CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » बेडसिनको बाढी: चार मिनेटलाई चार सेकेन्ड

बेडसिनको बाढी: चार मिनेटलाई चार सेकेन्ड


पूजना स्त्रीले आफ्नो स्त्रीत्व प्रदर्शन गरेर एउटा फिल्म हालै खेलिन्, रक्षा। फिल्म बनिरहँदा सार्वजनिक पोस्टरमा भने आपत्ति जनाइन्। उनको पिठ्यूँको भाग छोप्न लगाइन्। नेपाली फिल्ममा यौनजन्य दृश्य सामान्य भएका बेला रक्षामा पनि निर्देशक राजु गिरीले त्यो मसला प्रयोग गरसिके। राजुलाई पूजनाको बेडसिनले मात्रै चित्त बुझेनछ। फेरि अर्की एक नवनायिका खुसी थापालाई पनि अर्धनग्न बनाएर बेडसिन खिचाएछन्। खिचाउन त खिचाए, भरे सेन्सरले कैँची चलायो भने ? 

कलिउडमा हिरो र हिरोइनबीच प्रेम हुन सक्छ र भएको पनि छ। प्रेम भएपछि सम्बन्ध गाँसिनु पनि कलिउड शैली नै हो। नवराज आचार्यले आफ्नो निर्देशन डेब्यु फिल्म कलिउडमा आर्यन सिग्देल र पि्रयंका कार्कीबीच रोचक, उत्तेजक अन्तरंग दृश्य खिचाए। सम्पादन गर्दा पनि यी दुईको प्रेमोत्तेजक दृश्य राम्रो लागेर चार मिनेट लामो बनाए। तर, चार मिनेटसम्म हिरो-हिरोइनबीचको त्यस्तो रमाइलो दृश्य भने दर्शकले हेर्न नपाउने भए। पुसको अन्तिम साता मात्रै सार्वजनिक भएको फिल्ममा सेन्सरले चार मिनेटको त्यो दृश्यलाई चार सेकेन्डको बनाउने आदेश दिएछ। निर्देशक आचार्यले अनुनय विनय गरेर उक्त दृश्यको लम्बाइ अलिक बढाएका त छन् तर चाहेजस्तो भएको छैन। 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis