CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ज्ञानेन्द्र छोरा भेट्न बैंककमा, पारसको होस खुल्न नसक्दा चिकित्सकहरु निराश

ज्ञानेन्द्र छोरा भेट्न बैंककमा, पारसको होस खुल्न नसक्दा चिकित्सकहरु निराश


Picture 173_ptकाठमाडौं, फागुन १६- थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा हृदयघातको उपचार गराइरहेको पूर्व युवराज पारस शाहलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल बुधबार अपरान्ह बैंकक प्रस्थान गरेका छन् ।
थाइ एयरवेज मार्फत बैंकक गएका उनीहरुको साथमा नाति हृदयेन्द्र, नातिनी पूणिर्का र कृतिका पनि छन् । विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले सबैको
शुभकामना बोकेर आफू बैंकक जान लागेको बताए । उनले यस्तो बेलामा भगवानको भरोसा र चिकित्सकको विस्वास लिनुपर्ने बताए । उनले छोराको अवस्थाप्रति चासो र चिन्ता लिने सबैप्रति परिवारको तर्फबाट धन्यवाद समेत दिए । ‘सबैले चासो र चिन्ता व्यक्त गर्नुभएको छ, सबैप्रति मेरो र मेरो परिवारको तर्फबाट धन्यवाद छ ।’ चिन्तित देखिएका उनले भने, ‘म गएर छोराको स्थिति बुझ्छु, चिकित्सकसँग पनि कुरा गर्छु । यस्तोबेला भगवानको भरोसासँगै चिकित्सकको क्षमतामा विश्वास पनि लिनुपर्छ ।’
एक साताअघि एक्कासी हृदयघात भएपछि पारस अस्पताल भर्ना भएका थिए । उनको हेरचाह उनको विदेशी प्रेमिका, सहयोगि, नातेदार तथा श्रीमति हिमानीले गर्दै आएका छन् । हिमानी पारसलाई भेट्न शुक्रबार बैंकक गएकी थिइन् ।
यसअघि पारसको मृत्यु भैसकेको गलत समाचार सार्वजनिक भएको थियो । ज्ञानेन्द्र निकट स्रोतले पारसको मृत्यु भैसकेको तर औपचारिक घोषणा भने भैनसकेको भन्दै गलत सूचना दिएको थियो । चिकित्सकले पारसको स्वास्थ्य अवस्था सुधार उन्मुख नरहेको तर स्थिर रहेको बताउँदै आएका छन् । मंगलबारमात्रै अस्पतालका चिकित्सकले बैंकक अस्पतालका अरु चिकित्सकलाई बोलाएर पारसको स्वास्थ्य स्थिति जाँच गराएका थिए । लामो समयसम्म पनिपारसको होस खुल्न नसक्दा चिकित्सकहरु निरास भएका छन् ।
नियमित सेवन गर्नुपर्ने भनिएको मुटुरोगसम्बन्धी औषधि खान छाडेकाले उनको स्वास्थ्यमा एक्कासी समस्या देखिएको बताइएको छ ।
देशमा गणतन्त्र स्थापना भएपछि पारस अधिकांश समय देश बाहिर रहँदै आएका छन् ।
-- अन्लाईन ग्रेत्वे 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis