्वासन दिएका कांग्रेस सभापति सुशील कोइरालाप्रति विश्वास गर्न नसकेका कारण दाहाल आफ्नो सहमतिबाट पछाडि हटेका हुन्।प्रधानमन्त्री 
बन्नका लागि घरेलु वातावरण नबने पनि दाहालले बाह्य वातावरण पनि अनुकूल बनाउँदै लगेका छन्। निरन्तर रूपमा दूतसँगको भेट, खुफिया एजेन्सीहरूसँगको बढ्दो हिमचिम र 
उनीहरूको विश्वास जित्नका लागि दाहालले गरिरहेको अनवरत प्रयत्नबाट परिस्थिति सकारात्मक दिशातिर बढ्दै गएको उक्त स्रोतले जानकारी दियो। काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत माओवादी नेतृत्वको सरकारले राष्ट्रियता नै बेच्न लागेको आरोप लगाउँदैै मुलुकको अस्मिता खतरामा पर्दै गएको बताउनुभएको छ। सरकारका गतिविधि शंकास्पद रहेको उल्लेख गर्दै खनालले सरकार सञ्चालनको साँचो अन्तै  रहेको बताउनुभयो।  'वर्तमान एमाओवादी नेतृत्वको सरकार मुलुकलाई समाप्त गर्ने दिशामा छ, देशको स्वाभिमान, अस्मिता, संघीयता, लोकतन्त्र सबै खतरामा छ'– खनालले स्थानीय निकाय कर्मचारी संघ नेपालको नवौ स्थापना दिवसमा आयोजित कायक्रमलाई मंगलबार सम्बोधन गर्दै  भन्नुभयो– 'यो सरकार राष्ट्रियतामा खतरामा पारेर अरूसँग सम्झौता गर्न तयार देखिन्छ।' अहिले मुलुकमा सबै विकास प्रक्रिया समाप्त भई सर्वत्र अन्योल र अराजकता निम्तिएको  उहाँको भनाइ थियो। शान्ति सम्झौता च्यात्ने धम्की दिएर माओवादीले नै लोकतन्त्रलाई धरापमा पार्न खोजेको उहाँको भनाइ थियो।  सत्तारूढ दलहरू भ्रष्टाचारमा लिप्त भई स्थानीय निकाय तथा निजामती कर्मचारीहरूलाई आरोप लगाइरहेकोमा दुःख व्यक्त गर्दै खनालले अपराधी र भ्रष्ट जोसुकैलाई पनि समात्न कर्मचारीलाई आग्रह गर्नुभयो। 'अपराधी तथा भ्रष्टाचारी नेताहरूलाई समात्नुस् हामी तपाईंहरूलाई पुरस्कृत गर्छौ'– उहाँले भन्नुभयो। स्थानीय निकाय कर्मचारी संघ, नेपालका अध्यक्ष हरि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पेसागत राष्ट्रिय महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, गाविस राष्ट्रिय महासंघका अध्यक्ष नवराज गेलाल, काठमाडौं महानगरपालिका प्रमुख केदारबहादुर अधिकारी, राष्ट्रिय कर्मचारी संगठनका सुजिन्द्र महर्जन, गाविस कर्मचारी संघका अध्यक्ष श्रीराम आचार्यलगायतले स्थानीय निकाय प्रतिनिधिविहीन हुँदा स्थानीय स्तरमा विकास निर्माण अवरुद्ध भएको भन्दै चाँडै त्यसका लागि सहमति गर्न आग्रह गर्नुभयो।  कार्यक्रममा स्थानीय निकायमा लामो सेवा गरेबापत पोखरा उपमहानगरपालिका कास्कीकी चिजकुमारी ताम्राकर, जुम्लाका धनराज गिरीलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो। उहाँहरू ४१ वर्ष १० महिना १५ दिनभन्दा बढी समय सेवा गरेबापत सो सम्मान दिइएको हो। यसैगरी संघले इदका अवसरमा सञ्चालन गरेको उपहार कार्यक्रममा विजेताहरूलाई अध्यक्ष खनालले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो।  चिट्ठा कार्यक्रमको प्रथम पुरस्कार काभ्रेपलाञ्चोकका विष्णुबहादुर विष्टले बजाज डिस्कभर मोटरसाइकल प्राप्त गर्नुभयो। यसैगरी, द्वितीय पुरस्कार ल्यापटप सिन्धुलीका हरिमोहन झा र तृतीय पुरस्कार सामसुङ एस मोबाइल काठमाडौंका सञ्जय उपाध्यायले प्राप्त गर्नुभयो।  कार्यक्रममा लोकगायक बद्री पंगेनी र उहाँकी छोरी यानी पंगेनीले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो। हास्यकलाकार राजा राजेन्द्रले उपस्थित सहभागीहरूलाई हास्यको खुराक प्रस्तुत गरी मनोरञ्जन दिनुभएको थियो। स्थानीय कर्मचारी सघको स्थापना दिवसको उपलक्ष्यमा प्रत्येक वर्ष यस्तै कार्यक्रम गरिने संघका प्रचार विभाग प्रमुख रविन प्यासीले बताउनुभयो। 












---बुधबार  
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis