आइफोन बोक्ने, फेसबुक चलाउने, पिज्जा खाने, मल्टिप्लेक्समा रमाउने युवा पुस्ता मन्दिर पनि पुगिरहेको हुन्छ। उनीहरू मन्दिर जानुको उद्देश्य विशुद्ध धार्मिक हुँदैन। बरु मन्दिरमा भेटिइने अधिकांश युवायुवती धर्मकर्ममा त्यति सरोकार राख्ने खालका हुँदैनन्। धार्मिक आस्थाका कारण मन्दिर जाने युवायुवतीको संख्या पनि सानो छैन। तर, मठ-मन्दिर, गुम्बालाई युवा पुस्ताले नयाँ प्रयोजनका लागि प्रयोग गरिरहेको छ। के हो त त्यो प्रयोजन? धनबहादुर खड्का, सजना बराल, संगीता श्रेष्ठ रअम्मर जिसीको खोजबिन :
मन्दिर जाने भनेपछि अभिभावकले सजिलै स्वीकृति दिने भएकाले धेरै जोडीका लागि पिरती साट्ने आदर्श थलो भएको छ मन्दिर। ललितपुर, बुङ्मतिस्थित कार्यविनायक मन्दिरमा भेटिएका कमल र सरिनाको जोडीले पनि यस्तै प्रतिक्रिया दिए। मन्दिर जाने भनेपछि सरिनालाई घरमा कुनै रोकतोक छैन। सरिना भन्छिन्, ‘साथीकोमा जान्छु भन्यो भने को साथी, कहाँकी साथी, घर, ठेगाना सबै बताउनुपर्छ। मन्दिर जान्छु भन्यो लफडै साफ!' कमल-सरिनाजस्ता असंख्य जोडी मन्दिरलाई खुलेआम डेटिङ स्पट बनाउन धकाउँदैनन्।
ललितपुर, चापागाउँस्थित वज्रबाराही मन्दिर निकै नाम चलेको मन्दिर हो। मन्दिर वरपर माया साट्ने जोडीहरूको कमी थिएन। मायालु जोडीको बाक्लै उपस्थिति रहेको सो मन्दिरमा बिहानभन्दा पनि दिउँसो २ बजेपछि जोडी आउने क्रम सुरु हुने स्थानीय बासिन्दा बताउँछन्। एक स्थानीयले भने, ‘अहिले त यो मन्दिर धार्मिक आस्था राख्नेको भीडले भन्दा पनि पिकनिक गर्ने र प्रेम गर्नेहरूले भरिन थालेको छ।' चापागाउँमा नै घर भएकी एक युवतीले आफ्नो प्रेमीलाई भेट्नका लागि मन्दिरमा नै बोलाएकी थिइन्। प्रतीक्षारत अवस्थामा भेटिएकी उनले खुलस्त भनिन्, ‘अन्त लोकेसन कहाँ बताउनु? आफ्नो घर नजिकै रहेको मन्दिरमा नै बोलाउँदा सजिलो पनि हुने र मन्दिर भनेपछि ठाउँ पनि थाहा हुने भएकाले यहीँ बोलाएकी हुँ।' घरका मान्छेले देखेमा साथीलाई ‘क्लासको नोट' पुर्याउन आएको भन्ने रेडिमेड जवाफ पनि बोकेकी थिइन् उनले। र, साथमा एउटा कपी पनि थियो।
०००
धार्मिक आस्था राखेर मन्दिर पुग्ने युवायुवती पनि थुप्रै छन्। पुस महिना लागेदेखि बालाजुकी प्रमिला बस्नेत कलेज जानै छाडेकी छन्। ‘बिहान कस्तो चिसो हुन्छ,' उनले भनिन्, ‘ओछ्यान छोड्नै मन लाग्दैन। के कलेज जानु?' चिसोका कारण पढाइ हाप्न तयार उनलाई बिहानै मन्दिर आउन चाहिँ केहीले रोकेको थिएन। सोमवार बिहानै पशुपतिनाथ मन्दिर आइपुगेकी थिइन् उनी। ‘सोमवारको व्रत बस्ने गरेकी छु,' उनले भनिन्, ‘व्रतमा शक्ति हुन्छ रे। त्यही भएर होला व्रतको दिन आफैँ निद्रा खुल्छ मेरो।'
‘भगवानले अरूलाई राम्रो गर्नुपर्छ भनी सिकाएका छन्,' गत शनिवार सुन्धारास्थित संकटा मन्दिरमा भेटिएकी सुषमा पराजुलीले भनिन्, ‘भगवान्ले सिकाएको कुरा पालना गर्नु र भगवान्प्रति आस्था राख्नु नै धर्म हो।' आमा, हजुरआमा वा साथीभाइको देखासिकी गर्दै व्रत बस्ने, मठमन्दिर धाउने र पूजाआजा गर्ने आस्तिक युवतीमध्ये एक हुन् उनी।
‘कतिवटा बत्ती बाल्नुपर्छ रे,' शंखमूल बस्ने अमृता कार्की शनिवार बंगलामुखी मन्दिर परिसरबाट फोनमा कसैसँग सोध्दै थिइन्। साथीका मुखबाट यति जोर बत्ती बाल्यो भने प्रेम सफल हुन्छ भन्ने सुनेर बंगलामुखी आइपुगेकी अमृता बाल्नुपर्ने बत्तीको संख्या सोधिरहेकी थिइन्। उनले चारवटा बत्ती, एक मूठा धुप र केही पूजा सामग्री किनिन्। सिन्धुलीबाट यही वर्ष प्लस टू पढ्न काठमाडौँ आएकी उनी पहिलोपटक बंगलामुखी आएकी थिइन्। उनले भनिन्, ‘यहाँ बत्ती बाल्यो भने मनोकामना पूरा हुन्छ रे भन्ने सुनेर आएकी हुँ।'
दक्षिणकाली मन्दिरमा भेटिएका कैलाश लामिछानेसहितको नौ जनाको डप्फा मन्दिर पारिपट्टि पारिलो घाम तापेर बसिरहेको थियो। बिहानै मन्दिर आएका उनीहरू पूजाआजा सकेर वरपर घुमघाम गर्ने तयारीमा थिए। यसअघि उपत्यकाका अन्य मन्दिर घुमिसकेका उनीहरूको मन्दिर घुम्ने सोख पनि हो। ‘मन्दिरमा पूजाआजा गर्दा आफूले आँटेको काम सफल होस् भनेर प्रार्थना पनि गर्यौँ,' कक्षा १२ मा अध्ययनरत उनीहरूको टोलीको प्रतिनिधित्व गर्दै कैलाशले भने।
धर्मकर्मप्रति विश्वासै नगर्ने युवा जमात पनि छ राजधानीमा। विश्वास नभए पनि अरूको करबलमा परेर मन्दिर गइदिएजस्तो गर्नेहरू पनि भेटिन्छन्। कोही भने दैवी शक्तिमा विश्वास गर्ने भए पनि मन्दिर चाहिँ नजाने प्रकृतिका हुन्छन्। ‘धर्म गर्न मन्दिरै जानुपर्छ भन्ने छैन,' नर्सिङ पढिरहेकी सुनिता क्षत्रीले भनिन्, ‘मन सफा भए भगवान् त्यसै प्रसन्न हुन्छन्। मन चंगा तो लोटामे गंगा!'
मन्दिर गएर ढुंगाको मूर्ति पुज्नुलाई समयको बर्बादी ठान्छन्, सातदोबाटोका कमल बुढाथोकी। गत बिहीवार बंगलामुखी मन्दिर आइपुगेका उनी बत्ती बाल्ने ठाउँमा हात सेकाएर बसिरहेका थिए। ‘उसले गर्दा त हो नि,' लाइनमा उभिएकी आफ्नी श्रीमतीलाई देखाउँदै भने उनले। यही मंसिर २८ गते विवाह गरेका कमल श्रीमतीको करबलले त्यहाँ आएका रहेछन्। बंगलामुखीको दर्शन गरेर बत्ती बालेपछि प्रेम झन् प्रगाढ हुन्छ भन्ने श्रीमतीको विश्वासको मान राखिदिन त्यहाँ आइपुगेका थिए उनी।
मन्दिरकै लाइनमा उभिएकी समिता महर्जनलाई भगवान्सँग के कुरा माग्ने गर्नुभएको छ भनी सोधियो। उनले झर्किंदै भनिन्, ‘ह्या के माग्नु नि? आमाको करकरले गरेर जबर्जस्ती मन्दिर आइरा'छु।' उनलाई अहिलेको जमानामा मन्दिरमा पूजा गरेर मनोकांक्षा पूरा हुन्छ भन्नेमा रत्ति पनि विश्वास छैन। ‘इनपुट भएपछि आउटपुट हुनुपर्दैन?' उनले तर्क गरिन्, ‘दिनभरि अफिसमा काम नगरी खान पाइने होइन।'
गत सोमवार मैतिदेवी मन्दिरअगाडि उभिइरहेकी रेणुका घिमिरेले पनि दिदीको करले मन्दिर आएको बताइन्। ‘दिदी भित्र पूजा गर्दै हुनुहुन्छ,' उनले भनिन्, ‘मलाई चाहिँ पूजासुजा गर्न झ्याउ लाग्छ। दिदीलाई साथीमात्र आइदिएकी हुँ।'
चाबहिलको गणेशस्थान मन्दिरको गेटअगाडि बाइकमा अडेस लागेर बसिरहेका संजोग पुन गर्लफ्रेन्डले जिद्दी गरेकाले मन्दिर आएका रहेछन्। ‘उसको व्रत छ रे आज,' उनले भने, ‘जान्न भन्यो भने रिसाइहाल्छे। मन राख्दिनलाई आइदेको।'
मन्दिर जाने कोही यस्ता हुन्छन्, जसलाई ईश्वरमा विश्वास छ पनि र छैन पनि। यो ‘एग्नोस्टिक' जमात पनि ठूलै छ। पाटन, मंगलबजार निवासी रोशी मन्दिरको दर्शन गर्ने बहानामा एक्सरसाइज गर्छिन्। उनी भन्दै थिइन्, ‘भगवान्प्रति आस्था राख्नु नराम्रो होइन। तर, दिनभरि अफिसमा नखटिई भगवान्ले केही दिन्छन् भन्नेमा मलाई विश्वास छैन।'
पाटनमै डेरा गरी बस्ने कविर न्यौपाने प्रायः पाटन मन्दिरमा आइरहन्छन्। उनी भगवान्प्रति उतिसारो विश्वास नभएको बताउँछन्। ‘मन्दिर परिसरमा आएर बस्नु स्वास्थ्यका लागि फाइदाजनक छ। किनभने यहाँ बालिने धुपको सुगन्ध स्वास्थ्यका लागि फाइदाजनक छ,' आफूले कतै पढेको कुरा सुनाए उनले।
बुढासुब्बामा नाम लेख्ने र डोरी बाँधेर अमर प्रेमको कामना गर्ने प्रेमी-प्रेमिका मात्र होइनन्, दिउँसो र साँझ मान्छेको आवतजावत कम भएको मौका पारेर मन्दिर छेउमै ‘अधरपान'मा रमाउनेहरू पनि भेटिन्छन्। बुढासुब्बामा हरेक मंगलवार र शनिवार दर्शन गर्नेहरूको विशेष भीड लागे पनि युवा जोडीहरू जुनसुकै दिन पनि पुग्छन्।
विजयपुर क्षेत्रमा धेरै मन्दिर छन्। शहरी कोलाहलबाट अलि टाढाको ठाउँ पनि पर्यो। त्यसैले पनि प्रेमी जोडीका लागि यो क्षेत्र उपयुक्त डेटिङ स्थल बनिरहेको छ। धरानको पुरानो बजारस्थित सिंहदेवी चोकबाट उकालो बाटोदेखि नै प्रेमी जोडीका लीला देख्न पाइन्छन्। हात्तीसार कलेजमुनि खोल्सी र जंगलको बीचमा रहेको सिंहदेवी मन्दिर त प्रेमी जोडीका लीलाले मात्र होइन, दिउँसै यौन गतिविधि हुने स्थलका रूपमा नामुद छ। एकान्तमा रहेको मन्दिरमा केही वर्षअघि एक युवतीसँग गएका युवाको हत्यासमेत भएको थियो।
धरान-१४ का दुईधारेमा रहेको मन्दिर क्षेत्रमा पनि जोडीहरू अँग्लोमा बेरिएर रमाउँदै गरेका भेटिन्छन्। दुईधारेबाट दन्तकाली मन्दिरसम्म जाने सिँढीका बीच-बीचमा देख्नेलाई लाज हुनेगरी जोडीहरूका हर्कत हुन्छन्। त्यसो त हात्तीसार कलेज तलको आँपगाछीमा पनि मन्दिर जाने वा कलेज जाने बहानामा अँगालोमा बेरिने जोडीहरू भेटिन्छन्। बुढासुब्बाभन्दा अझ माथि पञ्चकन्या मन्दिर भएको जंगल क्षेत्रमा जाने जोडीहरू प्रशस्त हुन्छन्। धरानको विजयपुर क्षेत्रपछि भेडेटारस्थित पाथीभरा मन्दिर पुग्ने जोडीहरू पनि धेरै हुन्छन् यतिबेला।
धरान वरपरका मन्दिरमा डेटिङ जानेहरू धरानभित्रका कमै हुन्छन्। अधिकांश धरानबाहिरबाट आउने र कति चाहिँ विभिन्न ठाउँबाट कलेज पढ्न धरान बसेकाहरू हुन्छन्। धरानका धेरै युवायुवती चाहिँ पाथीभरा वा अन्य अलि टाढाको मन्दिरतिर जान्छन्। यसरी नयाँ पुस्ता निर्धक्क मन्दिरमै बसेर प्रेमालाप गरिरहेका हुन्छन्।
सा :नागरिक न्युज
...
अब मन्दिर धार्मिक आस्थाको थलोमात्रै रहेन। यो घुमघाम र डेटिङ गर्ने थलो भएको छ। मन्दिर पिकनिक र रमाइलो गर्ने खुला ठाउँ पनि भएको छ।
रमाइलो गर्ने मामिलामा युवा पुस्ता अगाडि छ। डेटिङ, रोमान्स र फोटो सेसनका लागि मन्दिर र मन्दिर आसपासका ठाउँ गजबका ‘लोकेसन' भएका छन्। गएको सोमवार म्हैपीस्थित म्हैपीदेवी मन्दिरमा भक्तजनको राम्रै चहलपहल थियो। चार-पाँच जना ठिटा मन्दिर छेउको लामो मेचमा बसेर गफ चुटिरहेका थिए। मन्दिर आएका युवतीलाई हेर्दै ट्वाक्क जिब्रो पड्काएर गलल हाँसेर रमाइरहेका थिए उनीहरू। बिहानैदेखि त्यहीँ बसिरहेको बताउने उनीहरूको न निधारमा टीका थियो, न हातमा पूजा सामग्री। ‘दिनदिनै यहाँ आइन्छ कतिचोटि दर्शन गरिराख्नुु?' नवबुद्ध कलेजको विद्यार्थी बताउने सुमन भट्टराईले भने, ‘हामी यहाँ दर्शन गर्न आ'को होइन। मैयाहरूलाई हल्का जिस्कादिऊँ भनेर पो त!' उनीसँगै बसिरहेका रमेश श्रेष्ठले थपे, ‘टाइम पास गर्न सजिलो हुन्छ।'
शनिवार दक्षिणकाली मन्दिर परिसरमा फूलअक्षता चढाइरहेका सविना श्रेष्ठ र सरोज धमला एकैछिनको पूजापाठपछि फोटो सेसनमा रमे। ‘भरे फेसबुकमा हाल्न हुन्छ नि,' विभिन्न मुद्रामा पोज दिइरहेकी सविनाले भनिन्, ‘फोटो त खिच्नै पर्यो।'

बिहीवार भक्तजनको भीडभाड हुने बंगलामुखी मन्दिरमा शनिवार पनि लामै लाइन थियो। त्यही लाइनमा उभिएर पालो कुरिरहेका रमेश लामा कार्य सफलताको कामना गर्न त्यहाँ आएका रहेछन्। ‘बसपार्कमा कपडा पसल खोलेको छु,' उनले भने, ‘शुरु गर्दै भाकल गरेको थिएँ। त्यही पूरा गर्न आएको हुँ।
०००
अहिलेका आस्तिक युवायुवतीका आ-आफ्ना ‘फेभरेट गड' छन्। बालाजुकी पुष्पा राणा कृष्णकी परमभक्त हुन् रे। ‘सबै भगवान् उस्तै हुन्,' उनले भनिन्, ‘तर कृष्णजीको बढी विश्वास लाग्छ मलाई।'
चाबहिलका हरि अधिकारी भने भोले बाबाका फ्यान रहेछन्! ‘उनी पनि हामीजस्तै बिन्दास पाराका छन् नि त,' फ्यान हुनुको कारण बताए उनले, ‘अरू कुनै भगवान्ले पनि अहिलेको युथको प्रतिनिधित्व गरेका छैनन्। शिवजी त गाँजा, भाङ, धतुरो सबथोक खाइदिने! क्या खतरा भगवान्!'

भगवानमात्रै होइन, मन्दिरको पनि ‘फ्यान' हुँदा रहेछन्। ‘मलाई पशुपतिनाथ मन्दिर मन पर्छ,' १८ वर्षीया सरिता सिम्खडाले भनिन्, ‘अरू मन्दिर खासै जान्नँ। यहाँ आए चार धाम घुमेसरह हुन्छ रे।' कलंकीकी प्रिया राईलाई पनि दक्षीणकालीबाहेक अन्य मन्दिर जानै मन लाग्दैन। ‘नजिकको तीर्थ हेला भन्छन्, त्यही भएको होला मलाई,' उनले भनिन्, ‘नजानु गएपछि के घरछेउको मन्दिर जानु? अलि टाढा गए पो मज्जा आउँछ। अझ, टन्नै साथीभाइ मिलेर टाढा-टाढाको मन्दिर जान पाए त भगवान्को दर्शन पनि हुने, रमाइलो पनि।'
दक्षिणकाली मन्दिरमा भेटिएका कैलाश लामिछानेसहितको नौ जनाको डप्फा मन्दिर पारिपट्टि पारिलो घाम तापेर बसिरहेको थियो। बिहानै मन्दिर आएका उनीहरू पूजाआजा सकेर वरपर घुमघाम गर्ने तयारीमा थिए। यसअघि उपत्यकाका अन्य मन्दिर घुमिसकेका उनीहरूको मन्दिर घुम्ने सोख पनि हो। ‘मन्दिरमा पूजाआजा गर्दा आफूले आँटेको काम सफल होस् भनेर प्रार्थना पनि गर्यौँ,' कक्षा १२ मा अध्ययनरत उनीहरूको टोलीको प्रतिनिधित्व गर्दै कैलाशले भने।
धर्मकर्मप्रति विश्वासै नगर्ने युवा जमात पनि छ राजधानीमा। विश्वास नभए पनि अरूको करबलमा परेर मन्दिर गइदिएजस्तो गर्नेहरू पनि भेटिन्छन्। कोही भने दैवी शक्तिमा विश्वास गर्ने भए पनि मन्दिर चाहिँ नजाने प्रकृतिका हुन्छन्। ‘धर्म गर्न मन्दिरै जानुपर्छ भन्ने छैन,' नर्सिङ पढिरहेकी सुनिता क्षत्रीले भनिन्, ‘मन सफा भए भगवान् त्यसै प्रसन्न हुन्छन्। मन चंगा तो लोटामे गंगा!'
मन्दिर गएर ढुंगाको मूर्ति पुज्नुलाई समयको बर्बादी ठान्छन्, सातदोबाटोका कमल बुढाथोकी। गत बिहीवार बंगलामुखी मन्दिर आइपुगेका उनी बत्ती बाल्ने ठाउँमा हात सेकाएर बसिरहेका थिए। ‘उसले गर्दा त हो नि,' लाइनमा उभिएकी आफ्नी श्रीमतीलाई देखाउँदै भने उनले। यही मंसिर २८ गते विवाह गरेका कमल श्रीमतीको करबलले त्यहाँ आएका रहेछन्। बंगलामुखीको दर्शन गरेर बत्ती बालेपछि प्रेम झन् प्रगाढ हुन्छ भन्ने श्रीमतीको विश्वासको मान राखिदिन त्यहाँ आइपुगेका थिए उनी।
मन्दिरकै लाइनमा उभिएकी समिता महर्जनलाई भगवान्सँग के कुरा माग्ने गर्नुभएको छ भनी सोधियो। उनले झर्किंदै भनिन्, ‘ह्या के माग्नु नि? आमाको करकरले गरेर जबर्जस्ती मन्दिर आइरा'छु।' उनलाई अहिलेको जमानामा मन्दिरमा पूजा गरेर मनोकांक्षा पूरा हुन्छ भन्नेमा रत्ति पनि विश्वास छैन। ‘इनपुट भएपछि आउटपुट हुनुपर्दैन?' उनले तर्क गरिन्, ‘दिनभरि अफिसमा काम नगरी खान पाइने होइन।'
गत सोमवार मैतिदेवी मन्दिरअगाडि उभिइरहेकी रेणुका घिमिरेले पनि दिदीको करले मन्दिर आएको बताइन्। ‘दिदी भित्र पूजा गर्दै हुनुहुन्छ,' उनले भनिन्, ‘मलाई चाहिँ पूजासुजा गर्न झ्याउ लाग्छ। दिदीलाई साथीमात्र आइदिएकी हुँ।'
चाबहिलको गणेशस्थान मन्दिरको गेटअगाडि बाइकमा अडेस लागेर बसिरहेका संजोग पुन गर्लफ्रेन्डले जिद्दी गरेकाले मन्दिर आएका रहेछन्। ‘उसको व्रत छ रे आज,' उनले भने, ‘जान्न भन्यो भने रिसाइहाल्छे। मन राख्दिनलाई आइदेको।'
मन्दिर जाने कोही यस्ता हुन्छन्, जसलाई ईश्वरमा विश्वास छ पनि र छैन पनि। यो ‘एग्नोस्टिक' जमात पनि ठूलै छ। पाटन, मंगलबजार निवासी रोशी मन्दिरको दर्शन गर्ने बहानामा एक्सरसाइज गर्छिन्। उनी भन्दै थिइन्, ‘भगवान्प्रति आस्था राख्नु नराम्रो होइन। तर, दिनभरि अफिसमा नखटिई भगवान्ले केही दिन्छन् भन्नेमा मलाई विश्वास छैन।'
पाटनमै डेरा गरी बस्ने कविर न्यौपाने प्रायः पाटन मन्दिरमा आइरहन्छन्। उनी भगवान्प्रति उतिसारो विश्वास नभएको बताउँछन्। ‘मन्दिर परिसरमा आएर बस्नु स्वास्थ्यका लागि फाइदाजनक छ। किनभने यहाँ बालिने धुपको सुगन्ध स्वास्थ्यका लागि फाइदाजनक छ,' आफूले कतै पढेको कुरा सुनाए उनले।
मन्दिरमा प्रेम पूजा
गोपाल दाहाल- मन्दिर किन गइन्छ? सबैलाई थाहा छ- भगवानको पूजा गर्न र मनोकामना पूरा गराउने आकांक्षाले। तर, धरान वरपरका मन्दिरमा भने पूजा गर्न होइन, डेटिङको मजा लिन पुग्छन् युवायुवती। बिहानै वा दिउँसो विजयपुर वरपर प्रेममा लिप्त जोडीदेखि प्रहरी समेत हैरान छ।
मन्दिरको दर्शन गर्न आउने वा बाटो हिँड्नेहरूलाई लाज लाग्ने गरी आपसमा लुट्पुटिएर प्रेम प्रदर्शन गर्ने धेरै जोडीलाई विजयपुर प्रहरी बिटले अनुगमन गरी सम्झाई-बुझाई गरेको छ। कतिलाई झापडसमेत लगाएको छ।
धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिरमा त प्रेम गर्नेहरूकै भीड हुन्छ। मन्दिर क्षेत्रमा भएका बाँसमा पे्रम जोडीको नाम लेखे अमर हुन्छ भन्ने विश्वास गर्नेहरूले बाँसमा जथाभावी कोरेपछि बाँसै मासिएला भन्ने डर भयो। त्यसपछि मन्दिर व्यवस्थापन समितिले बाँस झ्याङलाई नै वरिपरिबाट तार जालीले घेरेको छ। अहिले प्रेम जोडीहरू बाँसमा लेख्नुको साटो तार जालीमा मालाका डोरी बाँध्छन्।
गोपाल दाहाल- मन्दिर किन गइन्छ? सबैलाई थाहा छ- भगवानको पूजा गर्न र मनोकामना पूरा गराउने आकांक्षाले। तर, धरान वरपरका मन्दिरमा भने पूजा गर्न होइन, डेटिङको मजा लिन पुग्छन् युवायुवती। बिहानै वा दिउँसो विजयपुर वरपर प्रेममा लिप्त जोडीदेखि प्रहरी समेत हैरान छ।
मन्दिरको दर्शन गर्न आउने वा बाटो हिँड्नेहरूलाई लाज लाग्ने गरी आपसमा लुट्पुटिएर प्रेम प्रदर्शन गर्ने धेरै जोडीलाई विजयपुर प्रहरी बिटले अनुगमन गरी सम्झाई-बुझाई गरेको छ। कतिलाई झापडसमेत लगाएको छ।
धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिरमा त प्रेम गर्नेहरूकै भीड हुन्छ। मन्दिर क्षेत्रमा भएका बाँसमा पे्रम जोडीको नाम लेखे अमर हुन्छ भन्ने विश्वास गर्नेहरूले बाँसमा जथाभावी कोरेपछि बाँसै मासिएला भन्ने डर भयो। त्यसपछि मन्दिर व्यवस्थापन समितिले बाँस झ्याङलाई नै वरिपरिबाट तार जालीले घेरेको छ। अहिले प्रेम जोडीहरू बाँसमा लेख्नुको साटो तार जालीमा मालाका डोरी बाँध्छन्।
बुढासुब्बामा नाम लेख्ने र डोरी बाँधेर अमर प्रेमको कामना गर्ने प्रेमी-प्रेमिका मात्र होइनन्, दिउँसो र साँझ मान्छेको आवतजावत कम भएको मौका पारेर मन्दिर छेउमै ‘अधरपान'मा रमाउनेहरू पनि भेटिन्छन्। बुढासुब्बामा हरेक मंगलवार र शनिवार दर्शन गर्नेहरूको विशेष भीड लागे पनि युवा जोडीहरू जुनसुकै दिन पनि पुग्छन्।
विजयपुर क्षेत्रमा धेरै मन्दिर छन्। शहरी कोलाहलबाट अलि टाढाको ठाउँ पनि पर्यो। त्यसैले पनि प्रेमी जोडीका लागि यो क्षेत्र उपयुक्त डेटिङ स्थल बनिरहेको छ। धरानको पुरानो बजारस्थित सिंहदेवी चोकबाट उकालो बाटोदेखि नै प्रेमी जोडीका लीला देख्न पाइन्छन्। हात्तीसार कलेजमुनि खोल्सी र जंगलको बीचमा रहेको सिंहदेवी मन्दिर त प्रेमी जोडीका लीलाले मात्र होइन, दिउँसै यौन गतिविधि हुने स्थलका रूपमा नामुद छ। एकान्तमा रहेको मन्दिरमा केही वर्षअघि एक युवतीसँग गएका युवाको हत्यासमेत भएको थियो।
धरान-१४ का दुईधारेमा रहेको मन्दिर क्षेत्रमा पनि जोडीहरू अँग्लोमा बेरिएर रमाउँदै गरेका भेटिन्छन्। दुईधारेबाट दन्तकाली मन्दिरसम्म जाने सिँढीका बीच-बीचमा देख्नेलाई लाज हुनेगरी जोडीहरूका हर्कत हुन्छन्। त्यसो त हात्तीसार कलेज तलको आँपगाछीमा पनि मन्दिर जाने वा कलेज जाने बहानामा अँगालोमा बेरिने जोडीहरू भेटिन्छन्। बुढासुब्बाभन्दा अझ माथि पञ्चकन्या मन्दिर भएको जंगल क्षेत्रमा जाने जोडीहरू प्रशस्त हुन्छन्। धरानको विजयपुर क्षेत्रपछि भेडेटारस्थित पाथीभरा मन्दिर पुग्ने जोडीहरू पनि धेरै हुन्छन् यतिबेला।
धरान वरपरका मन्दिरमा डेटिङ जानेहरू धरानभित्रका कमै हुन्छन्। अधिकांश धरानबाहिरबाट आउने र कति चाहिँ विभिन्न ठाउँबाट कलेज पढ्न धरान बसेकाहरू हुन्छन्। धरानका धेरै युवायुवती चाहिँ पाथीभरा वा अन्य अलि टाढाको मन्दिरतिर जान्छन्। यसरी नयाँ पुस्ता निर्धक्क मन्दिरमै बसेर प्रेमालाप गरिरहेका हुन्छन्।
सा :नागरिक न्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !