तीतो सत्यका श्रीमान्-श्रीमती अचानक हराएपछि यता खलबली मच्चियो। उनीहरू त सुटुक्क थाइल्यान्ड पुगेका रहेछन्। मस्ती गर्नेहरू थाइल्यान्ड जान्छन् भन्ने सुनिएकै हो। कतैकतै त जोडी बाँधिएर दीपकराज गिरी र दीपाश्री निरौला मस्तीका लागि थाइल्यान्ड पुगे भन्ने हल्ला पनि सुनियो। उनीहरू फुकेट र पटाया घुमेका तस्बिर फेसबुकमा अपलोड भएपछि कुरा काट्नेलाई झनै मसला मिल्यो। खास कुराचाहिँ यो जोडीलाई एनआरएन थाइल्यान्डले आफ्नो अधिवेशनमा सम्मान गर्न बोलाएको रहेछ। मौकामा चौका हान्दै त्यस्तो बेला उनीहरू थाइल्यान्ड नघुमेर के गरून् त ?
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !